६ आश्विन २०८०, शनिबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

तीन ठूला उद्योग खरानी, कहाँ छन् कमजोरी ?

फाल्गुन २, २०७८, ९:०९ .सोमवार
0
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

झापा, २ फागुन । मेचीनगर नगरपालिका १४ मा रहेको मनषा थाइफुड्स उद्योगमा शनिबार बिहानैदेखि लागेको आगो करिब १० घण्टापछि मात्र नियन्त्रणमा आयो ।

आगो नियन्त्रणमा त आयो तर त्यहाँ भएका भौतिक संरचना करिब ध्वस्त भए । जलेर खरानी भए ।

झापालगायत छिमेकी जिल्लाका नगरपालिकाहरूका दमकलले आगो निभाउने प्रयास नगरेका होइनन् । तर आगो उद्योगको चारैतिर फैलिएका कारण नियन्त्रणमा समस्या भयो । अन्ततः सबै संरचना खरानीमा परिणत भए ।

मनषा थाइफुड्सको मगमग तयारी चाउचाउ उत्पादन गर्ने उद्योगमा आगलागी भएको ठिक ९ दिन अघि गत माघ २० गते मेचीनगर नगरपालिका वार्ड नं ६ काँकरभिट्टामा रहेको एसएस फुटवेयरमा आगलागी भयो ।

त्यहाँको पनि भौतिक संरचना करिब खरानी भए । त्यही बेला नै मेचीनगर नगरपालिकाको दमकल काम लागेन । झापालगायत भारतबाट आएका दमकलले आगो नियन्त्रणमा लिन प्रयास गरेका थिए ।

६ महिनाअघि मेचीनगर नगरपालिका वार्ड नं १५ मा पराजुली ब्रिकेट उद्योगमा पनि आगो लाग्यो । उक्त उद्योगको पनि संरचना करिब खरानी भए । विगत ६ महिना यता मेचीनगर नगरपालिकाले तीन ठूला उद्योग गुमाउनु प¥यो । देशको अर्थतन्त्रमा निश्चय नै ठूलो घाटा लाग्ने अवस्था आयो ।

मेचीनगर ६ र १४ का दुई ठूला उद्योगमा विद्युत सर्ट भइ आगलागी भएको बताइए पनि त्यसको यथार्थ अहिले पनि बाहिर आउन सकेको छैन । जे भएर आगलागी भए पनि उद्योग खरानीमा परिणत हुनु अर्थतन्त्रमा ठूलो धक्का पुगेको बताइन्छ ।

चाहे उद्योगमा होस्, चाहे कसैको आवासमा । भौतिक संरचना निर्माण गर्दा विपद जोखिमका बारेमा न्यून सोच्ने गरिएको धेरैले बताउने गरेका छन् ।

कतिपय अवस्थामा निर्माणको काम गर्दै जाँदा मानवीय कमजोरी हुने गरेकाले पनि त्यस्ता विपदका घटना निम्तिने गरेका मेची उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष विजय डालमिया बताउँछन् ।

उनी भन्छन्, ‘उद्योगका भौतिक संरचना निर्माण गर्दा फायर फाइटरका संरचना बनाउनमा उद्योगले ध्यान नदिएको पाइन्छ । अब त्यसरी हुँदैन । योबारे उद्योग सञ्चालकहरूले उद्योग निर्माण गर्दा नै सोच्ने बेला आयो ।’
यी विपदका घटनाले धेरै पाठ सिकाएको डालमिया बताउँछन् ।

नगरपालिकाहरूका दमकल चालु अवस्थामा नहुनु, दमकल भए पनि नाइट्रोजन ग्यास प्रयोग गर्ने विधि नहुनु वा प्रयोग गर्न जान्ने जनशक्ति नहुनु तथा आगो नियन्त्रणका लागि खटिने जनशक्ति दक्ष नहुनु नै समयमा आगलागीका घटना नियन्त्रणमा नआउनुका मुख्य कारण रहेका व्यवसायीको भनाइ छ ।

डालमिया भन्छन्, ‘अब बल्ल थाह पाइँदैछ विपद के रहेछ भन्ने कुरा । अब दमकल राख्न नगरपालिकाले मात्र होइन, जहाँ पानीको स्रोत हुन्छ त्यहाँका स्थायी संघ संस्थालाई दमकल राखेर चलाउने अनुमति सरकारले दिनुपर्छ । नगरपालिकाको भर नै भएन । बरु खानेपानीलाई दमकल सञ्चालन गर्न दिँदा राम्रो हुन्छ ।’

अब घर वा उद्योग स्थापना गर्दा आगलागी जस्ता विपदलाई न्यून गर्ने संरचना निर्माणलाई प्रेरित गर्नतर्फ स्थानीय तह लाग्नुपर्ने धेरै सर्वसाधारणको बुझाइ छ ।

 

पछिल्लो समाचार

दमकलको अलमलले, निशानामा मेयर–उपमेयर

अघिल्लो समाचार

कमल थापाले ब्युँताए राप्रपा नेपाल

Related Posts

विद्यालय बन्द गरेर शिक्षकहरू आन्दोलनमा
banner

विद्यालय बन्द गरेर शिक्षकहरू आन्दोलनमा

अशोज ३, २०८०, १०:५५ .बुधबार
असोज १४ देखि ´समाजवाद जागरण यात्रा`
banner -2

असोज १४ देखि ´समाजवाद जागरण यात्रा`

अशोज ३, २०८०, ९:३९ .बुधबार
एमाले नेता मैनालीमाथि आफ्नै कार्यकर्ताद्वारा हातपात
box -1

भुपाल ओली धराैटीमा छुटे

अशोज ३, २०८०, ९:५५ .बुधबार
११४ औं देवकोटा जयन्ती मनाउने तयारी
banner -1

११४ औं देवकोटा जयन्ती मनाउने तयारी

अशोज ३, २०८०, ६:२० .बुधबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In