६ जेष्ठ २०८२, सोमबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

।। सम्पादकीय ।।

संक्रमित विरामीको उपचारमा ध्यान देउँ

साउन २९, २०७८, ४:५४ .शुक्रबार
0
0
0
SHARES
15
VIEWS
Share on FacebookShare on Twitter

झापामा कोरोनाको दोस्रो भेरियन्टको संक्रमण तिव्र गतिमा बढिरहेको छ । जिल्लामा संक्रमणको दर बढेसँगै संक्रमितको उपचारमा जटिलता आउन थालेको छ । सबै अस्पतालले संक्रमित राखेर उपचार नर्गन सक्छ । अस्पतालहरुमा अक्सिजनको सिलिण्डर, भेन्टिलेटर, लगायतका आवश्यक पर्ने स्वास्थ्य सामाग्री उपलब्ध नहुन सक्छ । त्यसैले बेलैमा सरकारी तथा निजी अस्पालहरुले यसको व्यवस्था गर्न जरुरी छ । यहाँका संक्रमित जिल्लामा उपचार पाउन नसकेर अन्यत्र गईरहेका छन् । बाहिर महङ्गोे उपचार गर्न विरामी बाध्य छन् । बाहिरबाट पनि महङ्गो खर्च गरेर उपचार गर्न यहाँ आएका छन् । हुनेखानेले जहाज चाटर गरेर संक्रमितको उपचार गराउँला, विरामी बाचे पनि नबाचे पनि उपचारमा खर्च गर्छन् नै । तर एउटा निम्नस्तरको व्यक्तिले त्यो प्रकारको उपचार गर्न सक्दैन । खर्च अभावमा उपचारै नपाएर मर्ने अवस्था विरामीमा नआसोस् ।

संक्रमित विरामीको उपचारमा चाहिने सबै प्रकारको स्वास्थ्य सेवा दिन सरकारले बेलैमा ध्यान दिनुपर्छ । दोस्रो लहरको कोरोनाका विरामी जिल्लामा उपचार नपाएर विराटनगर र धरानका सरकारी तथा निजी अस्पताल गईरहेका छन् । त्यहाँ पनि राम्रो उपचार हुन नसकेर झापाका धेरै विरामीले ज्यान गुमाईसकेका छन् । संक्रमितका लागि झापामा सामान्य खालको तयारी गरिँदैछ । त्यसले मात्र पुग्दैन । स्थानीय सरकारले आफ्ना नागरिकको सुरक्षाका लागि सबै प्रकारको स्वास्थ्य मापदण्ड अपनाउनु पर्छ । छिमेकी मुलुक भारत र विदेशबाट आएका नेपाली नागरिकहरुलाई राख्नका लागि होल्डिङ सेन्टर, क्वारेन्टाइन, अस्पतालमा कोरोना सम्बनधीका विशेषज्ञ डाक्टर, नर्स, एम्बुलेन्स, अक्सिजन सहितको भेन्टिलेटर, वेड, कर्मचारी, लगायतका स्वास्थ्य सामाग्रीको जोहो गर्न ढिला नगरौँ । अहिले झापाका धेरै संक्रमितहरु अस्पताल गएका छैनन् । घरघरमा सामान्य उपचार गरेर बसिरहेका छन् ।

जटिल समस्या भएका विरामी मात्र अस्पताल पुग्ने गरेका छन्। श्वास प्रश्वासमा समस्या आएका विरामी अक्सिजन सहितको भेन्टिलेटर भएको राम्रो अस्पतालमा उपचारमा गएका छन् । सामान्य रुघाघोकी, ज्वरो, जिउदुख्ने, टाउको दुख्ने विरामी घरैमा तातोपानी, साईनेक्स र पारासिटामोल खाएर बसेका छन् । सामान्य संक्रमणको लक्षण देखाएकाहरु डाक्टरहरुको सल्लाह अनुसार होम आइसोलेसनमा सुरक्षीत भएर स्वास्थ्य मापदण्ड अपनाईरहेका छन् । त्यस्ता विरामी मेचीनगरसहित झापाका विभिन्न पालिकाका छन् । ती विरामीहरुको अवस्था जतिखेर जे पनि हुन सक्छ । उनीहरुको अक्सिजनको मात्र घट्न सक्छ । त्यतिखेर अकिस्जनसहितको सिलिण्डर घरैमा पुर्याउनु पर्ने अवस्था नआउला भन्न सकिन्न । त्यसका लागि सरकारले बेलैमा तयारी गनुपर्छ । संघीय, प्रदेश र स्थानीय सरकारले उनीहरुको बस्ने, खाने र सम्पूर्ण उपचार खर्च निःशुल्क गरिदिनु पर्छ । गतवर्ष यिनै कारणहरुले गर्दा नागरिक अकालमानै ज्यान गुमाउन बाध्य भएका थिए । अब विगतको पाठ सिकेर भएपनि स्थानीय सरकारले आफ्ना नागरिकको ज्यान जोगाउन उपचारमा कुनै कमी आउन दिनु हुँदैन । यसका लागि सरकारले अन्य शिर्षकका वजेट घटाएर भएपनि कोभिड–१९ को संक्रमण रोकथामका लागि आवश्यक वजेट छुटाउन कन्जुसाई नगरौँ ।

पछिल्लो समाचार

थापा मार्केटभित्र लागेको आगो नियन्त्रणमा

अघिल्लो समाचार

कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्यद्वारा सामूहिक राजीनामा

Related Posts

वडाले बाढ्यो किसानलाई कृषि औजार
banner -1

वडाले बाढ्यो किसानलाई कृषि औजार

जेष्ठ ६, २०८२, ७:२७ .सोमवार
मेचीनगरमा धमाधम बाढिदैँ ‘सहिद वीरेन छात्रवृति’ रकम
banner

मेचीनगरमा धमाधम बाढिदैँ ‘सहिद वीरेन छात्रवृति’ रकम

जेष्ठ ६, २०८२, ६:३६ .सोमवार
लैङ्गीक हिंसा अन्त्य गर्न समुदायसँग जोडिदै मेचीनगर
banner -2

लैङ्गीक हिंसा अन्त्य गर्न समुदायसँग जोडिदै मेचीनगर

जेष्ठ ५, २०८२, ७:१६ .आइतवार
शर्माले सगरमाथा बेसक्याम्पमा मन्त्रीहरु बोलाएर गरे छलफल
banner -1

शर्माले सगरमाथा बेसक्याम्पमा मन्त्रीहरु बोलाएर गरे छलफल

जेष्ठ ४, २०८२, ५:३९ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.