४ माघ २०८२, आईतवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

विचार

सञ्चारमाध्यमका अनेकथरी समस्या

फाल्गुन २०, २०७९, ४:११ .शनिबार
0
0
0
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

गत महिना उपप्रधानमन्त्री एवम् गृहमन्त्रीबाट आकस्मिक रूपमा राजीनामा दिनु परेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपालका मूलधारका मिडियाप्रति आफ्नो आक्रोश पोखे । केही प्रमुख मिडिया हाउस र सञ्चारकर्मीको नामै किटेर बोले । मिडियाले आफू विरुद्ध घेराबन्दी गरेको उनको आरोप थियो ।

उक्त पत्रकार सम्मेलनमा उनले परम्परागत राजनीतिक दलहरू भन्दा आफूलाई फरक देखाउन सकेनन् । आलोचना सहन नसक्ने स्वभाव प्रस्तुत गरे । यद्यपि यस घटनाले नेपालमा मूलधारका मिडियाको बारेमा एउटा बहस सिर्जना गरेको छ ।

नेपालमा भारत लगायत दक्षिण एशियाका अन्य देशको भन्दा केही हदसम्म विश्वसनीय र व्यावसायिक पत्रकारिताको अभ्यास देखिन्छ । यद्यपि अनलाइन मिडियाको उदयसँगै यसले थप चुनौतीको सामना गर्नुपरेको छ । छिमेकी भारतमा जनपक्षीय मिडियाको पूर्णतः अभावले सरकारका विज्ञप्तिहरूलाई मात्र समाचारको स्रोत बनाउने ‘गोदी मिडियाको’ बिगबिगी रहेको छ । प्रधानमन्त्री नरेन्द्र मोदीको महिमा गान गर्नु र उनको ‘नयाँ भारत’ अभियानको अंग बनी सरकारबाट बढीभन्दा बढी लाभ लिनु मात्र वर्तमानमा अधिकांश भारतीय मिडियाको उद्देश्य भएको छ ।

पाकिस्तान, श्रीलंका लगायत देशमा भने मिडिया स्थापनाकालदेखि नै कमजोर रहे । सैनिक शासन, धार्मिक कट्टरपन्थ, बलियो परिवारवाद लगायत कारणले यी देशमा व्यावसायिक र स्वतन्त्र मिडिया विकास नै हुन सकेन ।

राज्यको चौथो अंग मानिने आम सञ्चारमाध्यमको राष्ट्रिय महत्व र सार्वजनिक सरोकारका विषयमा जनतालाई सुसूचित गराउने जिम्मेवारी आमसञ्चारको रहन्छ । यसले सरकार, संवैधानिक निकाय, कर्मचारीतन्त्र र राजनीतिक दलहरूले गरेका वा गर्न सक्ने त्रुटिहरूबारे जनतालाई सुसूचित गराउँदछ । त्यसैले मिडियालाई सरकारको ‘वाच डग’ को रूपमा पनि लिइन्छ ।

लोकतान्त्रिक शासन प्रणालीको प्रभावकारिताका लागि मिडियाको अझै महत्वपूर्ण भूमिका हुन्छ । स्वतन्त्र एवम् व्यावसायिक मिडिया र जिम्मेवार नागरिक समाजले सरकारलाई पारदर्शी, जिम्मेवार र नतिजामूलक हुन सहयोग गरी लोकतन्त्रका प्रतिफल नागरिकमा पुर्याउन सहयोग गर्दछ ।

नेपालको सन्दर्भ र विश्वपरिवेशलाई समेत ध्यान दिंदा वर्तमान विश्वमा मूलधारका भनिने मिडियाका थुप्रै समस्या रहेका छन् । ती समस्यामध्ये केही प्रमुख समस्याबारे यहाँ चर्चा गरिन्छ ।

झूटा समाचार

मिडियाको सबैभन्दा ठूलो समस्या गलत वा झूटा समाचारहरू प्रकाशन÷प्रसारण हुनु हो । गलत समाचारहरूले एकातिर मिडियाको विश्वसनीयता कम हुँदै जान्छ भने अर्कोतिर जनतासम्म गलत जानकारी÷सूचना पुग्दछ । मिडियामा आएका समाचारकै आधारमा जनमानसले आफ्ना धारणा निर्माण गर्ने हुँदा यो विषय अत्यन्त जोखिमपूर्ण हुन्छ ।

