२ जेष्ठ २०८३, शनिबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

धुलाबारी खानेपानी चुनाव

११ पदका लागि ३४ जनाको उम्मेदवारी

चैत्र १०, २०७९, १:०१ .शुक्रबार
0
0
0
SHARES
42
VIEWS
Share on FacebookShare on Twitter
रास्वपाका उम्मेदवारहरु ।

मेचीनगर, १० चैत । धुलाबारी खानेपानी उपभोक्ता समितिको चैत १८ गते हुने निर्वाचनमा
११ पदका लागि ३४ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

आज मनोनयन दर्ताका दिन ११ पदका लागि ३४ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।

धुलाबारी खानेपानी समितिको नयाँ नेतृत्वको लागि सक्रिय राजनीतिक दलहरुले एकल तथा गठबन्धन बनाएर उम्मेद्वारी दर्ता गराएका छन् ।

खानेपानीमा नेकपा एमाले, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र एकीकृत समाजवादीबीच समिकरण बनेको छ । नेपाली काँग्रेस र राप्रपाबीच गठबन्धन भएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टी एक्लै चुनाव लड्ने भएको छ ।

एमालेको समिकरणबाट अध्यक्ष पदमा रचिन्द्र श्रेष्ठको उम्मेदवारी रहेको छ । काँग्रेससहितको गठबन्धनबाट अध्यक्ष पदमा धनकाजी खत्री दाहालले उम्मेदवारी दर्ता गराएका छन् ।

काँग्रेस गठबन्धनबाट उपाध्यक्ष पदमा हिमालय आङ्देम्बे, सचिव पदमा उमेश सुवेदी तथा सदस्यहरुमा सरोज खड्का, कविन्द्र श्रेष्ठ, लिलादेवी गौतम, धनमाया गौतम पोखरेल, भूमि कडरीया, नारायण भट्टराई, केदार खत्री र रित खड्काले उम्मेदवारी दर्ता गराएका छन् ।

त्यस्तै एमाले सहितको गठबन्धनबाट उपाध्यक्ष पदमा लक्ष्मी श्रेष्ठ, सचिव पदमा उमेश डाँगी, सदस्य पदमा सञ्जय श्रेष्ठ, दिपु कटुवाल, हेमा कट्टेल, बिना अधिकारी, रिता दाहाल, हिरा आचार्य, अमर लिम्बु र राजनकुमार सापकोटाले उम्मेदवारी दर्ता गराएका छन् ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले एकल उम्मद्वारी दर्ता गराएको छ । स्वतन्त्र पार्टीबाट अध्यक्ष पदमा सन्तोष राजवंशीले उम्मेदवारी दर्ता गराएका छन् ।

एकल उम्मेदवारी खडा गरेको स्वतन्त्र पार्टीले उपाध्यक्ष पदमा प्रकाश श्रेष्ठ, सचिव पदमा ओमनाथ घिमिरे, सदस्य पदमा दिनेश गुप्ता, महेन्द्र चौधरी, कमला चापागाईँ, सन्तोष विश्वकर्मा, विजय अधिकारी, राजकुमार शाह, मीना बस्नेत थापा, सगलु कवर र लोकनाथ काफ्लले उम्मेदवारी दर्ता गराएका छन् ।

३ वर्षे कार्यकाल रहने खानेपानीमा जम्मा कार्यसमिति १५ जनाको हुनेछ । ११ जना निर्वाचित, १ जना निवार्तमान अध्यक्ष र ५ जना सदस्य मनोनित हुनेछन् ।

धुलाबारी खानेपानी मेचीनगर–९, १०, ११, १४ र १५ वडामा विस्तार भएको छ । सबैभन्दा धेरै उपभोक्ता मेचीनगर–१० मा छन् । धुलाबारी खानेपानीमा ५ हजार ७१६ उपभोक्ता छन् । ती मध्ये ४ हजार ९१७ जनाले मतदान गर्न पाउने छन् ।

 

पछिल्लो समाचार

मतदान सम्पन्न : ८१.८२ मत खस्यो, मतगणना सुरु

अघिल्लो समाचार

प्रत्यक्षमा ५०४ तर समानुपातिकमा ५०५ मत कसरी खस्यो ?

Related Posts

बाहुनडाँगीमा बजार अनुगमन : बिना दर्ता व्यवसाय सञ्चालन
banner

बाहुनडाँगीमा बजार अनुगमन : बिना दर्ता व्यवसाय सञ्चालन

बैशाख ३१, २०८३, २:४६ .बिहिबार
काँकरभिट्टाकाे एशियन हाइवे गेटकाे बाेर्डमा भ्वाङ्, कस्ले मर्मत गर्ने टुंगाे छैन्
banner -2

काँकरभिट्टाकाे एशियन हाइवे गेटकाे बाेर्डमा भ्वाङ्, कस्ले मर्मत गर्ने टुंगाे छैन्

बैशाख ३०, २०८३, १:३१ .बुधबार
नगरपालिकाको समस्या समाधान गर्न पाँच दलको विज्ञप्ति
banner

मेचीनगरमा एसईई :  सामुदायिक विद्यालयका २ जनाले ल्याए ४ जीपिए

बैशाख २९, २०८३, ९:१० .मङ्लबार
कक्षा १२ को परीक्षा भदौ ३० देखि
banner -1

एसईई नतिजा :  ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण

बैशाख २८, २०८३, ४:२५ .सोमवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.