२८ कार्तिक २०८२, शुक्रबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

च्याउमा आत्मनिर्भर बन्दै झापा

साउन २४, २०७९, ४:२९ .मङ्लबार
0
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, २४ साउन । कनकाई नगरपालिका–६ का किसान दधिराम न्यौपाने च्याउ खेतीबाट हुने आम्दानीबाट सन्तुष्ट छन् । उनले च्याउका झुप्पा बेचेरै वार्षिक ६ लाख मुनाफा आर्जन गर्दै आएका छन् ।

एघार बर्षअघि आफूसँग भएको रु पाँच हजार र श्रीमतीले महिला समूहबाट ऋण लिएको २५ हजार लगानी गरेर.बनाएको एउटा टहराबाट उनले च्याउ खेती सुरु गरेका थिए ।

एउटा टहरामा ४५० पोका च्याउले आम्दानी दिन सुरु गरेसँगै उनमा च्याउ खेतीप्रतिको उत्साह बढ्यो । थप डेढ विगाहा जमिन लिजमा लिएर १० वटा टहरामा व्यावसायिक खेती गरे । उनले हाल १० वटा टहरामा सात हजार पोका च्याउको व्यावसायिक खेती गरिरहेका छन् ।

दधिराम जस्तै झापाका दुई दर्जनभन्दा बढी किसान च्याउको व्यावसायिक खेतीमा रमाइरहेका छन् । जसका कारण पछिल्लो समय झापा च्याउमा आत्मनिर्भर भएको छ । जिल्लामा वार्षिक तीन सय मेट्रिक टन च्याउ उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ ।

एक दशक अघिसम्म सीमित फार्ममा पाइने च्याउ अहिले गाउँ गाउँमा व्यावसायिक रुपमा उत्पादन हुँदै आएको छ । दुई सय मेट्रिक टन च्याउ झापामा खपत हुने गरेको र अरु जिल्ला बाहिरका बजारहरुमा विक्री हुँदै आएको छ । जिल्लामा च्याउ खेती गर्ने सयौं किसानले यसबाट रोजगारीको अवसर पाएका छन् ।

झापामा कन्ये, गोब्रे लगायतका च्याउ खेती हुँदै आएको छ । विगतमा भारतबाट च्याउको विजन ल्याएर खेती गदैै आएका किसानले हाल विर्तामोडको पाथीभरा च्याउ उद्योगमा उत्पादित च्याउको बीउ प्रयोग गरिरहेका छन् ।

झापामा करिब २५ बर्ष अघि कनकाई नगरपालिकाका गोपाल खत्रीले च्याउ खेती सुरुवात गरेका थिए । उनले कसम च्याउ उद्योग सञ्चालनमा ल्याएको देखेपछि अरुले पनि खेतीको सिको गरेका थिए ।

“थोरै लगानी अनि अलि बढी मिहनेत गर्दा हुँदोरहेछ”, च्याउ किसान दधिराम न्यौपाने भन्छन्, “बजारको पनि समस्या छैन आम्दानी पनि छिट्टै दिन्छ । खुशी र सन्तुष्ट छु च्याउ खेतीबाट ।” कन्ये र मिल्की ह्वाइट जातको च्याउ खेती गर्दै आएका न्यौपानेले उत्पादन गरेको कन्ये च्याउ बिर्तामोडस्थित कृषि थोक बजारमा प्रतिकेजी १६० र मिल्की ह्वाइट ३०० मा बिक्री हुँदै आएको छ ।

कृषि ज्ञान केन्द्रले किसानलाई च्याउ खेतीका लागि प्रोत्साहन गर्न आर्थिक बर्ष २०७८÷७९ मा १७ लाख ६९ हजार ४५० रकम अनुदान उपलब्ध गराएको जनाएको छ ।

जसमध्ये विर्तामोड नगरपालिकामा रहेको पाथीभरा च्याउ उद्योगले ५० प्रतिशत अनुदानमा १३ लाख ३०० प्राप्त गरेको छ । च्याउको विउ उत्पादन गर्दै आएको पाथीभराले १२ जना साना किसानलाई समेत समेटर च्याउ ब्लक विकास कार्यक्रम समेत सञ्चालन गरेको छ ।

