२९ बैशाख २०८२, सोमबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

यसरी भए ‘राजा राजेन्द्र’

भदौ ५, २०७८, १०:१३ .शनिबार
0
0
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

न ठाँटले ‘राजा’ भन्न सुहाउँछ, न त खानदानले । र पनि, उनी आफ्नो नामको अगाडि ‘राजा’ झुन्ड्याएर हिंडिरहेका छन् ।

उनी स्वघोषित राजा होइनन् । कुनै पुरेतले जुराइदिएको पनि होइन, यो नाम । बरु, हितैषीहरूले न्वारान गरिदिएको नाम हो, यो । यसको वास्तविकता यस्तो छ :

जनआन्दोलनको राप र कम्पनले शाहवंशका अन्तिम राजा ज्ञानेन्द्रको सिंहासन धर्मराइरहेको थियो । माओवादी विद्रोहीहरू पनि शान्तिपूर्ण जनआन्दोलनमा सहभागी हुन जंगलबाट शहरका सडकमा निस्किरहेका थिए । ठीक त्यही बखत झापाका राजेन्द्र पोखरेल पढ्नका लागि राजधानी छिरे ।

घर–परिवारको उर्दी थियो, ‘अस्कल क्याम्पसमा विज्ञान पढ्नू ।’ तर, गणितले हावा खाएपछि उनी मानविकीमा भर्ना भए । रत्नराज्य लक्ष्मी (आरआर) क्याम्पसमा नयाँ विद्यार्थीलाई स्वागत गर्ने कार्यक्रम थियो । तामझामको त्यो माहोलमा राजेन्द्रको पनि मुख चिलायो । उनले आयोजकलाई खुसुक्क आग्रह गरेर माइक्रोफोन लिए ।

‘मेरा प्यारा देशवासीहरू ।’

एकाएक माइकमा राजा ज्ञानेन्द्रको हुबहु आवाज सुनेर पहिले त सबै छक्क परे, तर कुरा बुझ्नासाथ विद्यार्थीको भीडमा हाँसोको फोहोरासँगै तालीको पर्रा छ्ट्यो ।
त्यसपछि राजेन्द्रले प्यारोडी ठेले–

‘यो नेपाली पासपोर्ट उचाली, साउदी–कतार लम्किन्छ
लोडसेडिङमा टुकी बाली, अन्धकारमा चम्किन्छ’ ।’

त्यसपछि क्रमशः राजनीतिक बेथिति, चन्दा आतंक लगायत विषयका थप केही थान प्यारोडी गाएर स्वागत कार्यक्रमलाई स्मरणीय बनाए ।

आरआर क्याम्पसमा त्यही दिन ‘राजा राजेन्द्र’ जन्मिएका थिए, जो कालान्तरमा हास्य व्यंग्य विधामा लोकप्रिय बने ।

शुरूमा उनी गायक बन्ने दौडमा थिए, तर गल्ती आफैं गरे । स्थापित गायकहरूको हुबहु स्वरमा प्यारोडी गाउनु नै उनको गल्ती भयो ।
खासमा उनी कमेडियन हुन काठमाडौं छिरेका थिएनन् । पढाइ राम्रो थियो । उत्कृष्ट अंकसहित एसएलसी पास गरेका थिए । ऐच्छिक गणितमा प्राप्तांक अलिकति नपुग्दा विज्ञान पढ्नबाट वञ्चित भएका थिए ।

‘साह्रै नमज्जा भयो, चित्त पनि दुःख्यो’ उनी सम्झन्छन्, ‘साइन्स नपढ्ने भएँ भन्दा बुवाले ‘साइन्स नपढेर के गर्छस् ?’ भन्दै हप्काउनुभयो । ‘आर्टस् पढ्छु, एलएलबी गर्छु, वकिल बन्छु’ भनेर जसोतसो टारें ।

तर, उनी कमेडियन भएरै निस्किए ।

रौसे गाउँ र किशोरवयको उट्पट्याङ

पाँचथरको ओयाममा जन्मिएका राजेन्द्र पोखरेलको किशोरकाल त्यहीं बित्यो । ओयाम गाउँ नै रौसे । जो पनि ठट्टा–मसलामा रमाउने । राजेन्द्रका हजुरबा नै हाँसो–ठट्टामा माहिर । त्यो गुण राजेन्द्रका बुवामा पनि स¥यो । र, बुवाबाट राजेन्द्रमा पनि सर्यो ।