कतिपय मिडियाले सचेततापूर्ण तरिकाले नै अमूक पक्षलाई फाइदा हुने गरी झूटा समाचार प्रकाशन गर्दछन् । कतिपय अवस्थामा आधिकारिक स्रोतसम्म पहुँचको अभाव, गलत सूचना तथा खोजमूलक पत्रकारिताको अभावले झूटा समाचारहरू प्रकाशित भएको पाइन्छ ।

ब्रेकिङ न्यूजको होड

‘ब्रेक’ गर्ने वा सबैभन्दा पहिले समाचार प्रकाशन÷प्रसारण गर्ने होडमा विश्वसनीय स्रोत र आधिकारिकता विनै समाचार प्रकाशन हुन्छन् । दुर्घटना, प्राकृतिक विपद्, आन्दोलन, झडप आदिको बेलामा मानवीय संवेदनालाई समेत ध्यान नदिई समाचार श्रव्य–दृश्य प्रकाशन हुन्छ । विपद् र दुर्घटनाको बेलामा मृतकको संख्या समेत बढाइचढाइ गरेर प्रकाशन गरिन्छ । कतिपय अवस्थामा त मृतकको रूपमा पत्रिकामा नाम प्रकाशित भएको व्यक्ति जीवितै रहेको पनि पाइएको छ । विशेषगरी ब्रेकिङको होड अनलाइन मिडिया र टेलिभिजनमा अझ बढी पाइन्छ ।

डाटा म्यानुपुलेशन

साधारणतया सरकारले आफ्ना उपलब्धि बढाइचढाइ गर्न डाटा म्यानुपुलेशन गर्दछन् । आर्थिक वृद्धि, बजेट खर्च, निर्यात, उत्पादन जस्ता विषयमा सरकारको उपलब्धि देखाउनलाई डाटा म्यानुपुलेशन गरिन्छ। मिडियाले समेत अमूक दलको सरकारलाई समर्थन वा विरोध गर्न यसरी तथ्यांकको तोडमोड गर्ने गरेको पाइन्छ ।

सनसनीपूर्ण समाचार

हत्या, दुर्घटना, बलत्कार, झडप जस्ता नकारात्मक विषयका समाचारले मिडियामा अधिक स्थान पाउँदछन् । साधारण प्रकृतिका विषयलाई पनि सनसनीपूर्ण तरिकाले प्रस्तुत गर्दछन् । पत्रिकाका केही बढी प्रति बिकाउन वा टेलिभिजन कार्यक्रमको टीआरपी बढाउन समाचारलाई बढी नै नाटकीय रूपमा प्रस्तुत गरिन्छ । युट्युब र अनलाइनहरूमा भित्रको समाचार भन्दा भिन्दै र सनसनीपूर्ण शीर्षक राखेर ‘भ्यू’ बढाउने होडबाजी चलेको देखिन्छ ।

महत्वपूर्ण विषय छायामा

नेपालमा पत्रिकाका अधिकांश पेजहरू राजनीतिक समाचारले भरिएका हुन्छन्। अविकसित÷विकासशील देशको मिडियामा यो प्रवृत्ति आम रूपमा पाइन्छ। मुख्य समाचार र अग्रपेज सधैं राजनीतिक विषयसँग सम्बन्धित हुन्छन् । टेलिभिजनका ‘टक शो’ हरूमा सधैं राजनीतिकर्मीहरू नै पाहुना हुन्छन् । यसरी राजनीतिले मात्र मुख्य कभरेज पाउँदा वातावरण, शिक्षा, स्वास्थ्य, कला–संस्कृति, उद्यमशीलता लगायत महत्वपूर्ण विषय छायाँमा पर्दछन् । फोहोर र अस्थिर राजनीति भएको हाम्रो जस्तो देशमा अन्य महत्वपूर्ण क्षेत्रका सकारात्मक विषयहरू समाचार नबन्दा युवा पुस्तामा निराशा र नकारात्मक मनोवृत्तिको विकास भएको पाइन्छ ।

