२४ असार २०८२, मंगलवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

विचार

एमसीसी अर्को महाकाली सन्धि नबनोस्

साउन ३२, २०७८, १२:१७ .सोमवार
0
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नेपालमा एमसीसीका बारेमा धेरै बहस भयो । धेरैले नेपालमा अमेरिकी ‘बेस’ बनाएर चीनलाई घेर्ने रणनीति हो यो भने । होला ।

सैनिक क्याम्प राखेर कहिल्यै कसैको उपनिवेश नभएको नेपाललाई आफ्नो उपनिवेश बनाउने रणनीतिक योजना हो पनि भने । त्यो पनि होला । तर, एमसीसीका कर्मचारीबाहेक कसैले समर्थन गर्न नसकेको यो एमसीसी जस्केलाबाट नेपालमा भित्र्याउने को हो ?
हामीले छलफल गर्नुपर्नेचाहिँ यस विषयमा हो । सन् २०१७ मा हस्ताक्षर गरिएको एमसीसी नेपालमा भित्रिएपछि त्यसलाई गोप्य राखेर चार वर्षपछि त्रासदीपूर्ण ढंगले बाहिर ल्याउने को हो ? हामी नेपाली नागरिकलाई चाहिएको व्यक्तिचाहिँ त्यही हो ।
यसमा केही नेपालीलाई अप्रिय लाग्ने कुरा त छँदैछन्, तर नेपालको संविधानलाई एउटा कम्पनीको मातहत राख्ने सम्झौतामा किन हतार गरियो ? विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकले विद्युत् प्रसारण र सडक विभागका महानिर्देशक (सहसचिव)ले बाटोका सम्बन्धमा हस्ताक्षर गरे हुने सम्झौता पत्र किन संसद्मा आयो ? प्रश्नचाहिँ यो हो ।
ठूला र ठालु देशका अघिल्तिर हामीजस्ता राष्ट्रको केही जोडबल चल्दैन । भारतीय अधिकारीसँग त त्वंशरणम् गर्ने हाम्रो कर्मचारीतन्त्र सेतो छालासँग टिक्ला भन्ने आधार पनि छैन यहाँ त । तत्कालीन जलस्रोत मन्त्रीको बाहुली निसान धस्काइएको रहेछ, त्यहाँ । एमएसम्म पढेका मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले यस्तो संविधानभन्दा माथिको सम्झौतापत्रमा कसरी हस्ताक्षर गर्न सक्नुभएको होला ?
ठूला र ठालु देशका अघिल्तिर हामीजस्ता राष्ट्रको केही जोडबल चल्दैन । भारतीय अधिकारीसँग त त्वंशरणम् गर्ने हाम्रो कर्मचारीतन्त्र सेतो छालासँग टिक्ला भन्ने आधार पनि छैन यहाँ त । तत्कालीन जलस्रोत मन्त्रीको बाहुली निसान धस्काइएको रहेछ, त्यहाँ । एम.ए.सम्म पढेका मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले यस्तो संविधानभन्दा माथिको सम्झौतापत्रमा कसरी हस्ताक्षर गर्न सक्नुभएको होला ?
श्रीलंकाको सरकारले जस्तै, हामी त यस्तो सम्झौतापत्रमा सही गर्न सक्दैनौं, लौ एमसीसीज्यू लैजानुस् तपाईंको कागज फिर्ता भन्ने समय पनि टरिसकेपछि एमसीसी अनुमोदनका लागि संसद्मा आयो । किन यस्तो षड्यन्त्र गरियो ? २०१७ सालपछि संसद्का कति अधिवेशन भए ? २०१७÷१८÷१९÷२० लाई कोठामा थन्क्याएर २०२१ मा सदनमा ल्याउनुको अर्थ के हो ?
अहिले हाम्रा सांसदहरूलाई फजिती प¥या छ । हुन्छ भनौं देश बेचेको ठाडो आरोप आउने, हुन्न भनौं नेताका राता आँखाको राप लाग्ने । हाम्रा सांसदहरूलाई मेरो एउटा सजिलो सुझाव छ – डरलाग्छ भने संसदमै नजानुस् । लाग्दैन भने संसदमा गएर मज्जाले एमसीसीको धतुरो झार्नुस् । यसको पुनर्लेखन नगरी पास गर्न नसकिने भन्न पनि सक्नुहुन्छ ।

