७ जेष्ठ २०८२, मंगलवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

टोलका अध्यक्षसँग वडा कार्यक्रम

टोलका अध्यक्षले भने–‘जनप्रतिनिधि र कर्मचारी सुध्रनु पर्छ’

बैशाख ७, २०८०, ११:२३ .बिहिबार
0
0
0
SHARES
29
VIEWS
Share on FacebookShare on Twitter

।। अर्जुन कार्की ।।

मेचीनगर, ७ बैशाख । स्थानीय तह–२०७९ को चुनाव जितेर आएपछि जनप्रतिनिधिहरु जनतासँग बोल्नै छाडेर छोटे राजा बन्न खोजी रहेको अवस्था छ ।

जनताले कार्यालयमा काम लिएर जाँदा पनि छोटे राजाहरु मुन्टो अर्कोतिर बटार्ने गरेको गुनासो व्यापक बढेको छ । कर्मचारीहरु त झन मैसासुर नै भएको जनताको भनाई छ ।

यस्तै जनताको गुनासोहरु धेरै बढेको महसुस गरेर मचीनगरको एउटा वडाध्यक्षले नयाँ जुक्ति निकालेका छन् । उनले आफ्ना वडामा रहेका सबै टोल अध्यक्षहरुलाई एकै ठाउँमा भेला गराए ।

अनि अध्यक्षहरुलाई वडाध्यक्षले सोधे जनप्रतिनिधि र कर्मचारीहरुले कसरी सुध्रनु पर्ने, सुध्रन के गर्न पर्ने वा नपर्ने यी विषयमा नाम नहाली लिखित जवाफ मागेका थिए ।

वडाध्यक्षको यो नौँलो अभ्यास वडा कार्यालयमा सुरु भएको छ । हेरौँ जनताका गुनासा जनप्रतिनिधि र कर्मचारीहरुले कतिको सुन्ने छन् ।

सधै प्राय फरक शैलीको काम गर्ने हुटहुटी भएका मेचीनगर नगरपालिका–२ का वडाध्यक्ष दिपक बरालले आफ्नो वडामा नयाँ कामको थालनी गरेका छन् ।

आफ्नो वडामा केहि गर्ने जोश र जागरका साथ वडाध्यक्षमा निर्वाचित भएर आएपछि उनले ठुलो काम त अहिलेसम्म केहि गर्न सकेका छैनन् । तर, पनि साना मसिना काम भने धेरै गरिसकेका छन् । त्यहि साना मसिना काम गरेर भएपनि समाजमा जनप्रतिनिधिको हैसियत बनाउँदै लगेका छन् ।

वडाध्यक्षमा निर्वाचित हुनुअघि उनी जेसीज र समाजसेवामा भिजेका युवा व्यवसायी हुन् । उनको स्वभाव झट्ट हेर्दा र सुन्दा रुखो बोली भएपनि यर्थातको पक्षमा जहिलै वकालत गर्ने एक इमानदार युवाको रुपमा परिचित छन् ।

कम्युनिष्ट विचारधारा बोकेका वडाध्यक्ष बरालले जनप्रतिनिधि भएको एकवर्ष हुँनै लाग्दा जनतासँग कसरी नजिक भएर काम गर्न सकिन्छ भन्ने उद्देश्यले नयाँ योजनाको सुरुवात गरेका हुन् ।

वडा नम्बर २ मा २९ वटा टोल विकास संस्था छन् । वडाध्यक्षले ती टोल विकास संस्थाका अध्यक्षहरुलाई एकै ठाउँमा राखेर जनताका कुरा बुझ्ने चेष्ठा गर्ने सोच बनाए ।

वडाध्यक्षले के गरिरहेको छ ? कर्मचारी के गर्दैछन् ? टोल विकासका अध्यक्षहरुको भनाई के छ ? यी यावत कुराहरु जनताले कसरी हेरिरहेका छन् भन्ने विषयमा ‘टोलका अध्यक्षहरुसँग वडा कार्यालय कार्यक्रम’ सुरु गरेका हुन् ।

उनले मंगलवार टोल विकासका अध्यक्षहरुलाई एक ठाउँमा राखेर समसामयिक विषयमा छलफल गरेका थिए । नाम उख्लेख नगर्ने शर्तमा टोलका अध्यक्षहरुलाई जनप्रतिनिधि, कर्मचारीले सुधार्नु पर्ने र यस आर्थिक वर्षमा टोलमा सम्पन्न भएका, हुँदै गरेका र उत्कृष्ट लागेका कामको विषयमा लिखित सुझाव दिन वडाध्यक्षले अनुरोध गरेका थिए ।

त्यस्तै उनले आउने आर्थिक वर्ष २०८०÷८१ मा गर्नु पर्ने महत्वपूर्ण योजनाहरुका बारेमा समेत लिखित जवाफ मागेका थिए ।

टोल विकासका अध्यक्षहरुले वडाध्यक्षले मोवाइल फोन धेरै प्रयोग गरेको । जस्मा वडामा सेवा लिन आएका सेवाग्राहीलाई वडाध्यक्ष फोनमा व्यस्त भएका कारण ध्यान दिन नसकेको, वडा सदस्यहरु वेनुकुमार राई, हरि नारायण न्यौपाने, डम्बरी वेडारी र सितादेवी तिम्सिना दर्जी कामप्रति गम्भीर नबनेको, कर्मचारीहरुले काममा ढिलासुस्ती गरेको र योजनाका कामहरु समयमा पुरा नभएकाले त्यस्ता विषयहरुमा सबैले सुध्रेर अघि बढ्नु पर्ने सुझाव दिएका थिए ।

अब सधै हरेक महिनाको ५ गते टोल विकास संस्थाका अध्यक्षहरुसँग वडाको विकास लगायतका अन्य समसामयिक विषयमा छलफल गरिने वडाध्यक्ष बरालको भनाई छ । नयाँ भवन बनेपछि भाडामा रहेको कार्यालयबाट सर्ने तयरीमा रहेको उनले बताए ।

तयारी अवस्थामा रहेको वडा कार्यालयको नयाँ भवन ।
पछिल्लो समाचार

सखुवाको चिरान काठसहित गाडी नियन्त्रणमा

अघिल्लो समाचार

मृगौला डाइलासिस सेवा ६ जिल्लामा विस्तार

Related Posts

वडाले बाढ्यो किसानलाई कृषि औजार
banner -1

वडाले बाढ्यो किसानलाई कृषि औजार

जेष्ठ ६, २०८२, ७:२७ .सोमवार
मेचीनगरमा धमाधम बाढिदैँ ‘सहिद वीरेन छात्रवृति’ रकम
banner

मेचीनगरमा धमाधम बाढिदैँ ‘सहिद वीरेन छात्रवृति’ रकम

जेष्ठ ६, २०८२, ६:३६ .सोमवार
लैङ्गीक हिंसा अन्त्य गर्न समुदायसँग जोडिदै मेचीनगर
banner -2

लैङ्गीक हिंसा अन्त्य गर्न समुदायसँग जोडिदै मेचीनगर

जेष्ठ ५, २०८२, ७:१६ .आइतवार
शर्माले सगरमाथा बेसक्याम्पमा मन्त्रीहरु बोलाएर गरे छलफल
banner -1

शर्माले सगरमाथा बेसक्याम्पमा मन्त्रीहरु बोलाएर गरे छलफल

जेष्ठ ४, २०८२, ५:३९ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.