मेचीनगर, २४ चैत । मेचीनगर लेडी जेसीजको पूर्व अध्यक्ष समाजको अध्यक्षमा टिका सुवेदी सर्वसम्मत चयन भएकी छन् ।
शुक्रबारको भेलाले मेचीनगर लेडी जेसीज सन २०१५ की अध्यक्ष सुवेदीलाई अध्यक्षमा र सचिवमा निवर्तमान अध्यक्ष सीता गिरी पुरीलाई सर्वसम्मत चयन गरेको हो ।
लेडी जेसीजकी वर्तमान अध्यक्ष रस्मी थापाको सभापतित्व तथा मात्रीशाखा धुलाबारी जेसीजको पूर्व अध्यक्ष क्लबका अध्यक्ष तेजप्रसाद चौलागाईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मेचीनगर लेडी जेसीजकी संस्थापक अध्यक्ष कविता शर्मा, लेडी जेसीजकी पूर्व अध्यक्ष शोभा श्रेष्ठ लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
सामुहिक आस्था वाचन गरिएको कार्यक्रममा स्वागत वर्तमान कार्यकारिणी उपाध्यक्ष पवित्रा विमली प्रसाई र सञ्चालन महासचिव सविता पोखरेलले गरेकी थिइन् ।
लेडी जेसीजको सचिवालयमा सम्पन्न कार्यक्रममा लेडी जेसीजका सबै पूर्व अध्यक्षहरूको सहभागिता रहेको थियो ।
मेचीनगर क्षेत्रका सक्रिय महिलाहरुले सन २०१३ मा स्थापना गरेको लेडी जेसीजमा १० जना पूर्व अध्यक्ष भएपछि आज एक कार्यक्रमको आयोजना गरेर पूर्व अध्यक्ष समाज गठन गरिएको जनाएको छ ।
Discussion about this post