६ जेष्ठ २०८२, सोमबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

डाउन टाउनद्वारा नेपाली विद्यार्थीलाई ५ करोडको छात्रवृत्ति

साउन ३, २०७९, ६:५५ .मङ्लबार
0
0
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

झापा, ३ साउन । भारतको आसाम डाउन टाउन युनिभर्सिटीले नेपाली विद्यार्थीका लागि यो वर्ष विद्यार्थी भर्नामा पाँच करोड भारुको छात्रवृत्रि उपलब्ध गराउने घोषणा गरेको छ ।

युनिभर्सिटीका नेपाल कोअर्डिनेटर एवम् नेपाल साझेदार संस्था लक्ष्मी एजुकेसन कन्सल्टेन्सीका प्रबन्ध निर्देशक शंकर भट्टराईले आज विर्तामोडको तामा होटलमा पत्रकार सम्मेलन गरी उक्त जानकारी दिए ।

‘यति ठूलो स्कलरशिप योजना पहिलोपल्ट नेपाली विद्यार्थीका लागि आएको छ,’ भट्टराईले भने–‘गुणस्तरीय शिक्षा आर्जन गर्न चाहने नेपालीहरुका लागि यसबाट फाइदा लिन हामी अनुरोध गर्दछौं ।’

प्लस टु, डिप्लोमा, स्नातक, स्नातकोत्तर र विद्यावारिधि तहका विद्यार्थीले यो छात्रवृत्तिमा पढ्न पाउने उनले बताए ।
कम्तीमा एक सय जना विद्यार्थीले यो छात्रवृत्रिबाट लाभ पाउने बताइएको छ ।

छात्रवृत्ति पाउनका लागि यही साउन ११ गतेभित्र अनलाइनमा उपलब्ध निःशुल्क आवेदन भरेर युनिभर्सिटीमा पठाउनु पर्ने र साउन १३ गते हुने अनलाइन कमन टेस्टमा सहभागी बन्नु पर्ने भट्टराईले जानकारी दिए ।

टेस्टको प्राप्तांकका आधारमा छात्रवृत्ति पाउने विद्यार्थीको नाम सार्वजनिक गरिने र फस्ट कम फस्ट सर्भिसको आधारमा भर्ना लिइने उनको भनाई छ ।

स्नातक तहको कुनै पनि फ्याकल्टीमा एउटा लेभल पढ्नका लागि पाँचदेखि ७ लाख भारु लाग्नेमा यो स्कलरशिप पाएमा कुनै पढाई शुल्क नलाग्ने उनले बताए ।

शतप्रतिशत छात्रवृत्ति पाउनेले कुनै पढाई शुल्क बुझाउनु नपर्ने भए तापनि पचास प्रतिशत मात्र छात्रवृत्ति पाउनेले पढाई शुल्कको आधा रकम बुझाउनु पर्नेछ ।

स्कलरशिपको अवसर पाउने विद्यार्थीहरुले धरौटी शुल्क वापत दश हजार भारु र प्रोसेसिङ शुल्क वापत दश हजार भारु बुझाउनु पर्ने बताइएको छ । धरौटी शुल्क तह उत्तीर्ण भए पश्चात फिर्ता हुने व्यवस्था छ । तर, स्कलरशिपको आवेदन बुझाउँदा र टेस्टमा सहभागी हुँदा कुनै शुल्क नलाग्ने उनले बताए ।

विद्यार्थीको होस्टेल शुल्क भने स्कलरशिपमा समावेश छैन । विद्यार्थीले युनिभर्सिटीको होस्टेल वा पेइङ गेस्ट (पीजी) शुल्क आफै तिर्नुपर्ने छ ।

नेपालकै जस्तो हावापानी, भूगोल र संस्कृति भएको आसामको राजधानी गुवाहाटीमा यो युनिभर्सिटी रहेको छ । सन् २०१० मा वरिष्ठ डा. एनएन दत्ताले च्यारिटी ट्रस्ट स्थापना गरी युनिभर्सिटी सञ्चालन गरेका हुन् ।