खोजमूलक समाचार र फलोअपको अभाव

मिडियाले गहन र महत्वपूर्ण विषयमा विषयवस्तुको गहिराइमा पुगेर समाचार तयार पारेको पाइँदैन । खोजमूलक समाचार तयार पार्न स्रोतसाधन बढी आवश्यक पर्दछ। यसैगरी पत्रकारहरूमा समेत उच्च व्यावसायिकता आवश्यक पर्दछ । मिडिया हाउसमा भौतिक तथा आर्थिक स्रोतसाधनको न्यूनता र उच्च पेशागत सीप भएका जनशक्तिको अभावले राम्रा समाचार तयार हुँदैनन् ।

यसैगरी एकपटक प्रकाशित भएको समाचार वा उजागर गरेको समस्याको विषयमा पुनः के कसो भैराखेको छ भनेर खोजबिन गरेको पाइँदैन । फलस्वरूप समस्या उजागर त हुन्छ तर समाधानको लागि पर्याप्त दबाव पुग्दैन ।

राजनीतिक पक्षधरता

नेपाल जस्तो राजनीतिक रूपमा विभाजित समाजमा मिडियाहरू समेत फरक–फरक राजनीतिक दल वा समूहसँग नजिक रहेर उसैको स्वार्थको पक्षपोषण गरेको पाइन्छ । हाम्रो देशका मूलधारका मिडियाले आफू नजिकको राजनीतिक दल सत्तामा हुँदा सरकारको अन्ध समर्थनमा समाचार लेख्ने र विपक्षमा हुँदा सरकारको खरो विरोधमा समाचार लेख्ने गर्दछन् ।

उनीहरूको समर्थन र विरोध तथ्यमा आधारित रहेको पाइँदैन कतिपय सम्पादकहरूले मिडिया मार्फत दलहरूलाई सहयोग गरेकै आधारमा पार्टीको केन्द्रीय कमिटीमा मनोनीत या लाभका पदमा नियुक्ति हुने गरेको पाइन्छ ।

कर्पोरेट हाउसको प्रभाव

मिडियाको आम्दानीको मुख्य स्रोत कर्पोरेट हाउसहरूले प्रदान गर्ने विज्ञापन हुन् । आफ्नो मिडियालाई निरन्तर रूपमा विज्ञापन उपलब्ध गराउने व्यवसायीका खराब समाचारहरू मिडियाले प्रकाशन÷प्रसारण गर्दैनन् । सो गरेमा उनीहरूबाट विज्ञापन नपाउने र मिडियाको आम्दानी घट्ने डर उनीहरूमा हुन्छ । बजार अनुगमन वा अन्य अवसरमा भेटिएका अखाद्य वस्तुहरूको बारेमा केही मिडियामा लगातार समाचार आउनु तर सोही समयमै अर्को मिडियामा समाचार नआउनुबाट यो विषय स्पष्ट हुन्छ ।

ब्रगेल्ती अनलाइन–नियमनको अभाव

मान्छेहरूको हातहातमा मोबाइल र इन्टरनेट हुँदा अनलाइन मिडियाहरू ब्रगेल्ती खुलेका छन् । जिल्लामा हरेक पत्रकारसँग एउटा अनलाइन समाचार संस्था दर्ता भएको हुन्छ । तर यी अनलाइनको काम समाचार प्रकाशन गर्नु भन्दा पनि विज्ञापन र ‘पेड न्यूज’ प्रकाशन गर्नु हो । कतिपय अनलाइनहरू हप्तौंसम्म अपडेट भएका हुँदैनन् ।

दशैं–तिहार, नयाँ वर्ष र यस्तै विज्ञापन पाउने समयमा मात्र अपडेट हुन्छन् । विज्ञापन वा अनुचित लाभको लागि बार्गेनिङ गर्ने र सो कुरा प्राप्त गर्न नसकेमा व्यक्तिगत स्तरमै तल्लो तहसम्म झरेर समाचार बनाउने गरेको पाइन्छ । कतिपय अवस्थामा दर्ता विना नै अनलाइनहरू सञ्चालनमा रहेको पाइन्छ । तर अनलाइन मिडियाको उचित नियमन भएको पाइँदैन ।

