८ जेष्ठ २०८२, बुधबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

हात्ती : समस्या र दृष्टिकोण

अशोज २२, २०७९, ९:३३ .शनिबार
0
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

‘निम्न आयका कारण ठुला आवाशीय संरचना बनाउन नसक्ने परिवार र वन जंगलको आसपासमा खेती गर्ने किसानका लागि ठुलो समस्या छ ।’

सन २००३ को सेप्टेम्वरमा श्रीलकांमा भएको मानव हात्ती सम्बन्ध तथा द्धन्द नामक ३ दिने कार्यक्रममा भारतका एक संरक्षणकर्मीले आफ्नो प्रस्तुतिमा वाग्मती नदी किनारमा स्थापना गरिएको अर्धकदको गणेशको मूर्ति देखाउँदै हात्ती संरक्षणका लागि नेपाल र भारत एक उपयुक्त देश भएको दलिल पेश गरेका थिए ।

नेपाल र भारतमा हात्तीलाई भगवान गणेशको रुपमा पुजा गर्ने चलन रहेका कारण हात्तीले धनजनको क्षति गर्दा समेत भगवान गणेशको रुपमा आस्था राख्ने मानिसहरुको ठुलै संख्या अझै हाम्रो समाजमा रहनुले यसै भनाइलाई नै समर्थन गर्दछ ।

राजा महाराजाले युद्धदेखि यातायातको साधनका रुपमा उपयोग गर्ने हात्ती आजका दिनमा पनि जंगल सफारीका रुपमा प्रयोग हुने गरेको देखिएको छ । पर्याप्त यातायातका पुर्वाधार र साधनको अभावमा तराइमा जमिन्दारहरुले समेत हात्ती पाल्ने गरेका परिवारका सदस्यहरु केही त अझै जीवितै छन ।

एक समयको आस्थाको प्रतिक, यातायात र मनोरञ्जनको साधन भएको हात्ती आज पनि सहरीया वर्गको लागि मनोरञ्जनको साधन बनेको छ भने निम्न आयका कारण ठुला आवाशीय संरचना बनाउन नसक्ने परिवार र वन जंगलको आसपासमा खेती गर्ने किसानका लागि भने ठुलो समस्याको रुपमा रहेको छ ।

झापामा मात्र हालसम्म ५० भन्दा बढीले हात्तीको आक्रमणवाट ज्यान गुमाएका छन भने धनमालको क्षतिको वास्तविक तथ्याङ्क नै प्राप्त गर्न कठिन रहेको छ । वन जंगल क्षेत्रमा निर्वाध हिडडुल र यात्रा गर्न असुरक्षा भएको छ, बालबालिका र वृद्धामा त्रासका कारण हुने मनोसामाजिक अवस्थाको त कुनै लेखाजोखा नै छैन । दिनभरी कृषि कार्यमा ब्यवस्थित रहने किसानहरु रातभर सुत्न नपाउँदा के हुने हो ? कस्तो रोगको शिकार हुनु पर्ने हो ?

आम सहरवासीलाई थाहा नहुनु अनौठो होइन । प्लस टु अध्ययन गर्ने विद्यार्थीहरु हात्तीसँग विहानै जम्काभेट हुने डरले विद्यालय जान नसक्नेदेखि ग्रामिण क्षेत्रवाट सहरमा जागिर गर्नेहरुको घर फर्कदा हुन सक्ने हात्तीसँगको जम्काभेट लगायतका अनेकन समस्याको भार वहन गर्नु परेको छ । यिनै कारणले विगत देखिको मानव हात्ती सम्बन्ध समेत द्धन्द्धमा बदलियो र सहर र गाउँको सामाजिक सम्बन्धमा समेत असर परेको छ ।

संरक्षणकर्मी र वातावरणविदका लागि भने हात्ती वसोवास गर्ने १३ देश – नेपाल, भारत, भुटान, बंगलादेश, श्रीलंका, म्यानमार, चीन, थाइल्याण्ड, मलेशिया, लाओस, कम्बोडिया, भियतनाम र इन्डोनेशियामा रहेका करिव ५५ हजार हात्ती (४० हजार एसियन र १५ हजार अफ्रिकन) पुर्वाधार (सड्क, विद्युत, सिञ्चाई) निर्माणको तिव्रताले जोखिममा रहेको चिन्ताले सताएको छ । मानव वन्यजन्तु द्धन्द बढाउनका लागि मानिसकै ब्यवहार प्रधान छ भन्ने स्थापित गर्न संरक्षणकर्ताहरु निरन्तर लागेका छन यो उनीहरुको धर्म पनि हो ।