मैले दुईजना अमेरिकी प्रोफेसरको मुखबाट प्रस्ट सुनेको छु – एमसीसी नेपालीको हितमा छैन भनेर । त्यसै हुनाले मैले विश्वासका साथ भनेको हुँ । हामी नागरिक हौं । हामी बेस्सरी विरोध गर्छौं र गरिरहने छौं । तर अर्थको विरोध भनेको अहिलेसम्म तपाईंहरूकै हातमा छ ।
तपाईंहरूले एमसीसीलाई रोष्ट्रमबाटै फिर्ता गराउन सक्नुभयो भने त्यसले राष्ट्र बचाउँछ र तपाईंहरूलाई धेरै जनताको समर्थन हुनेछ । बहादुरी देखाउने अवसर कहिले काहीँ मात्र आउँछ, बेलामा काम फत्ते नगर्नेलाई जनताको वास्तविक प्रतिनिधि भन्ने अधिकार पनि हुनेछैन ।
अमेरिकी सहयोग हाम्रा लागि दुःखकै विषय भएको छ । शुरूमा अमेरिकी ‘चारपाते क्लब’ले हाम्रो मौलिक संस्कृतिमाथि प्रहार ग¥यो । होला, ‘चारपाते क्लब’ ले उनीहरूको देशमा राम्रै काम गरेको होला । तर अमेरिकी र हाम्रो संस्कृति र संस्कार एउटै हुने आधार नपाइने हुनाले अमेरिकाको राम्रो हाम्रा लागि नराम्रो नै हुन्छ । चारपाते क्लबपछि आयो नयाँ शिक्षा योजना । त्यसले हाम्रो शिक्षालाई ध्वस्त पा¥यो । कलेज, क्याम्पस भयो । स्कूल, विद्यालय भए ।
क्याम्पसमा सेमेस्टर प्रणाली शुरू भयो । तर कलेजको शिक्षालाई क्याम्पसको शिक्षा बनाउँदा पुरानो शिक्षाको कलेजको आइ. ए. क्याम्पसको एम. ए. भयो । अर्थात् सामान्य शिक्षाको स्तर पनि तल झ¥यो । यस्तो मुलुकले नेपालको हित गर्छ भनेर कसरी विश्वास गर्ने ? जहाँ हामी परम्परागत शिक्षाबाट बाहिरिन खोज्दै थियौं, जतिबेला हामीलाई गरिखाने शिक्षा चाहिएको थियो, त्यतिबेला हामीलाई कुशिक्षाको भुमरीमा फसाइदिए ।
अमेरिकाले हामीलाई नै टार्गेट गरेर एमसीसी बनाएको हो । ०१८ सालमा ल्याएको चारपाते क्लबले यत्रो आतंक नमच्चाउनुमा त्यतिबेलाको सञ्चार र नेपालीको चेतनाको न्यूनता नै थियो । ०२७÷२८ सालको नयाँ शिक्षा पनि शैक्षिक क्षेत्रसँग जोडिएको हुनाले त्यो बाँकीका लागि अनावश्यक हुने नै भयो ।
तर अहिले त ठाँउका ठाँउ जवाफ फर्काउने क्षमतामा नेपाली पुगिसकेका छन् । शुरूमा विद्युत् र सडक सञ्जालका बारेमा भ्रम भएका मानिसहरू पनि एमसीसीको कुनियतका बारेमा सचेत भैसकेका छन् ।
अमेरिकाले नेपालमा ‘बेस’ बनाएर चीनलाई घेर्ने रणनीतिमा सहभागी भयौं भनेर जसले भन्छ, त्यस्ता साथीहरूलाई म भन्छु, तपाईंहरू यस्तो सोच नबनाउनुस् । साउथ चाइना सीमा चीनले कृत्रिम टापुहरू बनाएर युद्धक विमानहरू उडाउने र बसाउने काम गरिरहेको छ । अमेरिकी विमानहरू त्यसमाथि बाट उड्न पाउँदैनन् ।
चीनको दक्षिण–पश्चिम सीमा त सुरक्षित थियो भनेर भन्न सकिन्छ । नेपालले सघाउने भनेको हजार किलोमिटर हो । त्यो पनि ठूला हिमशिखरको क्षेत्र । जहाँबाट बेइजिङ अथवा शाङहाई पुग्न अनावश्यक तेल खर्च बेहोर्नु पर्छ ।
त्यतिमात्र होइन तिब्बतको ठूलो पठारमाथिको उडानबाट अनावश्यक तेल खर्च गर्नुभन्दा यसले दक्षिण कोरिया र जापानमा रहेका फौजी अड्डालाई नै सबलीकरण गरिहाल्छ नि ! हिङ नभए पनि हिङ बाँधेको टालो त छ भने जस्तै नेपालको सेनामा कम्तिमा पनि एउटा बेस उडाउने शक्ति त छ । नेपालका सेनामा पहाडमा कसरी युद्ध गर्ने भन्ने ज्ञान त छ ।
त्यसैले अमेरिकाले हामीलाई नै टार्गेट गरेर एमसीसी बनाएको हो । ०१८ सालमा ल्याएको चारपाते क्लबले यत्रो आतंक नमच्चाउनुमा त्यतिबेलाको सञ्चार र नेपालीको चेतनाको न्यूनता नै थियो । ०२७÷२८ सालको नयाँ शिक्षा पनि शैक्षिक क्षेत्रसँग जोडिएको हुनाले त्यो बाँकीका लागि अनावश्यक हुने नै भयो ।
तर अहिले त ठाँउका ठाँउ जवाफ फर्काउने क्षमतामा नेपाली पुगिसकेका छन् । शुरूमा विद्युत् र सडक सञ्जालका बारेमा भ्रम भएका मानिसहरू पनि एमसीसीको कुनियतका बारेमा सचेत भैसकेका छन् । यस्तो स्थितिमा अमेरिकाले बहादुर गोर्खालाई नजिस्क्याउनु पर्ने ।
हामीले कहिल्यै अमेरिकाको कुभलो चिताएका छैनौं, तर अमेरिका किन हामीलाई नै पेल्न खोज्छ ? एकजना अमेरिकी मित्रले भने– तिमीहरू डेमोक्रेटिक पार्टीलाई राम्रो भन्छौ ? कोरियाली अन्तरयुद्धको कारक डेमोक्रेटिक नै हुन् । भियतनाम युद्ध पनि डेमोक्रेटिक कालमै शुरू भएको हो । कम्तिमा पनि रिपब्लिकनले अरू देशमा चढाई गरेका छैनन् नि ! बरु चिनसँग सम्झौता गर्यो ।
कोरियासँग वार्ताको वातावरण बनायो ।’ उतिबेला मसँग कुनै उत्तर थिएन । उत्तर दिने चासो पनि थिएन । तर अहिले चाहिँ हो कि जस्तो लाग्छ । ट्रम्प रहुञ्जेल आरामले सुतेको एमसीसी अहिले आफ्नो दाह्रे अनुहार निकालेर किन चीँचीँ गर्न थाल्या होला ?
जे होस्, यो हामी सबैको परीक्षाको समय हो । एमसीसी संसदबाट पास हुनु हुँदैन । यो अर्को महाकाली सन्धि नहोस् । को–को त्यसको साइटको छेउछेउ पुग्नु भएको छ । बाफ रे ! त्यस को ब्याकवाटर आलितालसम्मै पुग्ने रहेछ । त्यो नबनुञ्जेल नेपालले पानी चलाउन पनि नपाउने । प्रकारान्तरले महाकाली बाँध नेपाल–भारतबीचको हो ।
तर जनतालाई जागरुक बनाउन सकियो भने धेरै कुरो बचाउन पनि सकिँदो रहेछ । आजभोलि भारततिर पनि यसको विरोध हुन थालेछ । नदीको डुबान क्षेत्रमा पर्ने पहाडिया (यो हिन्दी भाषा)हरूले आफूहरूसँग पहिले कुनै सल्लाह नगरिएको हुनाले हामी महाकाली बाँध बन्न दिँदैनौं भनेको एउटा भिडियो मैले टेलिभिजनमा हेरेको थिएँ ।
संसद्का नेताज्यूहरू, अमेरिका रिसाउला, उसको देशमा कहिल्यै जान नदेला भनेर आफ्नो रक्षाको बाटो नखोज्नुहोस् । हिम्मत गर्नुहोस् र कार्यकर्तालाई हिम्मत दिनुहोस्, ताकि कसैले तपाईंहरूलाई देशद्रोही भनेर नसरापून् ।