आठ हजार भन्दा बढी विद्यार्थी अध्ययनरत् यो शिक्षण प्रतिष्ठान पूर्वोत्तर भारतको सबैभन्दा ठूलो विश्वविद्यालय हो । जहाँ भारत, भूटान, बंगलादेश लगायतका मुलुकबाट पढ्नका लागि विद्यार्थी आउने गर्छन् । हालसम्म ५०० भन्दा बढी विद्यार्थीले त्यहाँ अध्यययन पूरा गरिसकेको बताइएको छ ।

दुई सय पचास फ्याकल्टीमा ६० वटा प्रोग्राम सञ्चालन भइरहेको युनिभर्सिटीमा एसईईपछिको मेडिकल साइन्ससँग सम्बन्धित तीन वर्षे डिप्लोमा, प्लस टुपछिको मेडिकल (पारामेडिकल, नर्सिङ, फार्मेसी आदि), इन्जिनियरिङ, आईटी, मानविकी, वाणिज्य लगायतका विषयमा विद्यावारिधि तहसम्मको पठनपाठन हुँदै आएको छ ।

‘नेपालबाट आउजाउ गर्न समेत काठमाडौं जत्तिकै नजिक (५०० किमि) भएको हुँदा आसाम डाउन टाउन युनिभर्सिटी नेपाली विद्यार्थीको रोजाइ बन्ने गरेको छ,’ भट्टराईले भने–‘गुवाहाटीमा नेपाली भाषी समुदायको बाक्लो बसोबास र अन्तरघुलन छ । जसका कारण त्यहाँ नेपालीले आफ्नै देशको जस्तो सामाजिक तथा सुरक्षित वातावरणको अनुभूति गर्न पाउँछन् ।’

आसाम डाउन टाउन युनिभर्सिटीमा अध्ययन गर्नेहरुले नेपालको त्रिभुवन विश्वविद्यालय र सीटीइभीटीबाट समकक्षता प्राप्त गर्ने उनको भनाई छ ।

स्थापनाकालदेखि नै नेपाल पार्टनरको रुपमा लक्ष्मी एजुकेसनले युनिभर्सिटीसँग सहकार्य गर्दै आएको जनाउँदै भट्टराईले विद्यार्थीलाई लैजाने मात्र नभएर उनीहरुलाई विश्वस्तरीय शिक्षा प्रदान गरेर रोजगारमा पहुँच दिलाउने र सामाजिक उत्तरदायित्वका कार्य गर्दै आएको बताए ।

नेपालमा पछिल्लो महाभूकम्पका बेला ४० जना विद्यार्थीलाई निःशुल्क रुपमा युनिभर्सिटीमा अध्ययनको अवसर दिलाएको र सन् २०१७ मा काठमाडौंमा रोजगार मेलाको आयोजना गरी ३५० भन्दा बढीलाई रोजगार दिलाएको उनले जानकारी दिए ।

पछिल्लो समाचार

स्वास्थ्य बीमा कार्यक्रम रोकिएको छैन : ओमसाइ

अघिल्लो समाचार

छिनछिनमा बिजुली गएपछि एमालेले घेर्यो प्राधिकरण

Related Posts

वडाले बाढ्यो किसानलाई कृषि औजार
banner -1

वडाले बाढ्यो किसानलाई कृषि औजार

जेष्ठ ६, २०८२, ७:२७ .सोमवार
मेचीनगरमा धमाधम बाढिदैँ ‘सहिद वीरेन छात्रवृति’ रकम
banner

मेचीनगरमा धमाधम बाढिदैँ ‘सहिद वीरेन छात्रवृति’ रकम

जेष्ठ ६, २०८२, ६:३६ .सोमवार
लैङ्गीक हिंसा अन्त्य गर्न समुदायसँग जोडिदै मेचीनगर
banner -2

लैङ्गीक हिंसा अन्त्य गर्न समुदायसँग जोडिदै मेचीनगर

जेष्ठ ५, २०८२, ७:१६ .आइतवार
शर्माले सगरमाथा बेसक्याम्पमा मन्त्रीहरु बोलाएर गरे छलफल
banner -1

शर्माले सगरमाथा बेसक्याम्पमा मन्त्रीहरु बोलाएर गरे छलफल

जेष्ठ ४, २०८२, ५:३९ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.