ओयामकै विद्यालयमा छँदा उनलाई अनेक उट्पट्याङ हर्कत गर्नुपर्ने । सामूहिक राष्ट्रगान गाइरहँदा उनी त्यसैको प्यारोडी बनाएर भाका हाल्थे । ‘म पढाइमा राम्रो थिएँ’ उनी भन्छन्, ‘पिटाइ खानेमा पनि सबभन्दा अगाडि थिएँ ।’

पाँचथरको गाउँमा चामलको भात खान ठूलै मौका जुर्नुपर्ने । मकैको भात र कोदोको ढिंडो खाँदा–खाँदा दिक्क हुन्थ्यो । भान्सामा चामलको भात पाक्न कि चाडबाड आउनुपथ्र्यो कि त कतैबाट मासु जुर्नुपर्थ्यो ।

त्यो मकैको भात र कोदोको कालो ढिंडोबाट मुक्ति पाउन राजेन्द्रका शिक्षक बुवाले परिवारलाई झापा झारे । मधेशको नयाँ विद्यालयमा राजेन्द्रले वक्तृत्वकलामा भाग लिएर थुप्रै पटक बाजी जिते । रमेश पोखरेलहरूसँग मिलेर नाटक देखाए ।

त्यसबेला ‘मुकुन्दे बडा बा’ भन्ने गीत चलेको थियो । त्यसैबाट चरित्र लिएर उनी मुकुन्दे बने । मुकुन्दे जँड्याहा पात्र । उनको स्टेज यात्रा त्यहींबाट शुरू भएको थियो ।

एसएलसी दिएर बसेको बखत गाउँमा अर्को नाटकको रिहर्सल भइरहेको थियो । नाटकमा खलपात्र थिए, काजी बा । त्यो चरित्रका लागि छनोट भएको व्यक्ति अभिनय गर्न सकिरहेका थिएनन् । राजेन्द्र प्वाक्क–प्वाक्क बोल्थे, ‘यो ठाउँमा यसो गर्नुपर्छ, यहाँ यस्तो डायलग छ ।’

काजी बाको चरित्र गरिरहेका व्यक्तिले सोधे, ‘तँ सक्छस् भने गर् न त ।’

त्यसरी उनी काजी बा बने । पावरवाला चश्मा नाकको डाँडीमा राखेर, चश्मा माथिबाट आँखा तरेर हेर्दै उनी बोले, ‘दुई अक्षर पढें भन्दैमा सिंगो गाउँ मेरो हो भन्ने ?’ दर्शकले यो काजी बा बन्ने पात्र राजेन्द्र हो भन्ने भेउ नै पाएनन् ।

‘अलराउन्डर’ केटो

झापामा जंगल छेउमा घर । गाईवस्तु चराउनुपर्ने, घाँस–दाउरा गर्नुपर्ने । उनको पाखुरा पनि उत्तिकै चल्ने । जे गर्न पनि अग्रसर भइहाल्ने । डोको बुन्ने, दाम्लो बाट्ने, घाँस काट्ने, कटेरो बनाउने सबै काममा पोख्त । नाचगान र खेलकुदमा पनि उत्तिकै तगडा । पढाइमा सधैं दोस्रो । मान्छेहरू भन्थे, ‘यसले नगरेको कुनै काम छैन । भविष्यमा चाहिं के गर्ला !’

त्यही भविष्य बनाउन उनी बावुले दिएको ५४ हजार रुपैयाँ बोकेर रात्रिबसबाट काठमाडौं आएका थिए । पैसा चोरिएला भनेर खल्ती सिलाएका थिए । उनले खल्ती बाहिरबाट हटाएनन् । न त आँखा झिमिक्क नै पार्न सके । ‘त्यसबेला त्यो निकै ठूलो रकम थियो’ राजेन्द्र भन्छन्, ‘काठमाडौंमा एक आना जग्गा त पक्कै आउँथ्यो ।’

