२७ श्रावण २०८३, बुधबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

होल्डिङ सेन्टरको निर्माण कार्य धमाधम

मंसिर १९, २०७८, ११:४४ .आइतवार
0
0
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

झापा, १९ मङ्सिर । छिमेकी मुलुक भारतमा कोडिभ–१९ को नयाँ भेरियन्ट ओमिक्रोन भाइरसका संक्रमित देखा पर्न थालेसँगै सीमा क्षेत्रमा निर्माणाधिन होल्डिङ सेन्टरको निर्माण कार्यलाई तीब्र बनाइएको छ ।

पूर्वी नाका हुँदै भारतीय क्षेत्रबाट नेपाल प्रवेश गर्ने नागरिकलाई लक्षित गरी मेचीनगर नगरपालिका–१४ दुहाढगीस्थित हडिया खोला किनारमा नेपाली सेनाको रेखदेख र संरक्षणमा बनिरहेको होल्डिङ सेन्टरको निर्माण कार्य अन्तिम चरणमा पुगेको हो ।

चार विगाह क्षेत्रफलमा एक हजार जना अट्ने क्षमताको होल्डिङ सेन्टरमा २२ वटा पक्की भवन बनाइएको छ । जसमध्ये १४ वटा क्वारेन्टिन, दुई वटा डाक्टर र स्वाथ्यकर्मी बस्ने एडमिन भवन, १२ वटा डाइनिङ हल, दुई वटा एडमिन किचन, एउटा सेन्ट्रल किचन र १६ वटा शौलालय तयार भइसकेको छ । बाँकी संरचनाको फिनिसिङ गर्ने काम भइरहेको छ ।

नेपाल सरकारले कोरोना सङ्क्रमणको तेस्रो लहर आउनुपूर्व २५ करोडको लगानीमा आगामी पुस मसान्तभित्रमा निर्माण कार्य सक्ने गरी गत असार ३ गते हनुमान कन्ट्रक्सन ललितपुरसँग ठेक्का सम्झौता थियो । सुरुमा काँकडभिट्टा क्षेत्रमै होल्डिङ सेन्टर बनाउने भनिए तापनि उपयुक्त जग्गा अभावमा नाकाबाट करिब २० किलोमिटर टाढा रहेको दुहागढीमा असार २२ गतेदेखि भवन बनाउन सुरु गरिएको ठेक्काका लिएको हनुमान कन्ट्रक्सनका साइड इन्चार्ज सविन भट्टराईले बताए ।

उनले तोकिएको अवधि भित्रमा होल्डिङ सेन्टर तयार गरेर नेपाली सेनालाई जिम्मा लगाउने बताए “हामीलाई मङ्सिर ३० गतेभित्र दुई वटा क्वारेन्टिन, एउटा डाक्टरसहितको स्वास्थ्यकर्मी बस्ने एडमिन कक्ष, दुई वटा शौचालय तयार गर्न नेपाली सेनाको निर्देशन थियो”, उनले भने “हामीले त ८५ प्रतिशत काम सक्यौं बाँकी थोरै छ त्यो पनि समयअवधि अगावै सक्ने प्रयत्नमा छौं ।”
कोरोना सङ्क्रमणको दोस्रो लहरको समयमा हुलका हुल भारतीय क्षेत्रबाट पूर्वीनाका काँकडभिट्टा हुँदै भित्रिएका नागरिकलाई राख्न स्थानीय प्रशासनलाई ठूलै समस्या भएको थियो । उनीहरुलाई राख्नका लागि स्थानीय प्रशासनले बाध्य भएर विद्यालयलाई होल्डिङ सेन्टर बनाउनु परेको थियो ।

पहिलो लहरमा नेपाली सेनाले आफैं होल्डिङ सेन्टर निर्माण गरे पनि तेस्रो लहरमा समस्या नहोस् भनेर सरकारले झापासहित तराईका आठ वटा नाकामा सुविधायुक्त होल्डिङ सेन्टर निर्माण गरिरहेको श्री नाथ गण चारचालीका गणपति अमरजंग थापाले बताए । उनले पुसको पहिलो सातादेखि नै सीमा क्षेत्रबाट प्रवेश गर्ने कोही संक्रमित देखिएमा होल्डिङ सेन्टरमा राख्न सकिने बताए ।

चिकित्सकीय उपकरणसहितको होल्डिङ सेन्टरमा भारतबाट आएका नेपाली, भारतीय नागरिक र आफन्तविहीन सङ्क्रमितलाई उपचारका लागि राखिने मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले बताए । “विगतमा जस्तो अव समस्या हुँदैन”, उनले भने “यो होल्डिङ सेन्टरबाट धेरै समस्याको समाधान हुन्छ । यहाँ रहनुहुनेहरुको स्वास्थ्य जाँच, खानपान र नियमित शारीरिक अभ्यास पनि गराइन्छ ।” उहाँले संरचनाको निर्माण कार्यको निरन्तर अनुगमन गरिरहेको बताए ।

पछिल्लो समाचार

को हुन् राजेन्द्र लिङ्देन ?

अघिल्लो समाचार

राप्रपामा यसरी उदाए लिङ्देन, अब कसरी अघि बढ्लान् ?

Related Posts

खवर

NV Casino: Quick‑Play Slots i Visokointenzivno Igranje

साउन २७, २०८३, ३:३० .बुधबार
खवर

Avia Masters: Sky‑High Crash Game That Keeps You on the Edge

साउन २६, २०८३, ९:२८ .मङ्लबार
खवर

SlotsGem: Quick‑Pulse Gaming for the Modern Player

साउन २६, २०८३, १:१४ .मङ्लबार
खवर

Casinova Casino: Fast‑Track Slots, Live Action & Quick Wins

साउन २६, २०८३, १:०३ .मङ्लबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.