२१ मंसिर २०८२, आईतवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

फोहोरमैला व्यवस्थापन गर्न जनप्रतिनिधिलाई हैरान

भदौ १, २०७९, १२:१० .बुधबार
0
0
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

झापा, १ भदौ । फोहोरको दिर्घकालिन समाधान खोज्न झापाका स्थानीय पालिका प्रमुख, उपप्रमुखहरु छलफलमा जुट्न थालेका छन् ।

मंगलबार फोहोरकै विषयमा मेचीनगर, बिर्तामोड र कन्काई नगरपालिकाका प्रमुख तथा उपप्रमुखहरुबीच छलफल भएको हो ।

फोहोर व्यवस्थापन सबैको टाउको दुखाइको विषय बनिरहेको समयमा स्थानीय सरकार प्रमुख उपप्रमुखहरुले बजारबाट संकलन गरेको फोहोरबाट मोहोर बनाउन सकिने सामूहिक निष्कर्श निकालेका छन् ।

कन्काई नगरपालिका–२ स्थित कन्काई बिर्ता अर्जुन नविकरणिय बैकल्पिक उर्जा तथा फोहोरमैला व्यवस्थापन कम्पनीको सभाकक्षमा भएको छलफलमा गल्ने फोहोरबाट ग्यास उत्पादन गर्न सकिने् र देशका विभिन्न भागमा गल्ने फोहोरबाट ग्यास उत्पादन गर्ने काम धमाधम भइरहेको समेत उदारहण प्रस्तुत गरेका थिए ।

छलफलमा कन्काई विर्ता अर्जुन नविकरणिय बैकल्पिक उर्जा तथा फोहोरमैला व्यवस्थापन कम्पनीको निर्माण कार्य अन्तिम चरणमा पुगेको र अब केहि महिनाभित्र सञ्चालनमा आउने कन्काई नगरपालिका प्रमुख राजेन्द्रप्रसाद पोखरेलले बताए ।

उनले छिमेकी पालिकाहरूसँग मिलेर संयुक्त फोहोर प्रशोधन केन्द्र निर्माण गर्ने योजना अघि सारिएको भन्दैं मेचीनगर र भद्रपुर नगरपालिकालाई समेत यो आयोजनामा लगानी गर्न प्रस्ताव गरे । अहिले झापाका अधिकाँश पालिकाहरुले राजमार्ग तथा खोला नदीका छेउमा अस्थायी रूपमा फोहोर तह लगाउने गरेको भन्दैं यसको स्थानीयले विरोध गर्दै आएकाछन् ।

‘नदी र जंगलको विचमा फोहोर फालेर यो समस्याको दिगो समाधान हुँदैन’ मेचीनगर नगरपालिका प्रमुख गोपालचन्द्र बुढाथोकीले भने—‘जबसम्म स्थानीयलाई फोहोरमा मोहोर छ भन्ने बुझाउन सकिँदैन, स्थानीयमा आफै स्वतस्फूतरुपमा चेतना आउदैंन, तबसम्म यो समस्या चुनौतीपूर्ण भइरहन्छ ।’

नकुहिने खालको प्लाष्टिक र सिसा भएका वस्तु वर्गीकरण गर्नुपर्नेमा जोड दिदैं मेचीनगर नगरपालिका उपप्रमुख मीना पोखरेल उप्रेतीले स्थानीय सरकारले कुहिने र नकुहिने गरि छुट्याउने बानी स्थानीयमा बसाल्न सके मात्रै पनि आधाभन्दा बढी फोहोर घरमै तह लाग्ने बताइन् ।

जताभावी वा सार्वजनिक स्थलमा फोहोर फयाक्नेलाई दण्ड जरिवाना र फोहोरको वर्गीकरण गरेर राखेमात्र सम्बन्धित पालिकाको फोहोर संकलन गर्ने सवारी साधनले फोहोर उठाउने गरे पनि यो समस्या थोरै समाधान हुने विर्तामोड नगरपालिका प्रमुख पवित्रा महतरा प्रसाईको भनाई छ ।

उर्जाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । २ देखि ३ महिनाभित्रमा उर्जा सञ्चालनमा आउने बताइएको छ । कम्पनीलाई विश्व बैँकको बैकल्पिक उर्जा प्रबन्धन केन्द्र नेपालको ५ करोड ४८ लाख सहयोग रहेको छ ।

यस्तै कन्काई, बिर्तामोड र अर्जुनधारा नगरपालिकाले ५०÷५० लाख लगानी गरेका छन् । १८ करोड रुपैयाको लागतमा निर्माण हुने सो परियोजना निर्माणका लागि कम्पनीले ५७ कठ्ठा जग्गा खरिद गरेको छ भने ५४ लाख रुपैयाको लागतमा सन्का खोलामा बाँध बाँधेको छ ।

पछिल्लो समाचार

डी कौडिन्य पत्रकारिता पुरस्कार : शर्मा, राजु र झापालीलाई

अघिल्लो समाचार

इनरह्वील क्लब बिर्तामोडको पद हस्तान्तरण

Related Posts

भलिबल प्रशिक्षक कुमार राई एक लाखसहित सम्मानित
banner -1

भलिबल प्रशिक्षक कुमार राई एक लाखसहित सम्मानित

मंसिर २०, २०८२, १२:२० .शनिबार
पत्रकार काजी, उत्कृष्ट गृहिणी र जैविक कृषक समूह पुरस्कृत
banner

पत्रकार काजी, उत्कृष्ट गृहिणी र जैविक कृषक समूह पुरस्कृत

मंसिर २०, २०८२, ११:५४ .शनिबार
बानियाँ प्रतिष्ठानको वक्तृत्वकलामा धुलाबारी माविकी जयन्ती प्रथम
अर्थ

बानियाँ प्रतिष्ठानको वक्तृत्वकलामा धुलाबारी माविकी जयन्ती प्रथम

मंसिर १९, २०८२, ३:१७ .शुक्रबार
जेनजी आन्दोलनले व्यवसायीको मनोदशा कमजोर : उपाध्यक्ष ढकाल
banner -2

जेनजी आन्दोलनले व्यवसायीको मनोदशा कमजोर : उपाध्यक्ष ढकाल

मंसिर १९, २०८२, २:३९ .शुक्रबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.