२९ पुष २०८२, मंगलवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

अपाङ्गताहरुको खानबस्नको व्यवस्था गर्न स्थानीय सरकारसँग माग

साउन २६, २०७८, १०:५९ .मङ्लबार
0
0
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

झापा, २६ साउन । कोभिड–१९को बढ्दो संक्रमण र महामारी नियन्त्रणका लागि सरकारले जारी राखेको निषेधाज्ञाका कारण झापामा अपाङ्गता भएकाहरु भोकभोकै बस्नुपर्ने अवस्था आएको सम्बन्धित क्षेत्रका अगुवाहरुले बताएका छन् ।

अपाङ्गता भएकाहरु र उनीहरुका आश्रित परिवार अहिले खाद्यान्न र आधारभूत स्वास्थ्य सामग्रीको अभाव झेलिरहेको बताइएको छ । मंगलवार बिर्तामोडमा संवाद समूह झापाको संयोजनमा कोभिड–१९ महामारीमा अपाङ्गता भएकाहरुले भोग्नुपरेका समस्या र समाधानका उपाय विषयमा भएको छलफलमा त्यस्तो बताइएको हो ।

सडकपेटीमा गीत सुनाएर माङजुङ गरी पेट पाल्दै आएका नेत्रहीनहरु तथा आफ्ना उत्पादन बजारमा लगेर विक्री गर्ने, मजदुरी गर्ने र रोजगारी गर्ने अपाङ्गता भएकाहरुको रोजी–रोटी कोभिड–१९को संक्रमण र निषेधाज्ञाका कारण खोसिएकोले भोकै बस्नुपर्ने अवस्था आएको बताइएको छ ।

बिर्तामोड अपाङ्गता स्वावलम्बन संस्थाका अध्यक्ष दीपक थापाले जिल्लामा तत्कालै पहिलो चरणमा अपाङ्गता भएका एक सय ५० परिवारलाई खाद्यान्न र आधारभूत स्वास्थ्य सामग्री पु¥याउन आवश्यक भएको बताए । थापाले खाद्यान्न, मास्क, सेनिटाइजर, अपाङ्गता भएका महिलाका लागि सेनिटेरी प्याडको चरम अभाव भएको बताए । उनले नियमित औषधि सेवन गर्नेहरुका लागि रकम अभाव, त्यहाँ घर भाडा तिर्न र खाना पकाउने ग्यास खरिद गर्न पनि कतिपयले समस्या झेलिरहेको बताए ।

नेत्रहीन संघ झापाका उपाध्यक्ष चन्द्रप्रसाद भट्टराईले कोभिड–१९का कारण नेत्रहीन बालबालिकाहरु शिक्षाबाट पूर्ण रुपमा बञ्चित भएको बताए । झापाका २६ जना नेत्रहीन बालबालिका इन्टरनेट र डिभाइस खरिद गर्न नसक्दा अनलाइन शिक्षाबाट समेत बञ्चित भएको बताए । उनले अपाङ्गता भएकाहरुले आफ्ना सहायक सामग्रीहरुको समेत अभाव झेलिरहेको बताए । अहिले मर्मत गर्ने र नयाँ खरिद गर्ने अवस्था नभएको हुँदा सेतो छडी, ह्वील चियर, श्रवण यन्त्र, जुत्ता लगायतका सहायक सामग्रीको अभाव झेल्नु परेको बताए ।

अपाङ्गता स्वावलम्बन संस्थाका कोषाध्यक्ष पद्मा अधिकारीले यातायात अभावमा अपाङ्गता भएकाहरुलाई अत्यावश्यक काममा हिडडुल गर्न समेत समस्या भएको बताए । उनले स्थानीय सरकार र जिल्ला स्वास्थ्य कार्यालयले जारी गर्ने कोरोना संक्रमित र मृतकको तथ्यांकमा अपाङ्गता भएकाहरुको छुट्टै संख्या समेत उल्लेख गर्न आग्रह गरे ।

नेत्रहीन संघ झापाका सचिव भोजकुमार तामाङले नेत्रहीनहरु माग्न जान ठाउँ नभएपछि भोकभोकै बस्नुपर्ने अवस्था आएको बताए । उनले स्थानीय सरकार र सरोकारवालालाई आफ्नो पीडा बुझिदिन आग्रह गरे । तामाङले अपाङ्गता भएकाहरुलाई मनोसामाजिक परामर्श पनि आवश्यक भएको बताउँदै उनीहरु संक्रमित भएको खण्डमा उपचारमा विशेष ध्यान दिन सरकारलाई आग्रह गरे ।

कनकाई अपाङ्गता समावेशी संस्थाकी अध्यक्ष सृजना बरालले डेरा गरी बस्ने अपाङ्गता भएकाहरुलाई घर भाडा छुट दिन र त्यसका लागि पहल गरिदिन स्थानीय सरकारलाई आग्रह गरिन् । झापामा तीन जना नेत्रहीन कोरोनाबाट संक्रमित भएको पनि उनले बताइन् । अपाङ्गता भएकाहरुले उत्पादन गरेका फिनेल, हार्पिक, अगरवत्ती, कुचो जस्ता सामग्री विक्री गर्ने ठाउँ नहुँदा भोकै बस्नुपर्ने अवस्था आएको बरालले सुनाइन् ।

हल्दिवारी अपाङ्ग उत्थान समूहका अध्यक्ष दिलकुमार राजवंशीले सार्वजनिक यातायातका कर्मचारीले अपाङ्गता भएकाहरुलाई गाडीमा चढ्न नदिने, गाडी नरोकिदिने र हेला गर्ने गरेको बताए । यस्तो समस्या मुख्य राजमार्गमा भोग्नु परेको उनले बताए । कोभिड–१९को अहिलेको समयमा किनमेल र बैंकमा जाँदा अपाङ्गता भएकाहरुलाई प्राथमिकता दिनुपर्ने उनले बताए ।

आफूहरुले खरिद गर्ने सामग्रीको सूची पसलका कर्मचारीलाई दिँदा उनीहरुले नै उक्त सामान झोलामा हालेर दिने व्यवस्था गर्न सके संक्रमणको जोखिम कम हुने राजवंशीले बताए । छलफलको सहजीकरण संवाद समूहकी कमला भट्टराईले गरेकी थिइन् ।

पछिल्लो समाचार

एमालेमा अब शक्तिशाली अध्यक्ष

अघिल्लो समाचार

छोराको जन्मोत्सवमा पत्रकार उपचार कोषलाई ११ हजार

Related Posts

दार्जिलिङको तराइ प्रेस क्लब च्याम्पियन
banner

दार्जिलिङको तराइ प्रेस क्लब च्याम्पियन

पुस २८, २०८२, १:४७ .सोमवार
कांग्रेसको विशेष महाधिवेशनमा महामन्त्रीद्वय गगन र विश्वको गर्जन
banner -1

कांग्रेसको विशेष महाधिवेशनमा महामन्त्रीद्वय गगन र विश्वको गर्जन

पुस २७, २०८२, २:०५ .आइतवार
‘प्रथम भाक्का पिठ्ठ उत्सव’ ऐतिहासिक : नगरप्रमुख बुढाथोकी
banner -1

‘प्रथम भाक्का पिठ्ठ उत्सव’ ऐतिहासिक : नगरप्रमुख बुढाथोकी

पुस २७, २०८२, १:३२ .आइतवार
मेची मासु उत्पादक सहकारीको अध्यक्षमा भण्डारी
box -1

मेची मासु उत्पादक सहकारीको अध्यक्षमा भण्डारी

पुस २६, २०८२, १२:२५ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.