तराईमा १९५० अघि मलेरियाको प्रकोपका कारण सवै क्षेत्र जंगल रहेको र १९५० पश्चात औलो उन्मुलन भयो र तराईमा मानव बसोवास बढ्यो जसका कारण हात्तीको बासस्थान र आहारा अभाव भएको भन्ने आशिंक रुपमा सत्य साहित्यहरु जताततै छरपस्ट पाइए पनि, झापाको पुर्वोत्तर बाहुन्डाँगीमा ३० को दशकमा हात्तीको नभइ बाघको आतकं रहेको स्थानीयहरुको वुझाइ छ । बाघ घरमा पसेर मानिसलाई आक्रमण गर्दा मानिसको ज्यान गएको र नरभक्षी वाघलाई गोली हानी मार्ने ब्यक्तिहरु अझै पाइन्छ ।

सुरुमा द्धन्द्धको तिव्रता झापाको पुर्वोत्तर साविक गाविस बाहुन्डाँगीमा सवै भन्दा वढी रहेको भएपनि अव यो समस्या झापाका अन्य पालिकाहरुमा समेत फैलदो छ । झापा जिल्लामा साँघुरिदै गएको वनक्षेत्रमा स्थाइ रुपमा हात्तीको वासस्थान नभएका कारण मानव वस्तीमा हात्तीको प्रवशे हुने र भण्डारण गरि राखेको अन्न खाने कारणले द्धन्द्ध बढेको निस्चित छ ।

अन्य स्थानमा हुने मानवहात्ती द्धन्द्ध र झापाको अवस्था धेरै मानेमा फरक छ । झापाको पुर्वोत्तर बाहुन्डाँगी भारत पश्चिम बंगाल सुकुना आरक्षको अघोषित वफर जोनको रुपमा रहेकाले यहाँका कृषक र वासिन्दाहरु मारमा परेका छन । भारतको पश्चिम बंगालवाट आउने सिजनल माइग्रेटरी हर्ड (मौशम अनुसार वसाइ सर्ने हञ्जा) का कारण विशेष गरि असारमा भित्राउने मकै र मंसिरमा भित्राउने धान जोगाउन कठिन छ । यद्यपि सन २०१५ मा बैँकको सहयोगमा प्रकृति संरक्षण कोषद्धारा निर्मित सौर्य तारवारले हन्जा हात्ती रोक्नका लागि ठुलो मद्धत गरेको भएपनि पछिल्ला दिनमा यो सोलार फेन्स पनि प्रभावहिन हुन थालेको देखिएको छ ।

संरक्षणकर्मीहरुको चिन्ता हात्ती लगायत अन्य जैविका विविधिताको क्षय हुने हो कि भन्ने भएपनि संरक्षणका लागि आवश्यक वासस्थान र आहाराको ब्यवस्थापनमा सुधार हुन सकेको छैन । संरक्षणकर्मीहरुका कुरा प्राथमिकतामा पर्ने र राज्यका नीति निर्माताहरुमा सम्म उनीहरुको पहुँच पुगेपनि संरक्षण्का आधारभुत विषय भन्दा सभा, गोष्टी र नीति निर्देशिका निर्माणमा नै उनीहरु ब्यस्त छन ।

कृषि कर्ममा वाँचेका निम्न वर्गका कथा र ब्यथाहरु राज्यका नीति निर्माताहरु कहाँ मुस्किलले मात्र पुग्छन, पुगेहाले पनि कमै कार्यान्वयन हुन्छन । जसका कारण क्रमश यि मानिसहरु कृषि पेशा परिवर्तन गर्ने र मजदुरी खोज्नका लागि भारतका विभिन्न सहरमा पुग्ने गरेका छन । राम्रै आय भएका मानिसहरु क्रमश सहरमा सर्ने गरेका छन भने कुने उपाय नभएकाहरु नियति नै सम्झी यही स्थानमा बस्नुको विकल्प छैन ।

