झापा, ४ जेठ । भुटानी शरणार्थी नेता टेकनाथ रिजाल पक्राउ परेका छन् ।
नक्कली भुटानी शरणार्थी प्रकरण अनुसन्धानका क्रममा रिजाललाई विहीबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पछिल्लो समय रिजालले पुनर्बास गराउन बाँकी ६ हजार भन्दा बढी भुटानी शरणार्थीको समस्या समाधान गर्न माग गर्दै आएका थिए ।
उनकै मागका आधारमा गृह मन्त्रालयले भुटानी शरणार्थी समस्या समाधानका लागि २०७६ जेठ ३० गते बालकृष्ण पन्थी नेतृत्वमा कार्यदल गठन गरेको थियो ।
नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दामा संलग्नताको आरोपमा पक्राउ परेका सानु भण्डारीले आफ्नो डायरीमा रिजाललाई ७ लाख रुपैयाँ दिएको उल्लेख गरेका थिए ।
उनलाई त्यही आधारमा पक्राउ गरेको प्रहरी स्रोतको दावी छ ।
Discussion about this post