चारआली, ३ चैत । मेचीनगर–१३ स्थित पाउँ पाथिभरा धाममा श्रीमद् भागवत् महापुराण हुने भएको छ ।
आज पत्रकार सम्मेलन गरी आयोजक समितिले महापुराणको उद्घाटन समारोहमा सभामुख देवराज घिमिरे, संघीय सांसद् विश्वप्रकाश शर्मा र प्रदेश मन्त्री भक्तिप्रसाद सिटौलाको उपस्थिति रहने जनाएको छ ।
पाउ पाथिभरा उत्तरगंगा प्रवेशद्वार पर्यटन प्रबर्धन समिति तथा पुराण मूल आयोजक समितिका अध्यक्ष तिलकप्रसाद गिरीले स्थापनाकालदेखि हरेक वर्ष एउटा महापुराण आयोजना हुँदै आएको सन्दर्भमा यसपाली भागवत् आयोजना गरिएको बताए । कोभिड–१९ का कारण २ वटा पुराण लगाउन नसकिएको आयोजकले जनाएको छ ।
उनले ताप्लेजुङको पाथिभरा माताको दर्शन गर्न जानेहरु कुटिडाँडाको सानो पाथिभरा र पाउ पाथिभराको दर्शन गर्न आउने चलन रहेको जनाउँदै श्रीमद् भागवत महापुराण चैत ८ देखि १६ गतेसम्म सञ्चालन हुने बताए ।
पुराणको कथावाचन पं.शान्तिराम नेपालले गर्ने र उपवाचकमा पं.पुण्यप्रसाद रिजाल रहने पुराण प्रचारप्रसार समितिका संयोजक यामनाथ बरालले जानकारी दिए ।
महापुराणमा दैनिक ४ देखि ५ हजार भक्तजन आउँने अनुमान गरिएको छ भने करिव ५० लाख खर्च लाग्ने आयोजकले जनाएको छ ।
Discussion about this post