२७ श्रावण २०८३, बुधबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

क्यान्सर पीडित नविनलाई बचाउन परिवारको अपिल

माघ २, २०७८, ८:३० .आइतवार
0
0
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, २ माघ । मेरुदण्डको क्यान्सरबाट पीडित मेचीनगरका एकजना युवाको उपचारका लागि गाउँलेहरु आर्थिक सहयोग जुटाउन लागि परेका छन् ।

मेचीनगर–८ बिरेन्द्रस्मृति नगरका क्यान्सर पीडित १७ बर्षीय नबिन फुयललाई गाउँलेहरु आर्थिक सहयोग जुटाउन लागि परेका हुन् ।
स्थानीय समाजसेवी उदयकुमार भण्डारीको संयोजकत्वमा ७ सदस्यीय नबिन फुयल बचाउ अभियान सुरु गरिएको छ ।

समितिको सचिवमा रिजेस प्रधान, कोषाध्यक्षमा सुमित्रा फुयाल तथा सदस्यहरुमा बेनीसागर अधिकारी, कुमार तामाङ, शरुण मेचे र भुवन कटुवाल छन् ।

आज समितिले पत्रकार सम्मेलन गरेर क्यान्सर पीडित फुयालको अहिले सम्म भईरहेको उपचार र परिवारको आर्थिक अवस्था बारे जानकारी गराएको थियो ।

केहि महिनादेखि ढाड दुखेपछि स्थानीय अस्पतालहरुमा उपचार गराउँदा बिरामी पत्ता नलागेपछि काठमाडौको बीएण्डबी र सिभिल अस्पतालमा उपचार गराउँदा मासुपलाएर ट्युमर भएकोले भारतको दिल्ली लान चिकित्सकले सुझाव दिएको परिवारको भनाइ छ ।

गत पुस २४ गते दिल्ली स्थित राजिव गान्धी अस्पतालले नविनलाई क्यान्सर भएको पुष्टि भएको अभियानका संयोजक भण्डारीले बताए ।
अस्पतालले बिरामी ठिक हुन ८ महिना लाग्ने र करिव ३० लाख नेपाली रुपैयाँ खर्च हुने बताएको नविनकी आमा सुमित्रा फुयालले पत्रकार सम्मेलनमा जानकारी गराइन् ।

सिटि रिक्सा चलाएर परिवार चलाइरहेका नविनका बुवा कृष्ण फुयालले छोरा बिरामी भएपछि त्यही सिटि रिक्सा पनि बेचेका छन् । उनी छोराको उपचारका लागि हाल दिल्लीमा छन् । परिवारको नाममा सेनो टिनको घरसहित १० धुर जग्गा मात्र छ । छोराको उपचारमा ५ लाख जति खर्च भईसकेको छ ।

स्थानीय आदर्श माविमा कक्षा १२ मा अध्ययनरत बिद्यार्थी नविन पढाई, साहित्य र अन्य गतिविधिमा समेत क्षमतावान भएको संयोजक भण्डारीले बताए । उनले एउटा प्रतिभाशाली युवकको जीवन बचाउन सबैले सकेसम्मको आर्थिक सहयोग गरिदिन आग्रह गरे ।

समितिले ईटाभट्टा स्थित प्राइम बैंकमा उपचार कोषको खाता समेत खोलिसकेको छ । अभियानका संयोजक भण्डारी, सचिब रिजेस प्रधान र नविनकी आमा सुमित्रा फुयालको संयुक्त हस्ताक्षरमा सञ्चालन हुने गरी प्राईम बैंक इटाभट्टामा खाता नंं १०७००३४९ एसए सञ्चालन गरिएको छ ।

ईच्छुक मनकारी व्यक्तित्वहरुले सो खातामा रकम जम्मा गरिदिएर नविनको जीवन रक्षाका लागि सहयोग गरिदिन हुन बचाउ समिति र परिवारले सबैमा आग्रह गरेको छ । अभियानले अहिलेसम्म १५ हजार रुपैयाँ संकलन गरेको संयोजक भण्डारीले जानकारी दिए ।

पछिल्लो समाचार

ध्रुबे हात्तीको आक्रमणबाट सैनिकको मृत्यु

अघिल्लो समाचार

एमाले झापा चुनाव : यी हुन् बिजयी सदस्यहरु

Related Posts

खवर

NV Casino: Quick‑Play Slots i Visokointenzivno Igranje

साउन २७, २०८३, ३:३० .बुधबार
खवर

Avia Masters: Sky‑High Crash Game That Keeps You on the Edge

साउन २६, २०८३, ९:२८ .मङ्लबार
खवर

SlotsGem: Quick‑Pulse Gaming for the Modern Player

साउन २६, २०८३, १:१४ .मङ्लबार
खवर

Casinova Casino: Fast‑Track Slots, Live Action & Quick Wins

साउन २६, २०८३, १:०३ .मङ्लबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.