लेखक : प्रदीप नेपाल

पछिल्लो समाचार

प्रदेश १ को संसद अधिवेशन अन्त्य गर्न सिफारिस

अघिल्लो समाचार

अफगानिस्तानको नियति नेपालमा नदोहोरियोस्

Related Posts

पत्रकार भण्डारीलाई नारी सञ्चार साधना पुरस्कार
banner

पत्रकार भण्डारीलाई नारी सञ्चार साधना पुरस्कार

असार २२, २०८२, १०:३७ .आइतवार
थाइल्याण्डबाट फर्किएका खेलाडी र रेफ्रीलाई काँकरभिट्टामा स्वागत
banner -2

थाइल्याण्डबाट फर्किएका खेलाडी र रेफ्रीलाई काँकरभिट्टामा स्वागत

असार २२, २०८२, १०:०६ .आइतवार
काँकरभिट्टा खानेपानी अब डिजिटल स्मार्ट खानेपानी बन्दै
banner -1

काँकरभिट्टा खानेपानी अब डिजिटल स्मार्ट खानेपानी बन्दै

असार २२, २०८२, ८:०१ .आइतवार
मेचीनगर लेडी जेसीजको ‘जेसीज सप्ताह’ समापन
अर्थ

मेचीनगर लेडी जेसीजको ‘जेसीज सप्ताह’ समापन

असार २१, २०८२, ८:३२ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.