माओवादीको सशस्त्र द्वन्द्व र शाही महत्वाकांक्षा उत्कर्षमा पुगेको बेला थियो । देशको स्थिति भद्रगोल । राजेन्द्र गोंगबुमा जेठा दाजुको डेरामा बस्न थाले । त्यहींबाट कलेज धाए । दाजु भएकाले उनले त्यति कष्ट भने खेप्नु परेन ।

‘झोले कार्यकर्ता’को संगत

आरआर, राजनीतिको पनि सानोतिनो अखडा । धेरैजसो विद्यार्थी नेतागिरी गर्ने । राजेन्द्रलाई त्यो संगतले नतान्ने कुरै भएन । राजनीतिले मिहिनेती बनाउने उनको अनुभव छ । ‘पार्टीका कार्यकर्ताहरू फटाहा, कामचोर हुन्छन् भन्ने भ्रम छ’, उनी भन्छन्, ‘तर, त्यहाँभित्र दुःख गर्ने÷भोग्नेहरू धेरै हुन्छन् ।’

यो प्रसंगमा ‘झोले कार्यकर्ता’को कुरा उठ्यो । राजेन्द्रका अनुसार, उनीहरू सबभन्दा तल्लो तहका कार्यकर्ता हुन् । उनीहरूले झोलामा सेवाग्राही अरूको नागरिकता, धनीपुर्जा, शैक्षिक प्रमाणपत्र आदि बोकेका हुन्छन् । उनीहरूले जन्ममिति सच्याइदिनेदेखि प्रशासनिक कागजात बनाइदिनेसम्मका काम गरिरहेका हुन्छन् ।

‘गाउँका मान्छेदेखि शहरका नेतासम्मले यस्तो काम जिम्मा लगाउँछन’, राजेन्द्र भन्छन्, ‘झोले भनेका सबभन्दा इमानदार र काम गर्ने कार्यकर्ता हुन् । तर, सबैले उनीहरूलाई नै गाली गर्छन् ।’ झोले कार्यकर्ताहरूको संगतले आफूलाई मिहिनेत र धैर्य गर्न सिकाएको उनले बताए ।

अन्ततः कमेडियन

राजेन्द्र पोखरेल मीठो गलाका धनी पनि हुन् । उनले थुप्रै गीत गाएका र एल्बम निकालेका छन् । तर, ‘राजा राजेन्द्र’ भनेपछि उनलाई सबैले प्यारोडी र हास्यव्यंग्यमै नामुद माने, ‘स्टेज परफर्मर’ कै रूपमा लिए ।

शुरूमा उनी गायक बन्ने दौडमा थिए, तर गल्ती आफैं गरे । स्थापित गायकहरूको हुबहु स्वरमा प्यारोडी गाउनु नै उनको गल्ती भयो । त्यो खुबी थाहा पाएपछि सबैले उनलाई नेताहरूको क्यारिकेचर गर्न उक्साए । यसरी उनको गायकी बन्ने बाटो थाहै नपाई अवरुद्ध हुन पुग्यो । ‘अब त म स्टेजमै छु’ राजेन्द्र भन्छन्, ‘जीवन जिउने मेलो, थलो नै यही बन्यो ।’

पछिल्लो समाचार

घमण्डको परिणाम !

अघिल्लो समाचार

मुख्यमन्त्री राईको सम्पर्क कार्यालयमाथि महालेखाको प्रश्न

Related Posts

एआई तालिमले नगरवासीको हितमा कलम चलोस् : नगरप्रमुख बुढाथोकी
banner -1

एआई तालिमले नगरवासीको हितमा कलम चलोस् : नगरप्रमुख बुढाथोकी

बैशाख २८, २०८२, ६:४२ .आइतवार
स्वास्थ्य शिविर : तेस्रो दिन ३६२ जनाले लिए सेवा
banner

स्वास्थ्य शिविर : तेस्रो दिन ३६२ जनाले लिए सेवा

बैशाख २८, २०८२, ५:४२ .आइतवार
शिविरमा ३ क्षयरोगी भेटिए, ६६ जनाको खँकारको नमूना संकलन
banner

शिविरमा ३ क्षयरोगी भेटिए, ६६ जनाको खँकारको नमूना संकलन

बैशाख २७, २०८२, ६:४२ .शनिबार
अब रहेनन् विनोद बस्नेत
box -1

अब रहेनन् विनोद बस्नेत

बैशाख २६, २०८२, ९:४८ .शुक्रबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.