७ जेष्ठ २०८२, मंगलवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

चिया क्षेत्रको समस्या समाधान गर्छु : मन्त्री सिटौला

माघ २३, २०७९, ९:५० .सोमवार
0
0
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

झापा, २३ माघ । प्रदेश १ का उद्योग, कृषि तथा सहकारी मन्त्री भक्तिप्रसाद सिटौलाले चिया क्षेत्रको समस्या समाधान गर्न पहल गर्ने बताएका छन् ।

सोमबार बिर्तामोडमा संवाद समूहले आयोजना गरेको चिया क्षेत्रका समस्या, सवालहरुबारे पत्रकारहरुसँगको कार्यशालालाई सम्बोधन गर्दै उनले मल, साना किसान तथा सहकारीका समस्या, श्रमिकका समस्या र उद्योगीका समस्यालाई सम्बोधन गर्नका लागि पहल गर्ने प्रतिबद्धता जनाए ।

चिया क्षेत्रसँगै कृषि र सहकारी क्षेत्रमा धेरै समस्या रहेको र राजनीतिक अस्थिरताका कारणले तिनको निराकरण हुन नसकेको उनको भनाई छ । कार्यक्रममा मन्त्री सिटौलाले चिया खेतीमा सिँचाइ गर्दा लाग्ने विद्युत महशुल छुटका लागि तत्काल काम अगाडि बढाउने दावी गरे ।

कार्यशालामा राष्ट्रिय चिया विकास तथा कफि विकास बोर्ड क्षेत्रीय कार्यालय बिर्तामोडका प्रमुख इन्द्रप्रसाद अधिकारीले चिया क्षेत्रको अवस्था र देखिएका समस्या समाधानका उपायका बारेमा प्रस्तुती दिएका थिए ।

त्यस्तै चिया श्रमिकहरुको तर्फबाट नेपाल चिया बगान श्रमिक संघका केन्द्रीय अध्यक्ष दीपक तामाङले श्रमिकहरुले भोग्नु परेका समस्या, केन्द्रीय चिया सहकारी संघ नेपालका अध्यक्ष हर्कबहादुर तामाङले साना किसान तथा सहकारीले भोग्नु परेका समस्या र नेपाल चिया उत्पादक संघको तर्फबाट अध्यक्ष सुरेश मित्तलले चिया उद्योगीले भोग्नु परेका समस्याका बारेमा पत्रकारहरुलाई जानकारी गराएका थिए ।

पत्रकार अर्जुन राजवंशीले देखिएका समस्या समाधानमा मिडियाले खेल्नुपर्ने भूमिका र उठाउनुपर्ने सावलका बारेमा प्रष्ट्याएका थिए ।

अखिल नेपाल ट्रेड युनियन महासंघ प्रदेश एकका इञ्चार्ज भुपाल सापकोटाले दैनिक चार सय ३५ रुपैयाँ ज्यालाको भरमा चिया श्रमिकले परिवार पाल्नुपर्ने बाध्यता रहेको बताए । उनले चिया श्रमिकका लागि रासन कार्डको व्यवस्था गरिदिने हो भने सबै माग सम्बोधन हुने बताए । उनले भने, ‘सरकारले २० देखि २५ करोड रुपैयाँ चिया क्षेत्रका लागि छुट्याएर श्रमिकलाई रासन कार्डको व्यवस्था गरे उपयुक्त हुने थियो ।’

कार्यक्रममा चिया विज्ञ मनोज ढकाल, चिया उत्पादक संघका महासचिव शिवकुमार गुप्ता, चिया बोर्डका कृषि प्राविधिक अनन्त ढुंगाना तथा सुमन त्रिखत्री, फाफुनका सन्तकुमार राई, फाफुन चिया क्षेत्रका सहीकुमार राई, अखिल नेपाल चिया मजदुर संघकी केन्द्रीय अध्यक्ष सीता सापकोटा, साना चिया किसानका तर्फबाट पर्वत डाँगी, चन्द्र तामाङ, गणेशकुमार आचार्य लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा जिल्लाका ३० भन्दा बढी पत्रकारको सहभागिता थियो । कार्यशालामा वार्षिक अर्बौ रुपैयाँ विदेशी मुद्रा आर्जन गर्ने यस क्षेत्रको मुख्य नगदेवाली प्रवद्र्धन, विकास र विस्तारका लागि प्राथमिकता दिन प्रदेश सरकारमार्फत प्रदेश १ लाई चिया विशेष क्षेत्र घोषणाको पहल गर्नुपर्नेमा जोड दिइएको थियो ।

त्यस्तै चिया क्षेत्रका समग्र समस्या सम्बोधन गर्न प्रदेशमा चिया नीति निर्माण गर्नुपर्ने, चिया निर्यातमा भारतीय अवरोध हटाउन तत्काल संघीय सरकारसँग समन्वय गरी कुटनीतिक पहल गर्नुपर्नेमा समेत जोड दिइएको छ ।

श्रम ऐन र योगदानमा आधारित सामाजिक सुरक्षा कोष ऐन सरकारी–निजी चिया क्षेत्रमा कार्यान्वयन गराउनु पर्ने, यस प्रदेशमा चियाको गुणस्तर परीक्षण गर्ने ल्याब स्थापना गर्नुपर्ने, आवश्यकता बमोजिम यसै प्रदेशमा (प्रदेश नं. १) चिया विकास बोर्ड स्थापना वा संघीय चिया बोर्डलाई यस प्रदेशमा ल्याउनु पर्ने र चिया अक्सन बजारको व्यवस्था गर्न प्रदेश सरकारमार्फत तत्काल पहल गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।

पछिल्लो समाचार

कर्मचारीको तलव रोकेकोमा आपत्ति

अघिल्लो समाचार

इन्धनको मूल्य फेरि बढ्यो

Related Posts

वडाले बाढ्यो किसानलाई कृषि औजार
banner -1

वडाले बाढ्यो किसानलाई कृषि औजार

जेष्ठ ६, २०८२, ७:२७ .सोमवार
मेचीनगरमा धमाधम बाढिदैँ ‘सहिद वीरेन छात्रवृति’ रकम
banner

मेचीनगरमा धमाधम बाढिदैँ ‘सहिद वीरेन छात्रवृति’ रकम

जेष्ठ ६, २०८२, ६:३६ .सोमवार
लैङ्गीक हिंसा अन्त्य गर्न समुदायसँग जोडिदै मेचीनगर
banner -2

लैङ्गीक हिंसा अन्त्य गर्न समुदायसँग जोडिदै मेचीनगर

जेष्ठ ५, २०८२, ७:१६ .आइतवार
शर्माले सगरमाथा बेसक्याम्पमा मन्त्रीहरु बोलाएर गरे छलफल
banner -1

शर्माले सगरमाथा बेसक्याम्पमा मन्त्रीहरु बोलाएर गरे छलफल

जेष्ठ ४, २०८२, ५:३९ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.