६ जेष्ठ २०८२, सोमबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

सीमाका विषयमा कसले के भने ?

चैत्र ९, २०७९, १०:३७ .बिहिबार
0
0
0
SHARES
46
VIEWS
Share on FacebookShare on Twitter

।। अर्जुन कार्की ।।

मेचीनगर, ९ चैत । मेचीनगर नगरपालिका कार्यालयले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सरोकारवाला निकायका प्रमुखहरुले सीमा सुरक्षा, भारतीय गाडी, सुपारी, भारतीय कुखुरा, लागुऔषध, हात्ती लगायतका विषयमा घनिभुत छलफल गरेका छन् ।

आज नगरपालिकाको सभा हलमा आयोजित कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश सभा सदस्य गोपाल तामाङले हात्तीको आक्रमणबाट जनधनको क्षति रोक्न वन कार्यालयले ध्यान दिन जरुरी रहेको बताए ।

उनले प्रतिबन्धित भारतीय कुखुरा काँकरभिट्टा बजारमा खुलेआम बिक्री वितरण भइरहेकोमा चिन्ता व्यक्त गरेका छन् ।

‘पश्चिमतिर काँकरभिट्टा नाका सुपारीले बदनाम भएको छ’, सांसद तामाङले भने–‘ सरकारले आयात रोकेको छ । तर पनि विदेशबाट सुपारी यहाँ आउँछ । अनि २ नम्बरी भएर सुपारी भारत जाने गरेको छ । झापामा उत्पादन भएका सुपारी चाहिँ ओझेलमा परेको छ ।’

झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले १४४ किलोमिटर खुल्ला बोडर भएका कारण सीमा नाकामा हुने विभिन्न अपराधिक गतिविधिको सरकारलाई नागरिक समाजले जानकारी गराउनु पर्ने बताए ।

‘भारतबाट अवैध कुखुरा ल्याउन पाईदैन’, सीडीओ पोखरेलले भने–‘व्यवहारिक हिसावले किसानलाई थोरै मल ल्याउन दिन सकिन्छ । नेपाली उत्पादित सुपारी स्थानीय सरकारको सिफारिसमा किसानलाई आवत–जावत गर्दा सहज ढंगले गर्न दिनु पर्छ ।’

राष्ट्रिय अनुसन्धान कार्यालय झापाका प्रमुख तुलसी प्रसाईले राष्ट्रिय अनुसन्धानका कर्मचारी झापामा सुशासन कायम गराउन दत्तचित भएर लागेको दावी गरे ।

मेची भन्सार कार्यालयका भन्सार अधिकृत राजेशकुमार दत्तले प्रतिबन्धित भारतीय कुखुरा र अण्डा होइन त्यसको भुत्ला पनि नेपाल छिराउन नपाइने बताए । भारतीय गाडीले धुलाबारी सम्मको सुविधा लिएपछि साँझ सुविधाको सवारी पास बुझाएर भारतीय गाडी उतै फर्किनु पर्ने नियम रहेको उनले बताए ।

सशस्त्र प्रहरी बल सीमा सुरक्षा २ नम्बर विटका प्रमुख एसपी देवराज अर्यालले सीमा नाकामा हरेक गतिविधिको निगरानी गर्न हाम्रो आँखा र हात बाहेक अन्य विकल्प नभएको बताए । नाकामा चेकजाँच गर्ने अत्याधुनिक खालको यन्त्र नभएका कारण समस्याहरु रहेको उनले दावी गरे ।

अपराधिक प्रवृतिका विदेशी नागरिक, चोरी, तस्करी, सुरक्षाको हिसावले पनि दशगजाका घर, टहरा र खेतीहरु हटाउन आवश्यक रहेको एसपी अर्यालले बताए ।

जिल्ला प्रहरी प्रमुख एसपी दुर्गाराज रेग्मीले लागुऔषध, अवैध मासुजन्य पदार्थ, आत्महत्या, सामाजिक सञ्जालको दुरुपयोग लगायतका विषयमा गम्भीर ध्यानाकर्षण भएको बताए ।

आन्तरिक राजश्व कार्यालय भद्रपुरका अधिकृत शिव रिजालले किसानले उत्पादन गरेको धान बजार ल्याएर बिक्री गर्दा भ्याट वा आयकर केहि नलाग्ने बताए । तर व्यवसाय गर्ने हरेकले करमा दर्ता गर्नु पर्छ । धान र चामलमा भ्याट लाग्दैन ।

उनले सुपारीमा भ्याट लाग्ने बताए । ५० लाख सम्मको पानमा दर्ता हुने तर ५० लाखभन्दा बढी कारोवार भए भ्याटमा दर्ता गर्नु पर्ने रिजालले बताए ।

