४ माघ २०८२, आईतवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

मोरङमा देशकै पहिलो प्राविधिक विश्वविद्यालय स्थापना

फाल्गुन २०, २०७८, ४:३७ .शुक्रबार
0
0
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

बिर्तामोड, १९ फागुन । प्रदेश १ मोरङको बुढीगंगा गाउँपालिका–४ स्थित हात्तीमुडामा मनमोहन प्राविधिक विश्वविद्यालय स्थापना भएको छ ।

देशमा प्राविधिक जनशक्ति उत्पादन गर्ने र देशलाई समृद्धितर्फ अघि बढाउने उद्देश्यले प्रदेश १ सरकारले देशमै पहिलो प्राविधिक विश्व विद्यालय स्थापना गरेको हो ।

विद्यालयले यसै शैक्षिक सत्रबाट स्कूल अफ ईन्जिनियरिङ अन्तर्गत स्नातक तहको बीईईन सिभिल ईन्जिनियरिङ र बीईईन इलेक्ट्रीकल एण्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङ अन्र्तगत स्नातक तह सञ्चालन गर्ने जनाएको छ ।

बिहीबार विश्वविद्यालयले बिर्तिामोड स्थित होटल हेवनमा पत्रकार सम्मलन आयोजना गरेर विद्यालय सञ्चालनको बारेमा जानकारी गराएको हो ।

पत्रकार सम्मेलनमा विश्वविद्यालयका डिन प्रचण्डमान प्रधानले विश्वविद्यालयको आवश्यकता र औचित्यका बारेमा प्रकास पारेका थिए । उनले प्राविधिक र उत्पादनमुखी शिक्षाको अवसर सिमित भएकै कारण देश विकासमापछि परेको बताउँदै शिक्षालाई श्रमसँग र उत्पादनलाई बजारसँग जोडन सक्ने शिक्षा पद्धति आजको आवश्यकता भएकोले प्राविधिक विश्वविद्यालय स्थापना गरिएको बताए ।

सो विश्व विद्यालयमा स्कुल अफ ईन्जिनियरिङ, स्कूल अफ एप्लाईड साइन्स र स्कूल अफ मेडिसिन एण्ड एलाइड हेल्थ साइन्सेज गरी ३ वटा स्कूल सञ्चालन हुने गरी १० वर्षे कार्ययोजना बनाएर विद्यालय सञ्चालनलाई तीब्रता दिइएको छ ।

२८ वटा विभिन्न विषय अध्यापन गराउने लक्ष लिएको सो विद्यालयले सवै कार्यक्रम सञ्चालन हुँदा दुई हजार ८ सय ३१ जना विद्यार्थी लाभान्वित हुने डिन प्रधानले बताए । १० वर्षमा स्नातक तह, स्नातकोत्तर र विद्यावारधी सम्मको अध्ययन यसै विद्यालयबाट पाइने भएकोले प्राविधिक उच्च शिक्षाको लागि प्रदेश बाहिर जानु पर्ने बाध्यताको अव अन्त्य हुने उनको भनाइ छ ।

विद्यालयले पहिलो पाँच वर्षमा स्कूल अफ ईन्जिनियरिङतर्फ सिभिल ईन्जिनियरिङ, आर्टिटेक्चर ईन्जिनियरिङ, ईलेक्ट्रीकल एण्ड इलेक्ट्रो निक्स ईन्जिनियरिङ, कम्युटर सूचना प्रविधि, बीइ कार्यक्रमका साथै एमएससी ईन स्ट्रक्चर, एमएससी ईन पावर सिस्टम ईन्जिनियरिङ गरी ४ वटा स्नातक र २ वटा स्नातकोत्तर विषयहरु सञ्चालन गर्ने जनाएको छ ।

