६ जेष्ठ २०८२, सोमबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

एनएमसीले सञ्चालनमा ल्यायो ‘कष्टम हायरिङ सेवा’

भदौ १२, २०७८, ४:३० .शनिबार
0
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, १२ भदौ । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी) झापाले पूर्वमै पहिलोपटक कस्टम हायरिङ सेवाको विधिवत प्रारम्भ गरेको छ ।

संस्थाको तेस्रो व्यवसाय एकीकृत नमूना कृषि फर्म परिसरमा भदौ ११ गते शुक्रबार विशेष कार्यक्रमको आयोजना गरी कस्टम हायरिङ सेवाको उद्घाटन गरिएको हो । प्रदेशसभा सदस्य गोपालचन्द्र बुढाथोकीले प्रमुख आतिथ्यता गर्दै सेवाबोर्ड अनावरण गरेर यसको उद्घाटन गरेका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि सांसद बुढाथोकीले सहकारीले मानिसको जीवनमा परिवर्तन ल्याउन मद्धत गर्छ भन्ने कुरालाई एनएमसीले व्यवहारबाटै पूरा गरेको बताए । उनले भने, ‘एनएमसी नामै काफी छ, यसको परिचय जनमानसमा व्याप्त छ, प्रचारित छ अनि सहकारीको परिचयलाई यसले फराकिलो बनाइदिएको छ ।’

कस्टम हायरिङ सेवाले कृषिमा उत्पादन लागत घटाउन मद्धत गर्नुका साथै कृषि यन्त्र उपकरण प्रयोग गर्ने बानीको विकास गर्ने अपेक्षा सुनाउँदै सांसद बुढाथोकीले यहाँको भू–बनोट अनुकूलका थप यन्त्रहरुको व्यवस्थापन गर्न सुझाव पनि दिए ।

कार्यक्रममा प्रदेशसभाका अर्का सदस्य श्रीप्रसाद मैनालीले काम गर्ने समूह, संस्था र मानिसहरुलाई सरकारबाट गरिएको यसप्रकारको सहयोगले प्रदेश १ सरकारप्रति विश्वास झांगिएको बताए । नीति, विधि, प्रक्रिया एवम् उपयुक्त योजनाहरु अघि सारेमा सबै तहका सरकारबाट आवश्यक सहयोग पुग्छ भन्ने कुरा यो अनुदान सहयोगबाट प्रष्ट भएको उनको भनाइ छ ।

कार्यक्रममा भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठ, मेचीनगर नगरपालिकाका उपप्रमुख मीना पोखरेल उप्रेती, प्रदेश १ का सहकारी रजिष्ट्रार बलराम निरौला, सहकारी प्रशिक्षालय प्रदेश १ का प्राचार्य लीलाबल्लभ चापागाईं, नेफ्स्कोनका सञ्चालक सदस्य घनश्याम अधिकारीले सहकारीका विविध पक्षहरुबारे चर्चा गरेका थिए ।

यसैगरी, कृषि ज्ञान केन्द्र भद्रपुरका प्रमुख निलकमल सिंह, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना बनियानीका प्रमुख रविन्द्र सुवेदी, मेचीनगर १४ का वडाध्यक्ष शंकर पोखरेलले कस्टम हायरिङ सेवाबाट सदस्य र समाजले पाउने सुविधाका बारेमा बोलेका थिए ।

उद्घाटनका अवसरमा संस्थाका अध्यक्ष रामचन्द्र उप्रेतीले कृषिमा यान्त्रिकरण गर्दै कृषि उपजको लागत घटाउने तथा उत्पादन बढाउने उद्देश्यका साथ कस्टम हायरिङ सेवाको सुरुवात गरिएको जानकारी दिए । संस्थाले ४१ प्रकारका ४८ वटा यन्त्र उपकरणहरुको व्यवस्थापन गरेर कस्टम हायरिङ सेवा सञ्चालनमा ल्याएको उनको भनाइ छ ।

