९ माघ २०८२, शुक्रबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

लागूऔषध नियन्त्रणमा असफल बन्दै प्रहरी र सरोकारवाला

असार ६, २०८०, २:५२ .बुधबार
0
0
0
SHARES
22
VIEWS
Share on FacebookShare on Twitter

काँकरभिट्टा, ६ असार । मेचीनगरमा लागूऔषध नियन्त्रणका जतिसुकै अभियानहरु चलाएपनि रोक्न नसकिने सरोकारवालाहरुको बुझाई रहेको छ ।

इलाका प्रहरी कार्यालय र मेची सामुदायिक सेवा केन्द्र काँकरभिट्टाले आयोजना गरेको लागूऔषध ओसारपसार नियन्त्रण सम्बन्धी अन्तरक्रिया तथा छलफल कार्यक्रमका वक्त्ताहरुले जतिसुकै अभियानहरु चलाएपनि रोक्न नसकिन धारणा व्यक्त गरेका हुन् ।

‘लागूऔषध नियन्त्रणका लागि अभियान चलाएर मात्र हुँदैन’ सामाजिक अभियन्ता अर्जुन राईले भने–‘यसलाई मुद्दा बनाएर लानु पर्छ । दरो मुद्दा बनाएर लगे मात्र न्युनिकरण गर्न सकिने छ । क्रस बोडर वैठकलाई प्रभावकारी ढंगले अगाडि बढाउनु पर्छ ।’

स्कुल, कलेजहरुमा लागूऔषध न्युनिकरण सम्बन्धी पुस्तक प्रकाशन गरेर विद्यार्थीहरुलाई हप्तामा २ पटक पढाउन सके केहि हदसम्म न्युनिकरणमा टेवा पुग्ने राईको भनाई छ ।

अर्का अभियन्ता भीम लुईटेलले पहिलाको भन्दा अहिले मेचीनगर लागूऔषध प्रयोगकर्ता र ओसारपसारको मुख्य अखडा बनेको बताए ।

‘पहिला भारतको पानीट्याङकीबाट गाँजा, कोरेक्स र टेबलेट मात्र ल्याउने गरेका थिए’, उनले भने–‘अहिले ब्राउनसुगर जताततै पाइन्छ । अहिले युवापीडि ब्राउनसुगरको लतमा फसेका छन् । स्कुल, कलेज र गाउँघरमा यसबारेमा सचेतना नजगाए स्थिति भयावह छ ।’

मेचीनगर–७ का वडाध्यक्ष प्रलादमणि ओलीले यहाँका युवाहरु लागूऔषध फस्नुको मुख्य कारण खुल्ला सीमा नाका भएको दावी गरे । उनले पाँच विगाहा जग्गामा लागूऔषधमा फसेकाहरुको संरक्षणका लागि उपचार केन्द्र बनाउनु पर्ने बताए । त्यसका लागि ५० लाख बजेट सुरुमानै छुट्टाउनु पर्ने उनको धारणा थियो ।

भारतको पानीट्याङकीमा वर्षौँदेखि नेपालीलाई खुलेआम लागूऔषध बिक्री वितरण गरिरहेको छ । पानीट्याङकीका औषधि पसलेलाई कसले कारवाही गर्ने, दिनहुँ नाकाबाट लागूऔषध नेपाल भित्रिरहेको छ कस्ले समात्ने यी विषयमा केन्द्रस्तरबाट पहल गर्न आवश्यक रहेको सरोकारवालाको भनाई छ ।

मेचीनगर–४ को बाहुनडाँगी, वडा नम्बर १ को गाडागल्ली, वडा नम्बर ७ को टोकला चिया बगान छेउ काली मन्दिर, सतिघट्टा, वडा नम्बर ६ को नकलबन्दा, बर्मेली टोलको खानेपानी ट्याङकी छेउ, मेचीपुल लगायतका स्थानमा लागूऔषध ओसारपसार, कारोवार र प्रयोगकर्ताको मुख्य अखडा रहेको बताइएको छ ।

अन्तरक्रिया कार्यक्रममा सामाजिक व्यक्तित्वहरु गोविन्द घिमिरे, राजु कार्की, गोविन्द गिरी, शुभद्रा भट्टराई, शुवर्ण भट्टराई, खडानन्द भण्डारी, गणेशकुमार खरेल, फडिन्द्र घिमिरे लगायतले लागूऔषध ओसारपसार, कारोवार र प्रयोगकर्ताको समस्या र समाधानका विषयमा धारणा राखेका थिए ।

यी स्थानहरुको जानकारी हुँदा समेत त्यस क्षेत्रमा काम गर्ने संघ–संस्था, प्रहरी प्रशासन रमिते बन्ने गरेको स्थानीयबासीको आरोप छ ।

कार्यक्रमको सहजिकरण इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख डीएसपी दीपक भारती र मेची सामुदायिक सेवा केन्द्रका अध्यक्ष मुक्ति पौडेलले गरेका थिए ।

पछिल्लो समाचार

विश्ककप छनोट क्रिकेटमा नेपाल ६ विकेटले विजयी

अघिल्लो समाचार

द्रोणाचार्य क्षेत्री पत्रकारिता पुरस्कार पोखरेललाई

Related Posts

नन्दा करिडोरमा ‘रैथाने स्वाद तथा सांस्कृतिक महोत्सव’ हुने
banner -1

नन्दा करिडोरमा ‘रैथाने स्वाद तथा सांस्कृतिक महोत्सव’ हुने

माघ ९, २०८२, ११:४३ .शुक्रबार
कर नतिर्न खानेपानी संस्थालाई सांसद तामाङको आग्रह
banner -2

कर नतिर्न खानेपानी संस्थालाई सांसद तामाङको आग्रह

माघ ९, २०८२, १०:२७ .शुक्रबार
चुनाव जित्न खर्च गरेर होइन, जनताको मनमा बस्नुपर्छ : रामचन्द्र उप्रेती
banner

चुनाव जित्न खर्च गरेर होइन, जनताको मनमा बस्नुपर्छ : रामचन्द्र उप्रेती

माघ ९, २०८२, ९:१४ .शुक्रबार
अब बीएण्डसीमा ´डर्मटाेलाेजी` सेवा पनि सुरू
box -1

अब बीएण्डसीमा ´डर्मटाेलाेजी` सेवा पनि सुरू

माघ ७, २०८२, ४:०२ .बुधबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.