पत्रकारहरूमा पेशागत दक्षताको अभाव

पत्रकार हुनको लागि कुनै निश्चित शैक्षिक योग्यता र अनुभवको खाँचो पर्दैन । यसले गर्दा योग्य र अयोग्य दुवैथरी व्यक्तिहरू पत्रकारितामा प्रवेश गरेका छन् । शैक्षिक योग्यता र तालिमको अभावमा उनीहरूको थप पेशागत विकास हुनसकेको छैन । उनीहरूमा समाचार लेखनदेखि लिएर पत्रकारका आचारसंहिता र व्यावसायिकता लगायत विषयमा समेत आधारभूत ज्ञानको अभाव छ ।

श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक कार्यान्वयन नहुँदा पत्रकारहरूको पेशा सुरक्षित छैन । मोफसलमा विद्यार्थी, नेता, शिक्षक, निर्माण व्यवसायी, व्यापारी आदि विभिन्न पेशामा संलग्न व्यक्ति पत्रकारका रूपमा कार्यरत छन् । फलस्वरूप निजहरूले अँगालेको अर्को पेशा व्यवसायको प्रभाव उनीहरूले प्रेषित गर्ने समाचारमा पर्दछ ।

मिडियाको काम सत्य, तथ्य र निष्पक्ष समाचार प्रकाशित गरी जनतालाई सुसूचित गराउनु हो । व्यावसायिक र निष्पक्ष सञ्चार क्षेत्र विना सो कुरा सम्भव छैन । नेपालमा आमसञ्चारको क्षेत्रमा देखिएका समस्याको निराकरणको लागि पत्रकारका पेशागत संगठनहरू, मिडिया हाउस, प्रेस काउन्सिल, नेपाल सरकार लगायत सम्बन्धित सबै पक्षले आ–आफ्नो क्षेत्रबाट जिम्मेवार भूमिका निर्वाह गर्न आवश्यक देखिन्छ ।

उल्लेखित पक्षहरू बीच उचित समन्वय र सहकार्य समेत आवश्यक पर्दछ । सबै सरोकारवालाहरूको सामूहिक पहलद्वारा आमसञ्चारको क्षेत्रमा देखिएका समस्या समाधान गर्न सकेमा स्वतन्त्र र विश्वसनीय मिडियाको विकास हुन गई यसले वास्तविक रूपमा सरकारको ‘वाच डग’ को भूमिका निर्वाह गर्न सक्दछ ।


लेखक : कुलराज सुवेदी

 

 

 

पछिल्लो समाचार

नकलबन्दा विलिभर्ष स्कुलको वार्षिकोत्सव

अघिल्लो समाचार

महोत्सवमा ढेड लाखले पिए ‘एक रुपैयाँको चिया’

Related Posts

झापा–१ मा पाँच पार्टीका ५ जना उम्मेदवार तय
banner

झापा–१ मा पाँच पार्टीका ५ जना उम्मेदवार तय

माघ ४, २०८२, २:१९ .आइतवार
झापा–१ बाट एमालेका रामचन्द्र उप्रेती उम्मेदवार
banner -1

झापा–१ बाट एमालेका रामचन्द्र उप्रेती उम्मेदवार

माघ ४, २०८२, १:१० .आइतवार
झापा-१ काे निर्वाचन अधिकृतकाे कार्यालय मेचीनगरमा स्थापना
banner -2

झापा-१ काे निर्वाचन अधिकृतकाे कार्यालय मेचीनगरमा स्थापना

माघ २, २०८२, ९:०२ .शुक्रबार
बिर्तामोडमा माघ ३ र ४ गते सुपर सिक्स क्रिकेट
box -3

बिर्तामोडमा माघ ३ र ४ गते सुपर सिक्स क्रिकेट

माघ १, २०८२, ११:२९ .बिहिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.