१४ आश्विन २०८०, आईतवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

फोहोरमैला व्यवस्थापन गर्न जनप्रतिनिधिलाई हैरान

भदौ १, २०७९, ५:५५ .बुधबार
0
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

झापा, १ भदौ । फोहोरको दिर्घकालिन समाधान खोज्न झापाका स्थानीय पालिका प्रमुख, उपप्रमुखहरु छलफलमा जुट्न थालेका छन् ।

मंगलबार फोहोरकै विषयमा मेचीनगर, बिर्तामोड र कन्काई नगरपालिकाका प्रमुख तथा उपप्रमुखहरुबीच छलफल भएको हो ।

फोहोर व्यवस्थापन सबैको टाउको दुखाइको विषय बनिरहेको समयमा स्थानीय सरकार प्रमुख उपप्रमुखहरुले बजारबाट संकलन गरेको फोहोरबाट मोहोर बनाउन सकिने सामूहिक निष्कर्श निकालेका छन् ।

कन्काई नगरपालिका–२ स्थित कन्काई बिर्ता अर्जुन नविकरणिय बैकल्पिक उर्जा तथा फोहोरमैला व्यवस्थापन कम्पनीको सभाकक्षमा भएको छलफलमा गल्ने फोहोरबाट ग्यास उत्पादन गर्न सकिने् र देशका विभिन्न भागमा गल्ने फोहोरबाट ग्यास उत्पादन गर्ने काम धमाधम भइरहेको समेत उदारहण प्रस्तुत गरेका थिए ।

छलफलमा कन्काई विर्ता अर्जुन नविकरणिय बैकल्पिक उर्जा तथा फोहोरमैला व्यवस्थापन कम्पनीको निर्माण कार्य अन्तिम चरणमा पुगेको र अब केहि महिनाभित्र सञ्चालनमा आउने कन्काई नगरपालिका प्रमुख राजेन्द्रप्रसाद पोखरेलले बताए ।

उनले छिमेकी पालिकाहरूसँग मिलेर संयुक्त फोहोर प्रशोधन केन्द्र निर्माण गर्ने योजना अघि सारिएको भन्दैं मेचीनगर र भद्रपुर नगरपालिकालाई समेत यो आयोजनामा लगानी गर्न प्रस्ताव गरे । अहिले झापाका अधिकाँश पालिकाहरुले राजमार्ग तथा खोला नदीका छेउमा अस्थायी रूपमा फोहोर तह लगाउने गरेको भन्दैं यसको स्थानीयले विरोध गर्दै आएकाछन् ।

‘नदी र जंगलको विचमा फोहोर फालेर यो समस्याको दिगो समाधान हुँदैन’ मेचीनगर नगरपालिका प्रमुख गोपालचन्द्र बुढाथोकीले भने—‘जबसम्म स्थानीयलाई फोहोरमा मोहोर छ भन्ने बुझाउन सकिँदैन, स्थानीयमा आफै स्वतस्फूतरुपमा चेतना आउदैंन, तबसम्म यो समस्या चुनौतीपूर्ण भइरहन्छ ।’

नकुहिने खालको प्लाष्टिक र सिसा भएका वस्तु वर्गीकरण गर्नुपर्नेमा जोड दिदैं मेचीनगर नगरपालिका उपप्रमुख मीना पोखरेल उप्रेतीले स्थानीय सरकारले कुहिने र नकुहिने गरि छुट्याउने बानी स्थानीयमा बसाल्न सके मात्रै पनि आधाभन्दा बढी फोहोर घरमै तह लाग्ने बताइन् ।

जताभावी वा सार्वजनिक स्थलमा फोहोर फयाक्नेलाई दण्ड जरिवाना र फोहोरको वर्गीकरण गरेर राखेमात्र सम्बन्धित पालिकाको फोहोर संकलन गर्ने सवारी साधनले फोहोर उठाउने गरे पनि यो समस्या थोरै समाधान हुने विर्तामोड नगरपालिका प्रमुख पवित्रा महतरा प्रसाईको भनाई छ ।

उर्जाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । २ देखि ३ महिनाभित्रमा उर्जा सञ्चालनमा आउने बताइएको छ । कम्पनीलाई विश्व बैँकको बैकल्पिक उर्जा प्रबन्धन केन्द्र नेपालको ५ करोड ४८ लाख सहयोग रहेको छ ।

यस्तै कन्काई, बिर्तामोड र अर्जुनधारा नगरपालिकाले ५०÷५० लाख लगानी गरेका छन् । १८ करोड रुपैयाको लागतमा निर्माण हुने सो परियोजना निर्माणका लागि कम्पनीले ५७ कठ्ठा जग्गा खरिद गरेको छ भने ५४ लाख रुपैयाको लागतमा सन्का खोलामा बाँध बाँधेको छ ।

पछिल्लो समाचार

डी कौडिन्य पत्रकारिता पुरस्कार : शर्मा, राजु र झापालीलाई

अघिल्लो समाचार

इनरह्वील क्लब बिर्तामोडको पद हस्तान्तरण

Related Posts

पूर्वी नाकामा सम्भावना भन्दा चुनौती धेरै : एआईजी भण्डारी
banner -1

पूर्वी नाकामा सम्भावना भन्दा चुनौती धेरै : एआईजी भण्डारी

अशोज १४, २०८०, ६:५१ .आइतवार
फेरि बढ्यो पेट्रोल र एलपी ग्यासको मूल्य
banner -2

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता

अशोज १४, २०८०, ५:३० .आइतवार
नेपालमा कम्युनिष्ट बाहेक कसैले देश हाक्न सक्दैन : नेपाल
banner

नेपालमा कम्युनिष्ट बाहेक कसैले देश हाक्न सक्दैन : नेपाल

अशोज १४, २०८०, ५:१२ .आइतवार
फेरि बढ्यो पेट्रोल र एलपी ग्यासको मूल्य
banner -1

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

अशोज १४, २०८०, ७:१३ .आइतवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In