बुद्वशान्ति, २७ चैत । मेचीनगर बचत तथा ऋण सहकारी संस्था धुलाबारीले बुधवारे सेवा केन्द्र अन्तरगतका शेयर सदस्यका छोराछोरीलाई उद्घोषण लेखन तथा लेखन विषयमा तालिम दिएको छ ।
होराइजन मल्टिमिडिया झापाका तर्फबाट अग्रज पत्रकार चन्द्र भण्डारी, उद्घोषक दिपेन्द्र पौडेल र पत्रकार पिनाकी कोइरालाले तालिममा सहजकर्ताको भूमिका निर्वाह गरेका थिए ।
शनिवार बुद्धशान्ति–३ स्थित रामजानकी मन्दिरको सभाहलमा तालिम सम्पन्न भएको थियो । संस्थाका अध्यक्ष शिवकुमार रेग्मीको अध्यक्षतामा भएको समापन कार्यक्रमको प्रमुख अतिथि बुद्धशान्ति–३ का वडाध्यक्ष पर्शुराम चम्जोङ रहेका थिए ।
१५ दिने सो तालिम बुद्ध आदर्श माध्यमिक विद्यालयको सभाहलमा भएको थियो । तालिममा ३९ जना बालबालिको सहभागिता रहेको थियो ।
समापन कार्यक्रममा मेचीनगर साकोसका व्यवस्थापक मानस सिटौलाले संस्थाको आर्थिक गतिविधिका साथै संस्थाले सञ्चालन गरेको सामाजिक सुरक्षा कार्यक्रमको विषयमा सदस्यहरुलाई जानकारी गराएका थिए । कार्यक्रमको सञ्चालन संस्थाका सचिव संगीता गजुरेलले गरेकी थिइन् ।
Discussion about this post