मेचीनगर, ८ फागुन । रोटरीका नेपाल–भुटानका ‘डिष्ट्रीक गर्भनर’ सन्तोषप्रसाद रिजालले रोटरीलाई नाफामुलक संस्थाका रुपमा नहेर्न आग्रह गरेका छन् ।
नेपाल–भुटान अन्तर्गतको रोटरी क्लब अफ काँकरभिट्टाको ‘डिष्ट्रीक गर्भनर भिजिट’ का अवसरमा काँकरभिट्टाको होटल इस्ट्रन ग्राण्डीमा आयोजित कार्यक्रममा रोटरी अन्तर्राष्ट्रिय डिष्ट्रीक ३२९२ नेपाल–भुटान सन् २०२१÷२२ का ‘डिष्ट्रीक गर्भनर’ रिजालले यस्तो कुरा बताएका हुन् ।
उनले रोटरीको परिभाषा र रोटरीका बारेमा धेरै नागरिकहरुले बुझ्न बाँकी रहेकाले हरेक व्यक्तिलाई रोटरीका बारेमा बुझाउनुपर्ने बताए । रोटरी के हो, यसले के गर्छ लगायतका विषयमा नागरिकलाई बुझाउन जरुरी रहेको उनको भनाइ छ ।
कार्यक्रममा क्लबका पब्लिक रिलेसन समितिका सदस्य सुजन प्रधान, सर्भिस प्रोजेक्ट समितिका संयोजक दिपेन्द्रराज पाण्डे, द रोटरी फाउण्डेसन समितिका सदस्य डा.आनन्दराज खनाल, एडमिनिस्टे«सन समितिका संयोजक राजु महर्जन, मेम्बेरसिप समितिका सदस्य दुर्गाबहादुर लुइँटेलले क्लबको वार्षिक कार्ययोजना प्रस्तुत गरेका थिए ।
कार्यक्रममा क्लबका पदाधिकारी–सदस्यहरु राधिका गुरुङ र रुद्र मैनालीलाई मल्टिपल पौल हेरिस फेल्लो तथा गीता आचार्य, दिपेन्द्रराज पाण्डे, दुर्गाबहादुर लुइँटेल, मुना प्रधान, लक्ष्मीदेवी खनिया, बिबेक श्रेष्ठ, भगिरथ राई, रविचन्द्र नेपाललाई पौल हेरिस फेल्लोले सम्मानित गरिएको थियो ।
कार्यक्रममा एसिस्टेन्ट गर्भनर आमोद आचार्य, डिस्ट्रिट सचिव प्रभात योन्जन, मेचीनगर नगरपालिकाका प्रमुख रोटरियन विमल आचार्य, मेचीनगर वडा नम्बर ४ का अध्यक्ष एवम् रोटरियन नबिन बराल, रोटरी क्लब अफ भद्रपुरका पूर्व अध्यक्ष टिकाराज ढकाल, रोटरी क्लब अफ सुरुङ्गाका अध्यक्ष शुशिलकुमार श्रेष्ठ, रोटरी क्लब अफ बिर्तामोडका अध्यक्ष नविन घटानी, रोटरी क्लब अफ मेचीनगरका अध्यक्ष कपिल क्षेत्री लगायतको उपस्थिति रहेको थियो ।
क्लबले आफ्नो १२ औं स्थापना दिवसको उपलक्ष्यमा मेचीनगर–११, धाइजनको कोभिड अस्पताल (स्वास्थ्य चौकी) मा निर्माण गरेको विश्रामालय नगरपालिकालाई हस्तान्तरण गरेको थियो ।
क्लबका अध्यक्ष रोहितकुमार बुडाथोकीको सभापतित्वमा भएको कार्यक्रममा क्लबका पूर्व अध्यक्ष गोपाल तामाङले धन्यवाद र सञ्चालन सचिव उदय श्रेष्ठले गरेका थिए ।
Discussion about this post