काँकरभिट्टा, ५ भदौ । मेचीनगर नगरपालिकाको बेरुजु रकम ७ करोड भन्दा बढी देखिएको छ ।
मेचीनगरको बेरुजु रकम ७ करोड ३४ लाख ९० हजार रहेको महालेखा परिक्षकको कार्यालयले शुक्रबार सार्वजनिक गरेको ५८ औं बार्षिक प्रतिवेदनमा उल्लेख गरिएको हो ।
आर्थिक बर्ष २०७६÷०७७ मा ३ अर्ब २४ करोड ४१ लाख ९८ हजार रकमको लेखा परिक्षण भएको मेचीनगरमा २.२७ प्रतिशत बेरुजु देखिएको महालेखाको प्रतिवेदनले औंल्याएको छ ।
महालेखाले राष्ट्रपतिलाई बुझाएको प्रतिवेदनमा गत आर्थिक बर्षमा देशमा सवा ४ खर्ब भन्दा बढी रकम बेरुजु देखिएको उल्लेख गरिएको छ ।
Discussion about this post