२९ पुष २०८२, मंगलवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

सम्पादकीय

शिवाकोटी बन्धुबाट सिकौँ

साउन ३२, २०७८, ७:०५ .सोमवार
0
0
0
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter

अधिकांश युवाको रोजाइमा पर्छ बैदशिक रोजगार । सामान्य लेखपढ गरेका हुन् वा स्नातकोत्तर, सबै युवा रोजगारीको खोजीमा खाडी मुलुक भासिन्छन् ।

देशमा पर्याप्त रोजगारीका अवसर सिर्जना नभएपछि युवाले साउदी अरव, कतार, मलेसिया लगायतका खाडी मुलुकलाई आफ्नो मुख्य गन्तव्य स्थल बनाईरहेका छन् । पश्चिमा देशमा रोजगारी गर्न जानेको संख्या पनि वर्षेनि बढ्दैछ । नेपाल अब यस्तो भईसक्यो, सस्तो जनशक्ति उत्पादन गर्ने एउटा कारखाना हो, उसले सधैँ आफ्नो देशका युवा पङ्तीलाई बेचिरहेछ । त्यसलाई सहजरुपमा अन्य देशले निर्वाध किनिरहेका छन् । हामी हाम्रो श्रम र पसिना निरन्तर बेचिरहेका छौँ । वर्षेनि कम्तीमा पाँचलाख युवा विदेशिने देशमा गनिन्छ नेपाल । स्वदेशमा जीवन निर्वाहको दरिलो अवसर नपाउँदा विदेशिने युवाले भोग्नु परेको पीडा यहाँ भनी साध्य छैन । दैनिकरुपमा दुई चार वटा लास वाकसमा आइरहँदा पनि विदेशिनु पर्ने बाध्यता हामी कहाँ छ ।

वाकसका लासलाई हेर्दै, घर परिवार र त्यसमा पनि नावालक छोराछोरीको अनुहार सम्झिएर भक्कानो फुट्न लागेको बेला आशु पुछ्दै हरेक दिन युवाहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलतर्फ अघि बढिरहेकोे हुन्छ । यस्तै नियतिले गाँजेको छ हाम्रो समाजलाई । यो पृष्ठभूमिकाबीच बैदेशिक रोजगारीलाई छोडेर आफ्नै मुलुकमा रगत–पसिना बगाउने दृढ इच्छाशक्ति भएका युवाहरु पनि भेटिन्छन् ।
विदेशमा काम गर्दा सिकेको सीपलाई स्वदेश फर्किएर कार्यान्वयन गर्नेहरु एकातिर छन् भने त्यहाँ खाएको हण्डर सम्झेर आफँै केही गर्न खोज्नेहरु पनि उत्तिकै भेटिन्छन् । निरन्तर मेहनत गर्ने हो भने आत्मनिर्भर बन्न गाह्रो छैन । मेचीनगर–९ का दिपक र सुनिल शिवाकोटी दाजु–भाइलाई एकपटक फर्केर हेरौँ । तीन वर्ष भन्दाबढी समय सुनिलले बैदेशिक रोजगारीमा बिताए । तर पनि उनले अपेक्षा अनुसार कमाइ गर्न सकेनन् र स्वदेश फर्किए । अर्का दिपक नौ वर्ष प्रहरीको जागिर छाडेर कृषिमा होमिए ।

अहिले उनीहरु मछा र कुखुरा पाल्छन् । त्यसबाट उनीहरुको मासिक आम्दानी एकलाख भन्दाबढी हुन्छ । उनीहरुले ब्यवसायिक रुपमा जमिनमा पोखरी खनेर होइन, आधुनिक प्लास्टिकको भाडोमा माछा पालेर बेचिरहेका छन् । अहिले त्यसबाट उनीहरुले राम्रो सफलता प्राप्त गरेका छन् । आफ्नै मेहनत, सीप र पसिनाको कमाईले उनीहरुलाई पुगेको छ । बैदेशिक रोजगारीमा जाने हुन्, गएर फर्किएका युवा वा यतैका कर्मचारी, उनीहरुका लागि शिवाकोटी दाजु–भाइ प्रेरणाका स्रोत हुन् । बस नेपालमा नयाँ योजनाको खाँचो छ । आफैँले योजना बनाएर लाग्ने हो भने हरेक युवा वेरोजगार बन्न पर्दैन । त्यसका लागि युवाहरुलाई राज्यको सहयोग र प्रोत्साहनको खाँचो छ । युवाले सञ्चालन गरेको कृषिकर्म होस् वा अरु कुनै व्यवसाय, त्यहाँ राज्यको नजर पुग्नुपर्छ । विकेन्द्रीत अवस्थामा युवालाई प्रोत्साहन गर्ने पहिलो दायित्व स्थानीय सरकारको हो । युवालाई रोजगार बनाउने, त्यसका लागि बढी भन्दा बढी अवसर दिने, लागत सहभागिताका आधारमा प्रोत्साहन गर्ने, उत्पादन सामाग्रीलाई बजारीकरणका लागि सहयोग गर्ने काममा स्थानीय सरकारको भूमिका अत्यन्तै महत्वपूर्ण हुन्छ । युवाको तागतलाई दलहरुले आन्दोलनमा मात्र लगाउने होइन, आर्थिक क्रान्ति र समृद्धिको सपना साकार पार्न पनि उपयोगमा ल्याउन जरुरी छ ।

पछिल्लो समाचार

आरक्षण नीतिको सर्वोच्च शल्यक्रिया

अघिल्लो समाचार

कुलमानको नियुक्तिविरुद्ध हितेन्द्रले दिए सर्वोच्चमा रिट

Related Posts

दार्जिलिङको तराइ प्रेस क्लब च्याम्पियन
banner

दार्जिलिङको तराइ प्रेस क्लब च्याम्पियन

पुस २८, २०८२, १:४७ .सोमवार
कांग्रेसको विशेष महाधिवेशनमा महामन्त्रीद्वय गगन र विश्वको गर्जन
banner -1

कांग्रेसको विशेष महाधिवेशनमा महामन्त्रीद्वय गगन र विश्वको गर्जन

पुस २७, २०८२, २:०५ .आइतवार
‘प्रथम भाक्का पिठ्ठ उत्सव’ ऐतिहासिक : नगरप्रमुख बुढाथोकी
banner -1

‘प्रथम भाक्का पिठ्ठ उत्सव’ ऐतिहासिक : नगरप्रमुख बुढाथोकी

पुस २७, २०८२, १:३२ .आइतवार
मेची मासु उत्पादक सहकारीको अध्यक्षमा भण्डारी
box -1

मेची मासु उत्पादक सहकारीको अध्यक्षमा भण्डारी

पुस २६, २०८२, १२:२५ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.