११ जेष्ठ २०८३, सोमबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

२८ करोडमा बनेको होल्डिङ सेन्टर प्रयोगविहीन

पुस २३, २०७९, ८:५१ .शनिबार
0
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, २३ पुस । एक हजार जना कोरोना संक्रमितलाई एकैपटकमा आवासीय सेवा दिने क्षमताको होल्डिङ सेन्टर मेचीनगर नगरपालिका–१४ मा निर्माण भएको आठ महिना बितिसक्यो ।

सरकारले यसलाई सञ्चालनमा ल्याउन नसक्दा राज्यको ठूलो लगानी प्रयोगविहीन बनेको छ । कोभिड–१९ को विश्वव्यापी महामारी फैलिएपछि सरकारले सातै प्रदेश र उपत्यकामा सुविधा सम्पन्न होल्डिङ सेन्टर निर्माण गरेको थियो । मेचीनगरमा निर्माण भएको सो संरचना प्रदेश स्तरीय हो ।

२०७८ को असारतिर सरकारले ठेक्का दिएपछि नेपाली सेनाको अनुगमनमा नौ महिनामै होल्डिङ सेन्टरका भौतिक संरचना तयार भएका थिए । पूर्वीनाका काँकरभिट्टाबाट प्रवेश गर्ने सम्भावित कोभिड संक्रमितलाई राख्न भनेर निर्माण गरिएको यसमा २८ करोड लगानी भएको छ ।

नेपालमा कोभिड–१९ को नयाँ लहर आउने त्रास छ । पहिलो लहर टरिसकेपछि दोस्रो लहरका बेला यो होल्डिङ सेन्टरको अवधारणा आएको हो । काँकरभिट्टा लगायत देशका प्रमुख नाकाबाट दिनहुँ हजारौंको संख्यामा भित्रिने नेपाली र विदेशीलाई कोभिड संक्रमण भएको शंका लागेमा कहाँ लगेर राख्ने र परीक्षणको प्रक्रिया अपनाउने भन्ने विषयमा विज्ञहरुको सल्लाह बमोजिम सरकारले मेचीनगर–१४ दुहागढी स्थित हँडिया खोलाको किनारमा यो संरचना बनाएको नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले बताएका छन् ।

‘होल्डिङ सेन्टर बनाउने सम्झौता हुँदा नेपाली सेनाले अनुगमन गर्ने भन्ने निर्णय भएको थियो, तर कसले सञ्चालन गर्ने निधो गरिएको थिएन’, अध्यक्ष ढकालले भने–‘अहिले संरचना बनिइसक्यो । कसलाई हस्तान्तरण गर्ने भन्ने अन्योल कायमै छ ।’

उनले नेपाली सेनाको अनुगमनमा होल्डिङ सेन्टरका सबै संरचना राम्रो बनेको र अब स्थानीय तहको सरकार वा प्रदेश सरकारमध्ये कुनै एउटालाई सञ्चालनको जिम्मेवारी दिनुपर्ने धारणा व्यक्त गरे ।

करोडौं लगानी गरेर बनाइसकेपछि त्यसको उपयोग गर्ने बारेमा सरकारको ढिलाई देखेर नागरिक समाज रुष्ट छ । ‘कोरोनाको नयाँ लहरले चीन र भारतमा खतराको घण्टी बजाइसक्यो, यता होल्डिङ सेन्टर सञ्चालनको कुनै तयारी छैन’–नागरिक अगुवा गोविन्द न्यौपानेले भने ।

उनले कोभिड महामारीका लागि बनेको भए पनि सँधैभरि त्यस्तो महामारी नरहने भएकाले यतिठूलो भौतिक संरचनालाई अरु महत्वपूर्ण कार्यमा उपयोग गर्न सकिनेतर्फ समेत सोच्न आवश्यक रहेको बताए ।

‘प्ररदेशस्तरीय सुधारगृह बनाउने भन्ने पनि मैले चर्चा सुनेको थिएँ, लागू औषधका प्रयोगकर्तालाई सुधार गर्नका लागि यसको उपयोग गर्न उपयुक्त हुन्छ कि हुँदैन भन्ने कुनै अध्यययन भएको चाहिँ थाहा छैन’–न्यौपानेले भने ।

कोरोना मात्र नभएर अरु कुनै पनि संक्रामक महामारी फैलिएमा जोखिम न्यूनीकरण र विपत् व्यवस्थापनमा सरकार तयारी हालतमा रहनु पर्ने जनाउँदै उनले मेचीनगरमा बनेको होल्डिङ सेन्टर कसरी र कसले सञ्चालन गर्ने भन्ने विषयमा सरकार छिटो निर्णयमा पुग्नुपर्ने धारणा व्यक्त गरे ।

