मेचीनगर, २१ मघ । काँकरभिट्टा स्थित होटल हिकोला हेरिटेजले तेस्रो वर्ष पुरा गरेको अवसरमा सांगीतिकसहित विभिन्न कार्यक्रम आयोजना गर्ने भएको छ ।
शनिबार काँकरभिट्टामा होटल हेरिटेजलले पत्रकार सम्मलेन गरेर यहि माघ २६ देखि २८ गतेसम्म सांगीतिकसहित विभिन्न कार्यक्रम आयोजना गर्ने जनाएको हो ।
होटल हिकोला हेरिटेजका प्रवन्ध निर्देशक देवीभक्त श्रेष्ठले ३ दिनसम्म होटलको वार्षिकोत्सव मनाइने बताए । ०७६ माघ २६ गते प्रदेश १ सरकारका मुख्यमन्त्री शेरधन राईले सो होटलको उद्घाटन गरेका थिए ।
होटल स्थापना अर्थात माघ २६ गतेका दिन नेपाल भित्रिने पर्यटकलाई सीमा नाकामा पुगेर स्वागत गर्ने कार्यक्रम राखिएको होटलका प्रवन्धक गौरव श्रेष्ठले बताए । कार्यक्रममा जातिय संस्कृति झल्किने सांस्कृतिक नृत्य पनि प्रस्तुत गरिनेछ ।
साहित्य चौतारीका कलाकर्मीले पनि आफ्नो प्रस्तुति राख्ने मासिक सांगीतिक काव्यसभाकी संयोजन सुनिता तामाङले बताइन् ।
काँकरभिट्टामा लाखौँ रुपैयाँको लगानीमा होटल हिकोला हेरिटेज स्थापना भएको केही समयमा कोरोना संक्रमण सुरु भएको थियो । छिमेकी मित्रराष्ट्र भारत लगायतका मुलुकबाट पर्यटक आगमनदर शून्य हुँदा पनि व्यवसायलाई टिकाइराखेको प्रवन्धक श्रेष्ठको भनाई छ ।
Discussion about this post