२४ मंसिर २०८२, बुधबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

प्रादेशिक अस्पतालको नयाँ भवनमा पानी चुहियो

असार १०, २०८०, ३:४३ .आइतवार
0
0
0
SHARES
23
VIEWS
Share on FacebookShare on Twitter

भद्रपुर, १० असार । प्रादेशिक अस्पताल भद्रपुरको २७ करोडको लागतमा नवनिर्मित भवन हस्तान्तरण भएको एक सातापछि नै छतबाट आइसीयुमा बर्खाको पानीले चुहिएको छ ।

सघन सहरी तथा भवन निर्माण आयोजना भद्रपुरले २०८० जेठ २२ गते सो भवन प्रादेशिक अस्पताललाई विधिवत् हस्तान्तरण गरेको थियो ।

हस्तान्तरण लगत्तै बर्खाको पहिलो झरीमै भवनको आइसीयु कक्षमा पानी चुहिएको अस्पतालका कामु मेडिकल सुपरिन्टेन्डेन्ट डा.रामबाबु खड्काले जानकारी दिए ।

अस्पतालका तर्फबाट कामु मेडिकल सुपरिन्टेन्डेन्ट डा.खड्का र अस्पताल विकास समितिका अध्यक्ष विश्वनाथ बरालले संयुक्त विज्ञप्ति जारी गर्दै आइसीयु कक्षमा पानी चुहिएको र भवनको निर्माणमा थुप्रै प्राविधिक त्रुटी भेटिएको सार्वजनिक गरे ।

‘असारको पहिलो हप्ता परेको अबिरल वर्षाको बेला सो भवनबाट पानी रसाएर चुहिएको, आइसीयु कक्षमै छतबाट पानी चुहिएको देखिन आएको, छानाको फाइवर कमसल देखिएको, तीन वटा सेक्सनको छानाको जडानमा पानी चुहिएकोले हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ संयुक्त विज्ञप्तिमा भनिएको छ–‘भवनको निर्माण क्रममा देखिएका त्रुटी र प्राविधिकहरुको संलग्नता सम्बन्धमा छानविन गरी किन र कसरी यस्तो परिस्थिति सिर्जना भयो ? अबिलम्ब जाँच गर्न नेपाल सरकारको सहरी विकास मन्त्रालय र सम्बन्धित निकायलाई आग्रह गर्दछौं ।’

हस्तान्तरणपछि सो भवनको उद्घाटन गर्ने तयारी भइरहेको थियो । तर, प्राविधिक त्रुटीको निवारण नभएसम्म भवनमा सेवा सञ्चालन गर्न नसकिने अस्पताल प्रशासनले जनाएको छ । भवनको उद्घाटन पनि अनिश्चित भएको छ ।

भवनको निर्माण कार्यको प्रत्यक्ष रेखदेख र गुणस्तर निगरानी कार्यको जिम्मेवारी सघन सहरी तथा भवन निर्माण आयोजना भद्रपुरले गरेको थियो । आयोजनाका प्रमुख ई.रुपक आचार्यले अस्पतालको भवनमा प्राविधिक त्रुटी भेटिएको स्वीकार गर्दै त्यसको निवारणका लागि आवश्यक प्रक्रिया अघि बढाइएको बताए ।

उनका अनुसार गुनासो आएलगत्तै भवनको अनुगमन गर्दा आईसीयु ब्लक र अर्को एउटा ब्लकमा समेत पानी रसाएर चुहिएको पाइएको छ । पानी चुहिएको ब्लकको निर्माण दुई वर्षअघि नै सकिएको र बिगतका दुई बर्खामा त्यहाँबाट पानी नचुहिएको उनको दावी छ ।

सघन सहरी तथा भवन निर्माण आयोजना भद्रपुरका तर्फबाट निर्माण कम्पनीलाई प्राविधिक त्रुटी भेटिएको बारे लिखित प्रष्टिकरण सोध्ने कार्य भइसकेको र त्रुटी निवारण नभएसम्म भुक्तानी रोक्ने निर्णय गरिएको आयोजना प्रमुख आचार्यले बताए । आयोजनाले निर्माण कम्पनीलाई १५ दिनभित्र स्टक्चरल इन्जिनियरिङ प्रतिवेदनसहित जवाफ पेश गर्न भनेको छ ।

भवनको केही झ्याल ढोका कमजोर देखिएको, जालीखापा उप्किएको, ट्वाइलेटका धारा र सेपरेटरहरु हल्लिएको पाइएको उनले बताए ।

निर्माण कम्पनीले भवन निर्माणको ठेक्का बमोजिमको भुक्तानी भने लगिसकेको छ । कम्पनीले धरौटी वापत राखेको डेढ करोड र परफरमेन्स बन्डवापत जम्मा गरेको डेढ करोड गरी कूल तीन करोड रकम आयोजनाको बैंक खातामा रहेको छ । आयोजनाले सो रकमको भुक्तानी रोक्काका लागि बैंकसँग पत्राचार गरिसकेको छ ।

काठमाडौंको कन्टेन्ट प्रालिले २२ करोडको लागतमा अस्पताल भवन निर्माण गर्नेगरी २०७४ मंसिर १० गते ठेक्का सम्झौता गरेको थियो । कोरोना महामारीका कारण लागत बढेर निर्धारित अवधिभन्दा केही ढिलोगरी २०७९ असोजमा २७ करोडमा भवनको निर्माण कार्य सम्पन्न भएको थियो ।

नवनिर्मित अस्पताल भवन दुई तलाको छ । जसमा छ वटा ब्लक, दुई वटा लिफ्ट, चारवटा सार्वजनिक शौचालय, ५०० केभीएको ब्याकअप जेनेरेटर र पाँच वटा अपरेसन थिएटर छन् ।

नयाँ भवनको हरेक शैया र अपरेसन थिएटरमा पाइपलाइनबाट अक्सिजन आपूर्तिको व्यवस्था मिलाइएको छ । यसअघि पुरानो भवनमा पाइपलाइन नहुँदा सिलिन्डरबाट अक्सिजन आपूर्ति गरिन्थ्यो ।

पछिल्लो समाचार

२० वर्षपछि ‘दर्पण छायाँ’ को सिक्वेल ल्याउने तयारी

अघिल्लो समाचार

मेचीनगरका ६ वटा विद्यालयलाई फिल्टर मेसिन

Related Posts

सूर्तीजन्य, मादक पदार्थ र लागूऔषध बिक्री वितरण रोक्न माग
banner

सूर्तीजन्य, मादक पदार्थ र लागूऔषध बिक्री वितरण रोक्न माग

मंसिर २३, २०८२, २:३६ .मङ्लबार
क्रियाशील सदस्यता विवरण छिट्टै सार्वजनिक हुन्छ : कांग्रेस प्रवक्ता शर्मा
banner -1

प्रतिनिधि सभाका लागि झापा–१ बाट शर्माको नाममात्र सिफारिस

मंसिर २३, २०८२, १:४८ .मङ्लबार
तीन पत्रकारलाई टंकप्रसाद–रमादेवी पाठक पत्रकारिता पुरस्कार
banner -2

तीन पत्रकारलाई टंकप्रसाद–रमादेवी पाठक पत्रकारिता पुरस्कार

मंसिर २३, २०८२, १:३१ .मङ्लबार
भलिबल प्रशिक्षक कुमार राई एक लाखसहित सम्मानित
banner -1

भलिबल प्रशिक्षक कुमार राई एक लाखसहित सम्मानित

मंसिर २०, २०८२, १२:२० .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.