२१ मंसिर २०८२, आईतवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

बिसे नगर्ची खोज : २३२ वर्ष पुरानो तीन वटा लालमोहर भेटिए

मंसिर २, २०७८, १२:४२ .बिहिबार
0
0
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

।। मोहन काजी ।।

झापा, २ मंसिर । नेपाल एकीकरणमा महत्वपूर्ण योगदान दिएका ऐतिहासिक पात्र बिसे नगर्चीको विषयमा राजाहरुले दिएको २३२ वर्ष पुरानो लालमोहर नगर्चीका सन्तानहरुसँग सुरक्षित रहेको पाइएको छ ।

झापाबाट नगर्चीको इतिहास उत्खनन गर्न गोरखा गएको पत्रकार टोलीलाई नगर्चीका वर्त्तमान पुस्ताका परिवारले तीन वटा लालमोहरको सक्कल प्रति देखाएका छन् ।

ती लालमोहर अहिलेसम्म प्रकाशमा आएका छैनन् । त्यहाँ के लेखिएको छ भन्ने पनि प्रमाणित हुन बाँकी छ ।

राजा पृथ्वीनारायण शाहलाई सामरिक तथा आर्थिक सल्लाहसहित एक रुपैयाँको ढ्याक दिएर नपाल एकीकरण अभियान सुरु गराएको श्रेय बिसे नगर्चीलाई जान्छ ।

नगर्चीहरु राजाको दरवारमा नगरा बजाउने र सवारीका बेला सगुन जनाउने काम गर्दथे । नगर्चीका अहिलेको पुस्ता बताउने गोरखा नगरपालिका वडा नं. ६ की ६१ वर्षीया तिलकुमारी परियारले ती लालमोहर सुरक्षित राखेकी रहिछन् ।

लालमोहर वि.सं. १८४६ भदौ र १८७५ असोज महिनामा जारी गरिएका छन् । राजदरवारको निशान छाप लगाइएको लालमोहरमा नगर्चीहरुलाई उनीहरुको योगदानको कदर गर्दै महाराजबाट विभिन्न बकस दिइएको उल्लेख छ ।

बिसे नगर्चीको शालिकमा श्रद्धाञ्जलि मन्तब्य व्यक्त गर्दै गोरखा फाउन्डेसनका अध्यक्ष बीरु दर्नाल ।
बिसे नगर्चीको देहान्तपछि यी लालमोहर जारी भएको पाइएको छ । बिसे नगर्चीको जन्म वि.सं. १७४६ मा र देहान्त वि.सं. १८२८ (वर्ष ८२)मा भएको थियो ।

संस्कृत र पुरानो पर्वते भाषा मिसाएर लेखिएको लालमोहरमा के उल्लेख छ भनेर पत्ता लगाउन पुरातत्व विभागमा पहल गरिने बिसे नगर्चीको खोज अभियान सञ्चालन गरिरहेको गोरखा फाउन्डेसनका अध्यक्ष बीरु दर्नालले बताए ।

‘इतिहासपुरुष बिसे नगर्चीको बारेमा धेरै जानकारी प्रकाशमा नआइरहेको अवस्थामा झापाली पत्रकारहरुको टोलीले लालमोहर प्रकाशमा ल्याउनु खुशीको कुरा हो,’ दर्नालले भने–‘अब यो लालमोहरमा के लेखिएको भनेर बुझ्नका लागि हामी पुरातत्व विभागमा लगेर देखाउने कार्यको पहल गर्नेछौं ।’

गोरखाका नगर्चीहरु शाह वंशीय राजदरवारमा नगरा बजाउने काम गर्दथे । तर बिसे नगर्ची राजा पृथ्वीनारायण शाहका वुवा नरभुपाल शाहकै पालादेखि दरबारका निकट थिए ।

इतिहासमा उल्लेख भए अनुसार राजा पृथ्वीनारायण शाहलाई एक रुपैयाँको ढ्याक दिएपछि हतियार किन्न काशी जान र साथमा श्रीहर्ष मिश्रलाई सँगै लैजान बिसे नगर्चीले सल्लाह दिएका थिए ।

त्यति मात्र होइन । योद्धा कालु पाण्डेलाई राज्यको मूल काजी (सेनापति) बनाउन समेत नगर्चीले नै सल्लाह दिएका थिए । सेनापति पाण्डे पनि नगर्चीको सल्लाह लिने गर्दथे ।

हतियार किन्न जान विश्वसनीय साथी र सेनापति नियुक्त गर्न सल्लाह दिने बिसे नगर्ची तत्कालीन गोरखा दरबारका शक्तिशाली सल्लाहकार नै भएको अनुमान गर्न सकिन्छ ।

एकीकरण अभियानको क्रममा तीनधारे, नालदम, अजिरकोट, सिरानचोक र स्याङ्जाको लडाइँमा पृथ्वीनारायण शाहले नगर्चीलाई सँगै लगेको र उनले लडाईमा समेत बहादुरी प्रदर्शन गरेको इतिहासमा पाइन्छ ।

