२७ श्रावण २०८३, बुधबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

माओवादी केन्द्रको मेचीनगर अध्यक्षमा राजन चिमरिया

मंसिर ११, २०७८, १:५७ .शनिबार
0
0
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, ११ मंसिर । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) मेचीनगरको दोस्रो नगर अधिवेशनबाट अध्यक्षमा राजन चिमरिया चयन भएका छन् ।

माओवादीले शनिबार देशभरका सबै पालिकामा एकसाथ अधिवेशन सम्पन्न गरेको छ । सोही क्रममा मेचीनगरमा भएको अधिवेशनबाट चिमरियालाई अध्यक्षको जिम्मेवारी दिइएको छ ।

मेचीनगर–१२ निवासी चिमरिया राजनीतिसँगै सामाजिक क्षेत्रमा क्रियाशील छन् । उनी यसअघि आयोजक सम्मेलन समिति मेचीनगरका सदस्य थिए ।

मेचीनगरको इटाभट्टास्थित किराँत भवनमा भएको अधिवेशनबाट उपाध्यक्षमा उत्तम सिठुङ, लिला सुब्बा राजवंशी र बद्रीनाथ फुँयल, सचिवमा ज्ञानेन्द्र घिमिरे, सहसचिवमा कृष्ण कौशल सिटौला र कोषाध्यक्षमा दिनेश ओली चयन भएका छन् ।

६५ सदस्यीय नगर कमिटीको सदस्यमा श्याम लामा, पदमबहादुर श्रेष्ठ, जुना निरौला, कृष्ण ढुंगाना, गोमा सिन्चुरी, पदम पुरी, दिपक भण्डारी, तारा बराल, थीरप्रसाद गौतम, टेकबहादुर कडरिया, अम्बिका बस्नेत, निर्मल खपांगी छन् ।

यस्तै, नगर सदस्यमा हरि कट्टेल, सावन मेचे, हर्कमाया बस्नेत, पवित्रा तिवारी, पुष्पासिंह ज्वाला, सन्तोष प्रसाईं, हरि दाहाल, मनिता राई, धर्मलाल राजवंशी, भोलानाथ तिम्सिना, रिता रिजाल, बद्रीप्रसाद भट्टराई, मोहन रसाइली, लक्ष्मी गौतम, तिर्थ आचार्य, भक्तप्रसाद आचार्य छन् ।

यस्तै नगर कमिटी सदस्यमा नविन पौडेल, लक्ष्मी श्रेष्ठ, सांगे शेर्पा, मीरा सिवाकोटी, होमप्रकाश आचार्य, अविनाश धिताल, लिलाराज शाही, कुमार भट्टराई, विनोद मण्डल, विश्वराज पोखरेल, सन्त तामाङ, जोगेन राजवंशी, हरिमाया सापकोटा, भक्तराज लिम्बू, राजु निरौला, अभिजित दवाडी, कुन्दन लम्साल, सुनिलाल राजवंशी, सुशिल राजवंशी, प्रशान्त लिम्बू, इन्दिरा पोखरेल, पोक्ची मेचे र दिलीप थापा छन् ।

बाँकी ८ जना नगर कमिटी सदस्य थप गरिने माओवादी केन्द्र मेचीनगरले जानकारी दिएको छ ।

नगर संयोजक पुष्प गुरागाईंको अध्यक्षता तथा माओवादी केन्द्र प्रदेश नं. १ का इन्चार्ज एवम् संघीय सांसद सांसद राम कार्की ‘पार्थ’ को प्रमुख आतिथ्यतामा भएको अधिवेशनमा उनले सरकारले स्वास्थ्य, शिक्षा र कृषि क्षेत्रमा बजेटको १०÷१० प्रतिशत लगानी गरे देशले केही समयमै विकासले फड्को मार्ने बताएका छ ।

विश्वमा खाद्यान्नको अभाव सिर्जना भएको उल्लेख गर्दै नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्यसमेत रहेका कार्कीले कृषि क्षेत्रलाई उत्पादनमुखी बनाए मात्र खाद्यान्नको जोहो हुने र कृषकलाई राहत पुग्ने बताए ।

कार्यक्रममा प्रमुख अतिथि कार्कीले एमाले, काँग्रेस पार्टी परित्याग गरेर माओवादी प्रवेश गरेका ३५० बढी कार्यकर्तालाई सम्मान गरेका थिए । सोही अवसरमा शहिद परिवारलाई पनि सम्मान गरिएको थियो । नगर सदस्य गणेश मैनालीले विपन्न १२ परिवारलाई स्वास्थ्य बिमा गराउन सहयोग रकम प्रदान गरे ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका प्रदेश सदस्य तथा झापा क्षेत्र नं. १ का इन्चार्ज श्यामवीर लिम्बू, प्रदेश सदस्य प्रकाश भण्डारी, पार्टीका केन्द्रीय सल्लाहकार मुकुलचन्द्र राजवंशी, जिल्ला सदस्य इन्दिरा कार्की, नेता माधव अर्याल, मेचीनगर वडा नं. १२ का वडाध्यक्ष नरेन्द्र धिमाल, जिल्ला सदस्य पनिता ढकाल, नरेन्द्र मेचे, वाइसीयल मेचीनगर अध्यक्ष विनोद मण्डल, अनेरास्ववियू क्रान्तिकारी मेचीनगर अध्यक्ष अभिजित दवाडी, अखिल नेपाल यातायात मजदुर संगठन झापा अध्यक्ष हरि निरौलालगायतले शुभकामना मन्तव्य राखेका थिए ।
स्मीता बुढाथोकीले स्वागत गरेको कार्यक्रमको सञ्चालन राजु दाहाल गरेका थिए ।

पछिल्लो समाचार

कांग्रेस झापा  : सभापतिमा कट्टेलको पछिपछि थेबे, मतान्तर अब १८९ मात्रै

अघिल्लो समाचार

सभापतिमा थेबेभन्दा २९ मतले मात्र कट्टेल अगाडि

Related Posts

खवर

NV Casino: Quick‑Play Slots i Visokointenzivno Igranje

साउन २७, २०८३, ३:३० .बुधबार
खवर

Avia Masters: Sky‑High Crash Game That Keeps You on the Edge

साउन २६, २०८३, ९:२८ .मङ्लबार
खवर

SlotsGem: Quick‑Pulse Gaming for the Modern Player

साउन २६, २०८३, १:१४ .मङ्लबार
खवर

Casinova Casino: Fast‑Track Slots, Live Action & Quick Wins

साउन २६, २०८३, १:०३ .मङ्लबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.