२४ असार २०८२, मंगलवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

तीज महोत्सव

दमकका महिलाले बनाएका सामानको प्रदर्शनी

भदौ १९, २०७८, ३:४४ .शनिबार
0
0
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

झापा, १९ भदौ । हिन्दू नारीहरुको महान पर्व तीजको पूर्वसन्ध्यामा दमक नगरपालिकाले महिलाहरुलाई उद्यमसँग जोड्ने उद्देश्यले पाँच दिवसीय तीज महोत्सव सञ्चालन गरेको छ ।

दमक नगरपालिका–५ मा शुक्रवारदेखि आयोजित महोत्सवमा स्थानीय कच्चा पदार्थ, श्रम र सीप प्रयोग गरी दमकका उद्यमी महिलाले उत्पादन गरेका सामाग्रीको प्रदर्शनी गरिएको छ ।

जनप्रतिनिधि निर्वाचित भएर आएदेखि नै महिलाहरुलाई आत्मनिर्भर र स्वरोजगार बनाउने उद्देश्यले नगरपालिकाले विभिन्न समयमा सीप मूलक तालिमहरु दिएको थियो । महोत्सवमा पूर्वाञ्चल बहिरा संघ, दमक अपांग सहयोग समिति र भूटानी शरणार्थी अपांग संगठनमा आवद्ध महिलाले उत्पादन गरेको घरेलु सामानको स्टल राखिएको छ ।

सुनको जस्तै देखिने ग्यारेन्टीका गहना, ढाका टोपी, ढाकाका कपडा, गुडिया, कपासको बाती, चुरा, पोते र माला लगायतका अनेकन सामान प्रदर्शनीमा राखिएका छन् । तालिम लिएका धेरै महिला समूहले उत्पादन गरेका सामग्रीको बजारीकरण गर्ने र उनीहरुलाई प्रोत्साहन दिने उद्देश्यले तीजको अवसर पारेर महोत्सवको आयोजना गरिएको नगरपालिकाकी उपप्रमुख गीता अधिकारीले बताइन् ।

तीज नाचेर, गाएर र तामझाम गरेर मात्र मनाउने पुरानो परम्परालाई परिमार्जन गर्दै महिलाहरुलाई उत्पादनसँग जोड्ने नयाँ कार्यको थालनी गरिएको उनको भनाइ छ । ‘सीप सिकेका धेरै दिदी बहिनीहरुले गुणस्तरीय समाग्रीको उत्पादनसहित व्यावसायिक बन्नु भएको छ’, उनले भनिन्, ‘तर, उहाँहरुले उत्पादन गरेका सामग्रीको प्रचार नहुँदा बजारीकरण हुन सकेको छैन । हामीले सानो अभ्यास गरेका छौं । यसबाट उहाँहरुलाई भविष्यमा सहयोग पुग्ने पनि अपेक्षा छ ।’

दमक नगरपालिकाको नारा नै छ ‘दमकका महिला उद्यममा पहिला’ । नारा जस्तै काम पनि हुने गरेको छ । तीजलाई महिलाको उद्यमशीलतासँग जोड्ने दमक नगरपालिकाको यो प्रयास रचनात्मक र उदाहरणीय भएको पत्रकार टिकाराम उप्रेती बताउँछन् ।

गतबर्षदेखि नै यो कार्यक्रमको थालनी गर्ने सोच बनाएको नगरपालिकाले कोभिड १९ को संक्रमणका कारण गर्न नसकेको नगरका प्रमुख रोमनाथ ओलीले बताए । महिलाले आफ्नै शिप र श्रममा उत्पादन गरेका सामानलाई बजारमा लैजान र आयआर्जन वृद्धिमा सघाउन नगरपालिकाले आगामी दिनमा थप प्रयासहरु गर्ने उनले बताए ।

सामाजिक दुरी कायम गरेर १० वटा स्टलमा स्थानीय महिलाले उत्पादन गरेका सामग्री प्रदर्शनमा राखिएको छ । आत्मज्ञान महिला समूहले महोत्सवमा परम्परागत ग्यारेन्टीका गरगहनाको स्टल राखेको छ ।

नगरपालिकाले तालिम दिएर गहना बनाउन सिकाएपछि महिला समूहले कण्ठ, शिरफूल, शिरबन्दी, नाकढुंग्री, मारवाडी, छड्के तिलहरी, माइली, साइली र कान्छी तिलहरी लगायतका गरगहना बनाउने गरेको समूहका अध्यक्ष इन्दिरा प्रसाईले बताइन् । उनीहरुले बनाएको गहना हेर्न र किन्न महोेत्सवमा भीड लागेको छ ।

दमक नगरपालिकाको नारा नै छ ‘दमकका महिला उद्यममा पहिला’ । नारा जस्तै काम पनि हुने गरेको छ । दमक नगरपालिका क्षेत्रका एकल महिलाहरुले अग्र्यानिक कपुरका बाती, पुनः प्रयोग गर्न मिल्ने सेनेटरी प्याड लगायतका सामान बनाउँदै आएका छन् । उनीहरुले भारतीय वातीलाई विस्थापित गर्ने उद्देश्यले बनाइएका स्वदेशी बाती महोत्सवमा प्रदर्शन गर्न पाउँदा खुशी व्यक्त गरेका छन् ।

कोभिड १९ का कारण गतबर्ष झै यसपाली पनि तीज नजिकै आइसक्दा रौनक कहीँ कतै देखिएको छैन । तर नगरपालिकाले महिलाहरुको उत्पादनलाई महत्व दिएर तीजको अवसरमा आयोजना गरेको महोत्सवले अन्यत्रका महिलामा समेत सकारात्मक सन्देश प्रवाह गरेको झापा जिल्ला समन्वय समितिकी सदस्य शुसीला अधिकारीले बताइन् ।

। अम्बिका भण्डारी ।

पछिल्लो समाचार

किर्नाले टोक्दा कोरोना जस्तै लक्षण देखिन थाल्यो

अघिल्लो समाचार

पिकअप गाडीको ठक्करबाट बालकको मृत्यु

Related Posts

पत्रकार भण्डारीलाई नारी सञ्चार साधना पुरस्कार
banner

पत्रकार भण्डारीलाई नारी सञ्चार साधना पुरस्कार

असार २२, २०८२, १०:३७ .आइतवार
थाइल्याण्डबाट फर्किएका खेलाडी र रेफ्रीलाई काँकरभिट्टामा स्वागत
banner -2

थाइल्याण्डबाट फर्किएका खेलाडी र रेफ्रीलाई काँकरभिट्टामा स्वागत

असार २२, २०८२, १०:०६ .आइतवार
काँकरभिट्टा खानेपानी अब डिजिटल स्मार्ट खानेपानी बन्दै
banner -1

काँकरभिट्टा खानेपानी अब डिजिटल स्मार्ट खानेपानी बन्दै

असार २२, २०८२, ८:०१ .आइतवार
मेचीनगर लेडी जेसीजको ‘जेसीज सप्ताह’ समापन
अर्थ

मेचीनगर लेडी जेसीजको ‘जेसीज सप्ताह’ समापन

असार २१, २०८२, ८:३२ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.