गोरखा नगरपालिकाका नगरप्रमुख राजनराज पन्त लगायत गोरखा नगरबासीसँग बिसे नगर्चीका बारेमा गरिएको अन्तरक्रियामा बोल्दै लेखक ।
गोरखा सदरमुकाममा रहेको गोरखा सङ्ग्रहालयमा राजपरिवारका पुरातात्विक महत्वका सामान र चित्रहरुको राम्रो प्रदर्शनी छ ।

जसले अवलोकनकर्ता र इतिहासका अन्वेषकको ध्यान रामै्रसँग तान्छ । तर, राजा पृथ्वीनारायण शाहका सामरिक तथा आर्थिक सल्लाहकार बिसे नगर्चीको बारेमा त्यहाँ कुनै पनि नामोनिसान राखिएको छैन ।

‘यत्रो सङ्ग्रहालयमा नगर्चीको नामोनिसान केही नराखिएकोमा ज्यादै दुःख लाग्यो,’ आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)का प्रदेश नं. १ का इञ्चार्ज एवम् यलम्बर टाइम्सका सम्पादक दिपीन राईले सङ्ग्रहालय अवलोकनपछि भने–‘बिसे नगर्ची आफ्नै गोरखामा उपेक्षित हुनु नराम्रो हो । यसमा सरोकारवालाहरुको ध्यान जाओस् ।’

बिसे नगर्चीको जन्मघरको भग्नावशेष र लालमोहरको संरक्षण राज्यका तर्फबाट हुन सकेको छैन । सङ्ग्रहालयमा नगरा बाजा भने राखिएको छ ।

बिसे नगर्चीको इतिहास खोजी गर्न झापाबाट गएको पत्रकार टोलीसँग सामूहिक तस्वीर खिचाउँदै गोरखा नगरपालिकाका नगरप्रमुख राजनराज पन्त, उपप्रमुख बिनाकुमारी श्रेष्ठ, नेपाल पत्रकार महासंघ गोरखाका अध्यक्ष नरहरि सापकोटा लगायत ।
लालमोहर मासिने जोखिम

अहिलेसम्म नगर्चीका सन्तानले सुरक्षित राखेको लालमोहरलाई राज्यले नै पुरातत्व विभागमार्फत दीगो सुरक्षा गर्न जरुरी देखिएको छ ।

लालमोहर ऐतिहासिक प्रमाण हो । तत्कालीन राजाहरुले दिने आदेश र हुकुमहरु लालमोहरमा समेटिएका हुन्छन् ।

आफ्ना कर्मचारी, सेना र रैतिले गरेको राम्रो कामको प्रशंसा र उनीहरुलाई दिइएको उपाधिको समेत लालमोहरमा उल्लेख गरेको पाइन्छ ।

अढाई सय वर्षदेखिको इतिहास बोकेको लालमोहर नगर्चीका सन्तानले सुरक्षित राखेर सराहनीय कार्य गरेका छन् । तर आगो, पानी, चोरी आदिका कारण लालमोहर मासिने जोखिम पनि छ ।

गोरखा नगरपालिकाका नगरप्रमुख राजनराज पन्तले बिसे नगर्चीको नाममा पार्क र सङ्ग्रहालय बनाउने योजना सुनाएका छन् ।

बिसे नगर्चीको इतिहास खोज्न चाहनेका लागि यी लालमोहर दर्विलो प्रमाण बन्न सक्छन् । नगरपालिकाले समेत लालमोहरको संरक्षणमा चासो राखेको नगरप्रमुख पन्तले बताए ।

पछिल्लो समाचार

कर दिवसमा कर शिक्षा कार्यक्रम

अघिल्लो समाचार

एमालेको गढमा एसका नेताले बनको अध्यक्षमा जितेपछि खैलाबैला

Related Posts

भलिबल प्रशिक्षक कुमार राई एक लाखसहित सम्मानित
banner -1

भलिबल प्रशिक्षक कुमार राई एक लाखसहित सम्मानित

मंसिर २०, २०८२, १२:२० .शनिबार
पत्रकार काजी, उत्कृष्ट गृहिणी र जैविक कृषक समूह पुरस्कृत
banner

पत्रकार काजी, उत्कृष्ट गृहिणी र जैविक कृषक समूह पुरस्कृत

मंसिर २०, २०८२, ११:५४ .शनिबार
बानियाँ प्रतिष्ठानको वक्तृत्वकलामा धुलाबारी माविकी जयन्ती प्रथम
अर्थ

बानियाँ प्रतिष्ठानको वक्तृत्वकलामा धुलाबारी माविकी जयन्ती प्रथम

मंसिर १९, २०८२, ३:१७ .शुक्रबार
जेनजी आन्दोलनले व्यवसायीको मनोदशा कमजोर : उपाध्यक्ष ढकाल
banner -2

जेनजी आन्दोलनले व्यवसायीको मनोदशा कमजोर : उपाध्यक्ष ढकाल

मंसिर १९, २०८२, २:३९ .शुक्रबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.