झापा, ६ पुस । बिर्तामोडमा अत्याधुनिक उपकरणसहित सञ्चालनमा आएको निशा एड्भान्स अल्ट्रासाउण्ड एण्ड डाइग्नोष्टिक क्लिनिकले निःशन्तान दम्पतीहरुलाई लक्षित गर्दै स्वास्थ्य शिविरको आयोजना गरिएको छ ।
प्रजनन् सम्बन्धी आधुनिक चिकित्सामा सर्वसाधारणको पहुँच पुर्याउने उद्देश्यले यहि पुस १० गते शिविरको आयोजना गरिएको हो ।
शिविरमा वरिष्ठ प्रजनन् तथा स्त्रीरोग विशेषज्ञ डा.आकृति भारतीले सेवाग्राहीको स्वास्थ्य जाँच गर्दै प्रजनन् अवस्था सम्बन्धी जानकारी दिने र सम्भावित उपचार विधिबारे जानकारी गराउने बताइएको छ ।
निःशन्तान दम्पत्तिको स्वास्थ्य जाँचपछि आईभीएफ नै गर्नुपर्ने भएमा समेत सेवा प्रदान गरिने बताइएको छ ।
डा. भारती प्रजनन् विज्ञ भएकाले निःशन्तान दम्पतीलाई झापाबाटै सेवा लिन निशा एड्भान्स अल्ट्रासाउण्ड एण्ड डाइग्नोष्टिक क्लिनिककी सञ्चालक निशा गुप्ताले आग्रह गरेकी छन् ।
निःसन्तान सम्बन्धी संकुचित सोच, मिथ्या धारणा, कुण्ठा आदिका बारेमा रचनात्मक रुपमा जनचेतना फैलाउँदै झापासहित देशका विभिन्न शहर पोखरा, नेपालगंज र जनकपुरमा समेत शिविरको आयोजना गरिएको बताइएको छ ।
प्रजनन् उपचार विधिमा वात्सल्य नेचुरल आईभीएफले यस अघि आयोजना गरेका शिविरबाट आईभीएफ सफलता दर सत्तरी प्रतिशतसम्म हासिल गर्न सफल भएको वात्सल्य नेचुरलको तथ्याङ्कमा उल्लेख छ ।
के हो आइभीएफ ?
प्रजनन् विज्ञ डा. भारतीका अनुसार यौन सम्पर्कका बेला पुरुषको शुक्रकिट महिलाको डिम्बसँग निषेचित हुन्छ र गर्भशयमा गएर स्थापित हुँदा गर्भ बस्छ । यसरी प्राकृतिक रुपमा गर्भधारण हुन नसक्ने अवस्थामा कृतिम विधि अपनाइन्छ । जस अन्तरगत महिलाहरुबाट निकालिएको डिम्ब र पुरुषबाट निकालिएको शुक्रकिटलाई बाह्यरुपमा निषेचित गराइन्छ । यस निषेचितको कृतिम प्रक्रियालाई नै आइभीएफ वा टेस्ट ट्य्व वेवी भनिन्छ ।
कसरी गरिन्छ आइभीएफ ?
आइभीएफ शल्यक्रिया बिना नै उपचार गर्न सकिने बताइएको छ । प्रजनन् विज्ञ डा. भारतीका अनुसार महिलाहरुको महिनावारीको चक्रसँगै यो विधिको शुरुवात हुन्छ । महिलाको डिम्वको उत्पादन सामान्य भन्दा बढी गराउनु र पुरुषको शुक्राणुलाई प्रभावकारी बनाउन औषधि सेवन गराइन्छ ।
विशेष विधिबाट महिलाबाट डिम्ब र पुरुषबाट शुक्रकिट संकलन गर्ने र पेट्रीडिसको मद्दतले डिम्बहरुलाई शुक्रकिटसँग निषेचित गराइने बताएको छ । निषेचित भ्रुणलाई त्यसपछि इन्क्युवेटरमा राखेर परिपक्क बनाइने गरिन्छ । यसरी परिपक्क भएको भ्रुणलाई पुनः महिलाको गर्भाशयमा स्तान्तरण गर्दै आइभीएफ गरिने बताइएको छ ।
बच्चा नहुने कारण ?
महिलामा पाठेघरमा संक्रमण हुनु, यौनजन्य रोग हुनु र थाइराइड हुनुले समेत बच्चा नहुने बताइएको छ । त्यस्तै डिम्वासयबाट अण्डा नबस्नु, पुरुषको स्पर्म कम हुनु वा हुँदै नहुनु, यौनजन्य रोग लाग्नु र ढिलो गरी विवाह गर्नु र बढी उमेरमा पनि बच्चा नहुने सम्भावना बढी रहने डा. भारतीले बताएकी छन् ।
Discussion about this post