२४ असार २०८२, मंगलवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

झापाका पालिका उपप्रमुखहरुको सञ्जाल गठन

पुस १५, २०७९, ८:११ .शुक्रबार
0
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, १५ पुस । झापाका १५ वटै पालिकाका उपप्रमुख÷उपाध्यक्षहरुको दुई दिने भेला पाँच बुँदे साझा प्रतिबद्धता जारी गर्दै विहीबार मोरङको सुन्दर हरैंचामा सम्पन्न भएको छ ।

पालिकाकोबीच सिकाइ आदानप्रदान र आफ्नो जिम्मेवारीलाई प्रभावकारी रुपमा सम्पादन गर्नका लागि टेवा पुर्याउन उद्देश्यले उपप्रमुख तथा उपाध्यक्षहरुको सञ्जाल बनाइएको हो । सञ्जालको बैठक हरेक दुई महिनामा गर्ने र विभिन्न एजेन्डामा छलफल तथा निर्णय गर्ने बताइएको छ ।

पहिलो दुई महिनाका लागि सञ्जालको संयोजकमा मेचीनगर नगरपालिकाका उपप्रमुख मीना पोखरेल उप्रेतीलाई सर्वसम्मत रुपमा चयन गरिएको छ । सञ्जालमा १५ वटै पालिकाका उपप्रमुख तथा उपाध्यक्षहरु सदस्य रहेका छन् ।

उपप्रमुखहरुमा बिर्तामोड नगरपालिकाका नगेन्द्रप्रसाद संग्रौला, कनकाई नगरपालिकाका आशा शर्मा शिवाकोटी, दमक नगरपालिकाका रेगिना भट्टराई प्रसाईं, भद्रपुर नगरपालिकाका राधा कार्की, गौरादह नगरपालिकाका जलवर्षा राजवंशी, अर्जुनधारा नगरपालिकाका खड्गमाया पराजुली र शिवसताक्षी नगरपालिकाका नरमाया कार्की रहेका छन् ।

त्यस्तै सञ्जालको सदस्य रहेका पालिका उपाध्यक्षहरुमा बुद्धशान्ति गाउँपालिकाका भवानीप्रसाद खतिवडा, कचनकवल गाउँपालिकाका नवराज भट्टराई, झापा गाउँपालिकाका अञ्जु थपलिया, कमल गाउँपालिकाका प्रमिला न्यौपाने, बाह्रदशी गाउँपालिकाका शान्तादेवी शिवाकोटी खरेल, गौरीगञ्ज गाउँपालिकाका पुजन न्यौपाने कुँवर र हल्दिवारी गाउँपालिकाका लक्ष्मी मैनाली रहेका छन् ।

पाँच बुँदे प्रतिबद्धता

१) झापा जिल्लाका उपप्रमुख÷ उपाध्यक्षहरुको सञ्जाल निर्माण गर्दै आपसमा सिकाइ आदानप्रदान प्रकृयालाई निरन्तरता दिनेछौं । सञ्जालमा आलोपालो प्रणाली अनुसार संयोजकको चयन गर्नेछौँ । बैठकको समन्वय सञ्जालको संयोजकमार्फत हुनेछ ।

२) सञ्जालको बैठकमा आएका सामुहिक अनुभव र निष्कर्षलाई आ–आफ्ना पालिकाका कार्ययोजनामा समावेश गरेर अघि बढ्नेछौं ।

३) आ–आफ्ना पालिकामा लैंगिक समानता तथा सामाजिक समावेशीकरण नीति निर्माण गरेर कार्यान्वयन गर्नेछौं, उक्त नीति बनिसकेका पालिकामा त्यसको प्रभावकारी कार्यान्वयन गर्नेछौँ । साथै, अन्य कानून, नीति, नियमावली, कार्यविधि, निर्देशिका पनि आवश्यकताका आधारमा निर्माण गर्न तदारुकताका साथ अगाडि बढ्नेछौँ ।

४) संघ सरकार, प्रदेश सरकार र आ–आफ्ना स्थानीय सरकारले बनाएका ऐन, नियम नीति, कार्यविधि र निर्देशिका गहिरो अध्ययन गर्नेछौँ, आ–आफ्ना स्थानीय सरकारका कानून, नीति र कार्यविधि उपयुक्तता र आवश्यकताका आधारमा संशोधन गरी अघि बढ्ने छौँ ।

५) योजना तथा बजेट तर्जुमा गर्दा लैंगिक उत्तरदायी बजेटको अवधारणा अनुसार तर्जुमा गर्नेछौं । हरेक बर्ष आ–आफ्ना पालिकामा लैंगिक समानता तथा सामाजिक समावेशीकरण अवस्थाको परीक्षण गरी त्यसको नतिजा सार्वजनिक गर्नेछौँ ।

सिकाइ आदनप्रदान कार्यशाला

झापाका १५ वटै पालिकाका उपप्रमुख तथा उपाध्यक्षको सहभागितामा भएको सिकाइ आदानप्रदान कार्यशालामा भोगिरहेका चुनौति, समस्या र तिनका समाधानका लागि निर्वाह गर्नुपर्ने भूमिकाका विषयमा छलफल भएको थियो ।
सहारा नेपाल, फेयरमेड र संवाद समूह झापाको सहकार्यमा कार्यशाला भएको थियो । कार्यशालाको सहजीकरण मोहन तिम्सिना, सविता पोखरेल र डा.चन्द्र तिम्सिनाले गरेका थिए ।
पालिकाको कार्यसम्पादन तथा न्यायिक समितिको काममा पालिकाहरुबीच एकरुपता ल्याउने लगायतका विषयमा छलफल भएको थियो । सिकाइ आदानप्रदान कार्यशाला प्रभावकारी भएको सहभागीले बताएका थिए । कार्यक्रममा फेयरमेडका शोभाराम भण्डारीले धन्यवाद ज्ञापन गरेका थिए ।

पछिल्लो समाचार

मागुरमाडीमा मुटु सम्बन्धी स्वास्थ्य शिविर

अघिल्लो समाचार

मैनाली समाज झापाको अध्यक्षमा श्रीप्रसाद मैनाली

Related Posts

पत्रकार भण्डारीलाई नारी सञ्चार साधना पुरस्कार
banner

पत्रकार भण्डारीलाई नारी सञ्चार साधना पुरस्कार

असार २२, २०८२, १०:३७ .आइतवार
थाइल्याण्डबाट फर्किएका खेलाडी र रेफ्रीलाई काँकरभिट्टामा स्वागत
banner -2

थाइल्याण्डबाट फर्किएका खेलाडी र रेफ्रीलाई काँकरभिट्टामा स्वागत

असार २२, २०८२, १०:०६ .आइतवार
काँकरभिट्टा खानेपानी अब डिजिटल स्मार्ट खानेपानी बन्दै
banner -1

काँकरभिट्टा खानेपानी अब डिजिटल स्मार्ट खानेपानी बन्दै

असार २२, २०८२, ८:०१ .आइतवार
मेचीनगर लेडी जेसीजको ‘जेसीज सप्ताह’ समापन
अर्थ

मेचीनगर लेडी जेसीजको ‘जेसीज सप्ताह’ समापन

असार २१, २०८२, ८:३२ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.