केन्द्रका सूचना अधिकारी गणेश शिवाकोटीे एक वर्षमा १८ जना किसानले च्याउ खेतीमा अनुदान पाएको बताए । उनले युवा लक्षित कार्यक्रम अन्तरगत ओमशान्ति क्वालिटी च्याउ उद्योग कचनकवललाई ८७ हजार, रीता च्याउ उद्योग दमकलाई ८४ हजार ६८०, प्रतिक च्याउ उद्योग अर्जुनधारालाई ८५ हजार २००, शान्ति च्याउ उद्योग गौरादहलाई एक लाख र श्रेष्ठ च्याउ उद्योग दमकलाई एक लाख अनुदान उपलब्ध गराइएको जानकारी दिए ।

उनले भने, “बजारको समस्या नहुने, घरबाटै विक्री हुने र आम्दानी पनि छिटो दिने भएकाले किसानको आकर्षण पछिल्लो समय बढ्दै गएको छ ।” प्रोटिनयुक्त च्याउ सबै उमेरका उपभोक्ताका लागि रुचिकर हुने गरेको छ । एकपटक खेती गरेको च्याउले तीन पटकसम्म राम्रो उत्पादन दिने र श्रमिक पनि कम लाग्ने हुँदा किसानले च्याउ खेती रोज्ने गरेको छन् ।

झापाको विर्तामोडमा उत्पादित च्याउको विजनले प्रदेश नं. १ को झापा, मोरङ, सुनसरी, इलामसहित पोखरा र काठमाडौंमा समेत बजार पाउने गरेको छ ।

पाथीभरा च्याउ उद्योगका सञ्चालक राम खत्रीले दैनिक २७ हजारको च्याउको विउ उत्पादन गर्दै आएको बताए । उद्योगको ल्याबमा दुई जना प्राविधिकसँगै अन्य १२ जना कर्मचारीले प्रत्यक्ष रोजगारी पाएका छन् ।

च्याउ खेतीको महत्व च्याउमा हाम्रो शरीरलाई आवश्यक पर्ने प्रोटिन, कार्बोहाइबे्रट, चिल्लो पदार्थ, भिटामिन र पानी प्रशस्त मात्रमा पाइन्छ । च्याउमा हाम्रो शरीरलाई आवश्यक पर्ने नौ वटै अमिनो एसिड पाइन्छ । च्याउले क्यान्सर, मुटुरोग जस्ता रोगहरु लाग्नवाट बचाउँछ भने यसमा माछा, मासुभन्दा बढी पौष्टिकता पाइन्छ ।

पछिल्लो समाचार

निलम्बन फिर्ता गर्न महासंघलाई चौतारीको चेतावनी

अघिल्लो समाचार

बिर्तामोडलाई अभियानको सुझाव–‘दुर्गन्ध फैलिसक्यो, फोहोरमैला उठाऊ’

Related Posts

ज्यामिरगढीमा असाेज ३ गतेदेखि ´त्रिवेणी च्यालेञ्ज कप` 
banner -1

स्थगित ´त्रिवेणी च्यालेञ्ज कप` मंसिर १० गतेदेखि

कार्तिक २७, २०८२, १२:५२ .बिहिबार
मेचीनगरमा लैङ्गिक हिंसा विरूद्वकाे क्षमता अभिवृद्धि कार्यक्रम
banner -2

मेचीनगरमा लैङ्गिक हिंसा विरूद्वकाे क्षमता अभिवृद्धि कार्यक्रम

कार्तिक २६, २०८२, ११:३१ .बुधबार
पुलिसलाई झापा महिला गोल्डकपको उपाधि
banner -1

पुलिसलाई झापा महिला गोल्डकपको उपाधि

कार्तिक २४, २०८२, २:२२ .सोमवार
जन दवावका लागि भाेलि एमाले मेचीनगरकाे माेटरसाइकल र्याली
banner -2

जन दवावका लागि भाेलि एमाले मेचीनगरकाे माेटरसाइकल र्याली

कार्तिक २४, २०८२, ११:४३ .सोमवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.