झापा, १९ भदौ । कमल गाँउपालिका–५ आदीबासी रङशाला अगाडी पुर्व–पश्चिम राजमार्गमा पिकअपको ठक्करबाट पैदल यात्री चार वर्षीय बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सर्लाही भक्तिपुर गाँउपालिका–३ ईश्वरपुर घर भई घुम्दै फिर्दै आई सोही स्थानमा पाल टाँगी बस्ने लोहरा कापरीको छोरा ४ बर्षीय मानव कापरी रहेका छन् ।
आज दिउँसो साढे ११ बजे पश्चिम आउदै गरेको प्रदेश ०३–००१ च ०३६४ नम्बरको पिकअप गाडीले बाटो क्रस गर्दै गरेका बालकलाई ठक्कर दिँदा घटनास्थलमानै मृत्यु भएको हो ।
पिकअप र चालक मकवानपुर हेटौडा नगरपालिका–११ का २४ बर्षीय अजय पाख्रिनलाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ ।
Discussion about this post