समाधानका अनेकन उपायहरुको प्रयोग हुँदासम्म पनि यो समस्या कायमै रहनु केही मानिसहरुका लागि अचम्म लाग्न सक्छ । स्वभाविक हो यो द्धन्द्ध अन्त्य गर्न सकिदैन तर न्यूनिकरण गर्न सकिन्छ । द्धन्द्धग्रस्त क्षेत्रमा वसोवास गर्ने मानिसहरुले समेत यो बुझन जरुरी छ कि पूर्ण रुपमा यो द्धन्द्धको समाप्ती हुँदैन । मानव र हात्ती यो पृथ्वीमा रहुञ्जेल यो द्धन्द्ध कायमै रहन्छ ।

मुख्य कुरा आहारा र वासस्थान (वन जंगल) को संरक्षणका लागि जोड दिने, हात्ती खेदाउने प्रभावकारी विधि (तालिम प्राप्त र साधन सम्पन्न स्क्वाड, विद्युतीय तथा जैविक वार, वदमास प्रकृतिका हात्तीहरुलाई स्थानान्तरण) को प्रयोग गर्ने कार्यका लागि सरकारको सहयोग हुनु आवश्यक छ ।

राज्य अभिभावक हो । राज्यले यसरी नै चल्दै गर्छ भन्ने सोच राख्ने हो भने मानवहात्ती द्धन्द्ध नागरिक र राज्यको द्धन्द्धमा रुपान्तरण हुन सक्दैन भन्न सकिन्न । लोपोन्मुख वन्य वन्तु संरक्षणका लागि विद्यमान कानुनहरुको परिपालनको एकोहोरो कार्यान्वयन मात्र समस्याको समाधान होइन । दिगो विकासको लक्ष्य हासिल गर्ने प्रतिवद्धता नेपाल सरकारको पनि छ ।

यसको मुख्य विषय भनेको पिपल, प्लानेट अनि प्रोसपरटी रहेको छ । मानिस, पृथ्वी र संवृद्धि यि विषयहरुमा सरकारले सोच्न आवश्यक छ । वातावरण विनासका लागि मानिस जिम्मेवार छ । यसको संरक्षणका लागि पनि उसकै सक्रियता आवश्यक छ । पहिला मानिसको संरक्षण हुनु पर्छ । त्यसपछि मात्र पृथ्वी र यसमा रहेका अनेक खालका जीव, जन्तु र वनस्पतीको संरक्षण हुन सक्ने भन्ने हेक्का राख्नु नै समस्या समाधानको पहिलो कदम हुन सक्छ ।

मानिसनै नरहने हो भने संवृद्धि कसका लागि ? यसैले द्धन्द्ध प्रभावित क्षेत्रमा बसोवास गर्नेहरु पनि मानिस नै हुन र उनीहरुको संरक्षणले मात्र वातावरण र वन्यजन्तुको संरक्षण सम्भव हुने बुझ्न जरुरी देखिन्छ ।

।। लेखक : गोविन्द न्यौपाने ।।

पछिल्लो समाचार

निर्वाचनको दिन व्यवस्थित रुपमा बस चलाइने

अघिल्लो समाचार

झापाको मान्छे कसरी भए टुरिष्ट : अग्नी खरेल

Related Posts

दुवै आगलागी घटनामा नगरप्रमुखद्वारा दुःख व्यक्त
banner

दुवै आगलागी घटनामा नगरप्रमुखद्वारा दुःख व्यक्त

जेष्ठ ७, २०८२, ७:२६ .मङ्लबार
वडाले बाढ्यो किसानलाई कृषि औजार
banner -1

वडाले बाढ्यो किसानलाई कृषि औजार

जेष्ठ ६, २०८२, ७:२७ .सोमवार
मेचीनगरमा धमाधम बाढिदैँ ‘सहिद वीरेन छात्रवृति’ रकम
box -2

मेचीनगरमा धमाधम बाढिदैँ ‘सहिद वीरेन छात्रवृति’ रकम

जेष्ठ ६, २०८२, ६:३६ .सोमवार
लैङ्गीक हिंसा अन्त्य गर्न समुदायसँग जोडिदै मेचीनगर
banner -2

लैङ्गीक हिंसा अन्त्य गर्न समुदायसँग जोडिदै मेचीनगर

जेष्ठ ५, २०८२, ७:१६ .आइतवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.