अध्यक्ष उप्रेतीले आर्थिक वर्ष २०७७÷०७८ मा प्रदेश १ सरकारबाट एक करोड १५ लाख रुपैयाँ अनुदान प्राप्त गरिएको जानकारी गराउँदै संस्थाबाट एक करोड २२ लाख ४५ हजार रुपैयाँ लगानी गरी सेवा आरम्भ गरिएको जनाए । संस्थाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद उप्रेतीले सञ्चालन गरेको कार्यक्रममा आमन्त्रित अतिथि तथा सहभागीहरुलाई एकीकृत नमूना कृषि फार्म व्यवसाय उपसमितिका संयोजक केशवप्रसाद पोखरेलले स्वागत गरेका थिए ।

संयोजक पोखरेलले २०७६÷०७७ देखि नै एनएमसीले कृषि प्रयोजनका यन्त्र उपकरणहरु किनेर भाडामा दिन थालेकोमा अब ४३ किसिमका काम गर्नमिल्ने ४८ वटा यन्त्र उपकरणहरुको व्यवस्थापन गरेर कस्टम हायरिङ सेवा सञ्चालनमा ल्याइएको जानकारी गराए ।

एकीकृत नमूना कृषि फार्म व्यवसाय उपसमितिका संयोजक केशवप्रसाद पोखरेलको संयोजकत्वमा गठित समितिमा जनप्रतिनिधिबाट १४ नं. वडासदस्य लाल मोहम्मद मियाँ, कृषि अर्थविज्ञ शालिकराम भट्टराई, मेकानिकल ईन्जिनियर सुभम अधिकारी, सेवाग्राही कृषकबाट गंगादेवी भूजेल रहेका छन् । समितिको सदस्य सचिवमा एकीकृत नमूना कृषि फार्मका व्यवसाय प्रमुख भुपाल गौतम रहेको जनाइएको छ ।

थोरै उपकरण र सानो लगानीमा अभ्यास गरिँदै आएको कस्टम हायरिङ सेवाबाट गएको असार मसान्तसम्म एक हजार १७२ घण्टा सेवा प्रवाह गरी १४ लाख ९२ हजार ९१५ रुपैयाँ आम्दानी गरिएको तथ्याङ्क छ । चालू वर्षदेखि यी यन्त्रहरुबाट आसपासका क्षेत्रमा उल्लेखनीय सेवा प्रवाह गर्ने र उदाहरणीय कार्य गरेर यान्त्रिकरणतर्फ लाग्न कृषकलाई उत्पाहित बनाउने योजना रहेको बताइएको छ ।

पछिल्लो समाचार

अमेरिकी ड्रोन आक्रमणमा आईएस–केका योजनाकार मारिए

अघिल्लो समाचार

झापामा ४१ संक्रमित र २०६ जना डिस्चार्ज

Related Posts

वडाले बाढ्यो किसानलाई कृषि औजार
banner -1

वडाले बाढ्यो किसानलाई कृषि औजार

जेष्ठ ६, २०८२, ७:२७ .सोमवार
मेचीनगरमा धमाधम बाढिदैँ ‘सहिद वीरेन छात्रवृति’ रकम
banner

मेचीनगरमा धमाधम बाढिदैँ ‘सहिद वीरेन छात्रवृति’ रकम

जेष्ठ ६, २०८२, ६:३६ .सोमवार
लैङ्गीक हिंसा अन्त्य गर्न समुदायसँग जोडिदै मेचीनगर
banner -2

लैङ्गीक हिंसा अन्त्य गर्न समुदायसँग जोडिदै मेचीनगर

जेष्ठ ५, २०८२, ७:१६ .आइतवार
शर्माले सगरमाथा बेसक्याम्पमा मन्त्रीहरु बोलाएर गरे छलफल
banner -1

शर्माले सगरमाथा बेसक्याम्पमा मन्त्रीहरु बोलाएर गरे छलफल

जेष्ठ ४, २०८२, ५:३९ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.