
मेचीनगर, १० चैत । धुलाबारी खानेपानी उपभोक्ता समितिको चैत १८ गते हुने निर्वाचनमा
११ पदका लागि ३४ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
आज मनोनयन दर्ताका दिन ११ पदका लागि ३४ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।
धुलाबारी खानेपानी समितिको नयाँ नेतृत्वको लागि सक्रिय राजनीतिक दलहरुले एकल तथा गठबन्धन बनाएर उम्मेद्वारी दर्ता गराएका छन् ।
खानेपानीमा नेकपा एमाले, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र एकीकृत समाजवादीबीच समिकरण बनेको छ । नेपाली काँग्रेस र राप्रपाबीच गठबन्धन भएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टी एक्लै चुनाव लड्ने भएको छ ।
एमालेको समिकरणबाट अध्यक्ष पदमा रचिन्द्र श्रेष्ठको उम्मेदवारी रहेको छ । काँग्रेससहितको गठबन्धनबाट अध्यक्ष पदमा धनकाजी खत्री दाहालले उम्मेदवारी दर्ता गराएका छन् ।
काँग्रेस गठबन्धनबाट उपाध्यक्ष पदमा हिमालय आङ्देम्बे, सचिव पदमा उमेश सुवेदी तथा सदस्यहरुमा सरोज खड्का, कविन्द्र श्रेष्ठ, लिलादेवी गौतम, धनमाया गौतम पोखरेल, भूमि कडरीया, नारायण भट्टराई, केदार खत्री र रित खड्काले उम्मेदवारी दर्ता गराएका छन् ।
त्यस्तै एमाले सहितको गठबन्धनबाट उपाध्यक्ष पदमा लक्ष्मी श्रेष्ठ, सचिव पदमा उमेश डाँगी, सदस्य पदमा सञ्जय श्रेष्ठ, दिपु कटुवाल, हेमा कट्टेल, बिना अधिकारी, रिता दाहाल, हिरा आचार्य, अमर लिम्बु र राजनकुमार सापकोटाले उम्मेदवारी दर्ता गराएका छन् ।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले एकल उम्मद्वारी दर्ता गराएको छ । स्वतन्त्र पार्टीबाट अध्यक्ष पदमा सन्तोष राजवंशीले उम्मेदवारी दर्ता गराएका छन् ।
एकल उम्मेदवारी खडा गरेको स्वतन्त्र पार्टीले उपाध्यक्ष पदमा प्रकाश श्रेष्ठ, सचिव पदमा ओमनाथ घिमिरे, सदस्य पदमा दिनेश गुप्ता, महेन्द्र चौधरी, कमला चापागाईँ, सन्तोष विश्वकर्मा, विजय अधिकारी, राजकुमार शाह, मीना बस्नेत थापा, सगलु कवर र लोकनाथ काफ्लले उम्मेदवारी दर्ता गराएका छन् ।
३ वर्षे कार्यकाल रहने खानेपानीमा जम्मा कार्यसमिति १५ जनाको हुनेछ । ११ जना निर्वाचित, १ जना निवार्तमान अध्यक्ष र ५ जना सदस्य मनोनित हुनेछन् ।
धुलाबारी खानेपानी मेचीनगर–९, १०, ११, १४ र १५ वडामा विस्तार भएको छ । सबैभन्दा धेरै उपभोक्ता मेचीनगर–१० मा छन् । धुलाबारी खानेपानीमा ५ हजार ७१६ उपभोक्ता छन् । ती मध्ये ४ हजार ९१७ जनाले मतदान गर्न पाउने छन् ।




Discussion about this post