दोस्रो पाँच वर्ष २०८३ देखि २०८७ सम्ममा स्कुल अफ ईन्जिनियरिङतर्फ ब्याचलर ईन बायोमेडिकल, बीइइन मेकानिकल वा अटोमोबाइल, स्नाकोत्तर तहमा ट्रान्सपोर्टेसन वा टनेल, ईलेक्ट्रोनिक्स एण्ड कम्युनिकेसन ईन्जिनियरिङ विषयमा र विद्यावारिधीतर्फ स्ट्रक्चरल ईन्जिनियरिङ र ट्रान्सपोर्टेसन ईन्जिनियरिङ, ईलेक्ट्रीकल ईन्जिनियरिङ सञ्चालन गर्ने लक्ष राखेको छ ।

नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष केशव भट्टराईको सभापतित्व रहेको कार्यक्रममा उपाध्यक्ष भट्टराईले प्राविधिक विश्वविद्यालय प्रदेश १ मा स्थापना हुनु झापावासी र सिंगो प्रदेश १ का लागि गौरवको विषय भएको बताए । उनले प्राविधिक शिक्षा पढ्न चाहने विपन्न समुदायलाई प्राथमिकतामा राखेर छुटको सुविधा दिन सुझाएका थिए ।

सो अवसरमा विश्वविद्यालयका कानुनी सल्लाहकार कोषराज न्यौपानेले दुई वर्षअघि निर्माण सम्पन्न भएको विश्व विद्यालयले आवश्यक निर्देशिका र नियमावली बनाइसकेको र आगामी बैशाखको दोस्रो सातादेखि कक्षा सञ्चालन हुने बताए । विद्यालयले भर्ना खुला गरिसकेको जनाएको छ । सो विश्वविद्यालयलाई देशमै सबैभन्दा कम शुल्कमा गुणस्तरीय प्राविधिक शिक्षा दिने एक भरपर्दाे शिक्षालयको रुपमा विकास गरिने उनको भनाई थियो ।

सो विद्यालयमा भर्ना हुन मान्यता प्राप्त शिक्षण संस्थाबाट भौतिक विज्ञान वा जिव विज्ञान विषयमा प्रविणता प्रमाणपत्र तह, उच्च माध्यमिक तह, ए लेभल वा इन्जिनियरीङ डिप्लोमा तह वा सो सरहको परीक्षामा कूल पूर्णङ्कको कम्तीमा ४५ प्रतिशत अंक प्राप्तगरी फिजिक्स, केमेस्ट्री र गणितमा कम्तीमा ५० प्रतिशत ल्याई उत्तीर्ण भएको हुनुपर्ने विश्व विद्यालयका कार्यक्रम संयोजक दिपनारायण ढंगोलले बताए ।

विश्वविद्यालयलाई १० वर्षमा दक्षिण एसियामै नमूना विद्यालयको रुपमा विकास गरिने लेखा अधिकृत सुजन भूर्तेलको भनाई छ । कार्यक्रमको सञ्चालन पत्रकार गणेश लम्सालले गरेका थिए ।

पछिल्लो समाचार

सूर्योदय माविमा फुड फेस्टिवल

अघिल्लो समाचार

प्रेस चौतारी प्रदेश १ को अध्यक्षमा अविजाल

Related Posts

झापा–१ मा पाँच पार्टीका ५ जना उम्मेदवार तय
banner

झापा–१ मा पाँच पार्टीका ५ जना उम्मेदवार तय

माघ ४, २०८२, २:१९ .आइतवार
झापा–१ बाट एमालेका रामचन्द्र उप्रेती उम्मेदवार
banner -1

झापा–१ बाट एमालेका रामचन्द्र उप्रेती उम्मेदवार

माघ ४, २०८२, १:१० .आइतवार
झापा-१ काे निर्वाचन अधिकृतकाे कार्यालय मेचीनगरमा स्थापना
banner -2

झापा-१ काे निर्वाचन अधिकृतकाे कार्यालय मेचीनगरमा स्थापना

माघ २, २०८२, ९:०२ .शुक्रबार
बिर्तामोडमा माघ ३ र ४ गते सुपर सिक्स क्रिकेट
box -3

बिर्तामोडमा माघ ३ र ४ गते सुपर सिक्स क्रिकेट

माघ १, २०८२, ११:२९ .बिहिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.