सहायक प्रमुख जिल्ला अधिकारी विश्वराज नेपालले होल्डिङ सेन्टर सञ्चालनको आवश्यक गृहकार्य भइरहेको बताए । ‘बिसीएमसीको हालै सम्पन्न बैठकमा यसको सञ्चालन बारेमा छलफल भएको थियो ।’ उनले भने–‘निसकेको संरचना छिटो सञ्चालनमा ल्याउन पहल र छलफल भइरहेको छ ।’ रेखदेख गरिरहेको नेपाली सेनालाई तत्कालै एकसय बेड तयारी अवस्थामा राख्न आग्रह गरिएको सहायक प्रजिअ नेपालले बताए ।

प्रदेश नं. १ का स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.सुरेश मेहताले होल्डिङ सेन्टरको निर्माणको विषय गृहमन्त्रालय अन्तर्गत रहेको जनाउँदै महामारीले निम्त्याउने जोखिम न्यूनीकरणका लागि यस्ता संरचनाहरु हरहालतमा तयारी राखिन आवश्यक रहेको बताए ।
के छ होल्डिङ सेन्टरमा

मेचीनगर नगरपालिकाले प्रदान गरेको चार विगाहा जग्गामा बनेको होल्डिङ सेन्टरमा एकै डिजाइनका २२ वटा अत्याधुनिक पक्की भवन छन् ।

जसमा १४ वटा क्वारेन्टीन, एक एक वटा चिकित्साकर्मी र अन्य स्वास्थ्यकर्मीका आवासगृह, १२ वटा डाइनिङ हल, तीन वटा भान्सा र १६ वटा शौचालय भवन रहेका छन् ।

निर्माण भएपछि प्रयोगमा नआउँदा कति सामान काम नलाग्ने भए कि भएनन् भन्ने निश्चित छैन । हँडिया खोलाको बगरमा बनेको होल्डिङ सेन्टर क्षेत्रलाई सेनाले काँडे तारले घेराबेरा गरेको छ ।

यहाँ खानेपानी, सडक र विद्युतको सुविधा पुगिसकेको छ । शौचालय र घेराबेरा समेत भएकाले चाहेका बेला सञ्चालनमा ल्याउन सकिने अवस्था छ ।

रेडक्रस सोसाइटी झापाका अध्यक्ष ढकालका अनुसार सेन्टरमा जाने सडकमा कालोपत्रे कार्य र नजिकैको खोल्सोमा पुल हाल्न बाँकी रहेको जानकारी दिए ।

एक साताअघि प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको बैठकले निर्देशन दिएपछि एकसय बेड तयारी अवस्थामा रहेको र आवश्यक पर्दा एक हजार बेड जुनसुकै बेला सञ्चालनमा ल्याउन सकिने नेपाली सेनाले जनाएको छ ।

पछिल्लो समाचार

रमा भट्टराईको आर्थिक अभावले उपचारमा समस्या

अघिल्लो समाचार

को हो त्यो ‘जब्बर’, जसले मेयरलाई टेर्दैन ?

Related Posts

´एमआरपी`ले गर्दा ग्राहकलाई भार बढ्छ : उपाध्यक्ष श्रेष्ठ
banner

´एमआरपी`ले गर्दा ग्राहकलाई भार बढ्छ : उपाध्यक्ष श्रेष्ठ

जेष्ठ १०, २०८३, १२:५८ .आइतवार
झापा कारागारका २७ कैदीबन्दीको कैद मिनाह
banner -2

झापा कारागार : एकजना कैदबन्दीकाे उपचारका क्रममा मृत्यु

जेष्ठ ९, २०८३, ६:०१ .शनिबार
सूर्याेदय स्कुलमा अभिभावकलाई स्वास्थ्य उपचार सम्बन्धि सचेतना
banner

सूर्याेदय स्कुलमा अभिभावकलाई स्वास्थ्य उपचार सम्बन्धि सचेतना

जेष्ठ ८, २०८३, १:५९ .शुक्रबार
रविले अमेरिकी राहदानी त्यागेको प्रमाण माग
banner -1

रवि विरूद्धकाे सम्पत्ति शुद्धीकरण र संगठित अपराध फिर्ता, सहकारी ठगी मुद्दा यथावत

जेष्ठ ८, २०८३, १२:३८ .शुक्रबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.