मेचीनगर–६ का वडाध्यक्ष ललितबहादुर तामाङले काँकरभिट्टा नाका लागुऔषधको अखडा भइसकेको बताए । उनले एक घर, एक लागुऔषधको अवस्था पुगिसकेको दावी गरे ।

‘भारतको पानीट्याङकीमा पट्टी लागुऔषध खुलेआम बिक्री वितरण हुने गरेको छ’, वडाध्यक्ष तामाङले पारी पट्टी लागुऔषध बिक्री वितरण गर्न बन्द गर्नुपर्छ ।’

मेची मासु तथा उपभोक्ता सहकारी संस्थाका अध्यक्ष भगिरथ राईले भारतबाट आउने मासुजन्य वस्तु बन्द गर्नु पर्ने बताए । उनले भारतबाट मरेका कुखुरा नेपाली बजारमा बिक्री गर्ने गरेको दावी गरे ।

विउँविजन उपभोक्ता समितिका केन्द्रीय सदस्य दुर्गाप्रसाद सापकोटाले भारतबाट चेकजाँच नगरी ल्याइएका धान, मकैका विउँहरु गुणस्तरीय नभएका कारण रोक्नु पर्ने बताएका थिए ।

नेपाली सुपारी किसान निलकण्ठ तिवारीले नेपालमा वार्षिक १५ हजार ट्रन सुपारी उत्पादन हुने गरेको बताए । उनले सरकारले २५ हजार ट्रन नेपाली सुपारी अनुदान दिने गरेको बताए ।

‘नेपालमा नै उत्पादित सुपारी धेरै छ’, तिवारीले भने–‘विदेशी सुपारी नेपाल आउछ । अनि विदेशी सुपारी नेपालबाट भारत तस्करी हुने गरेको छ ।’ उनले नेपाली सुपारीलाई आफ्नो पालिकाभित्र आवतजावत गर्दा कर नलिन आग्रह गरे ।

प्रतिबन्धित भारतीय कुखुरा र अण्डाहरुनेपाली बजारमा खुलआम भित्रिरहेकोले नेपाली कुखुरा व्यवसायीहरु मारमा परेको जिल्ला कुखुरा व्यवसायी संघका अध्यक्ष विवेक निरौलाले बताए ।

मेचीनगर–४ का वडाध्यक्ष अर्जुनकुमार कार्कीले विदेशी सुपारीका कारण नेपालमा उत्पादित सुपारीका व्यवसायी मारमा परेको बताए । उनले डिभिजन वन कार्यालयले हात्तीबाट पीडित जनताको समस्या नबुझिदा समस्यामा रहेको बताए ।

अवैध भारतीय मासुजन्य वस्तुका कारण नेपाली कुखुरा व्यवसायीहरु संकटमा रहेको बताए ।

यी समसामयिक विषयको सहजिकरण मेचीनगर नगरपालिकाका मेयर गोपालचन्द्र बुढाथोकीले र कार्यक्रमको सञ्चालन प्रमुख प्रशासकीय अधिकृत होमनाथ भण्डारीले गरेका थिए ।

 

 

पछिल्लो समाचार

उबामहासंघ कोशीको अध्यक्षमा राजेन्द्र राउत

अघिल्लो समाचार

काँकरभिट्टा क्याम्पसमा मतदान हुँदै

Related Posts

मेचीनगरमा धमाधम बाढिदैँ ‘सहिद वीरेन छात्रवृति’ रकम
banner

मेचीनगरमा धमाधम बाढिदैँ ‘सहिद वीरेन छात्रवृति’ रकम

जेष्ठ ६, २०८२, ६:३६ .सोमवार
लैङ्गीक हिंसा अन्त्य गर्न समुदायसँग जोडिदै मेचीनगर
banner -2

लैङ्गीक हिंसा अन्त्य गर्न समुदायसँग जोडिदै मेचीनगर

जेष्ठ ५, २०८२, ७:१६ .आइतवार
शर्माले सगरमाथा बेसक्याम्पमा मन्त्रीहरु बोलाएर गरे छलफल
banner -1

शर्माले सगरमाथा बेसक्याम्पमा मन्त्रीहरु बोलाएर गरे छलफल

जेष्ठ ४, २०८२, ५:३९ .शनिबार
धुलाबारी माविको गीत लोकार्पण, १३० विद्यार्थीलाई सहिद वीरेन छात्रवृति
banner -2

धुलाबारी माविको गीत लोकार्पण, १३० विद्यार्थीलाई सहिद वीरेन छात्रवृति

जेष्ठ ३, २०८२, ६:४१ .शुक्रबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.