७ मंसिर २०८३, आईतवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

वृहत छलफल

१०० रुपैयाँभन्दा बढीको सामान ल्याए भन्सार तिर्नुपर्ने

साउन ५, २०८०, १०:०८ .शुक्रबार
0
0
0
SHARES
2.7k
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, ५ साउन । सीमावर्ती भारतीय बजारबाट किनमेल गरेर एकसय रुपैयाँभन्दा बढी मूल्यको वस्तु नेपाल भित्राएमा भन्सार लाग्ने भएको छ ।

नेपाल सरकारले यहि साउन १ गतेदेखि लागू हुने गरी सो नियम लगाएको हो । मेची भन्सार कार्यालयले जारी गरेको सूचनामा ‘एक सयभन्दा बढी मूल्यको कुनैपनि सामान लिएर भारतको स्थलमार्गबाट नेपाल प्रवेश गर्ने यात्रुहरुले आफ्नो साथमा ल्याएको मालसामानको यस मेची भन्सार कार्यालयको यात्रु शाखामा अनिवार्य घोषणा गरी जाँचपास गराएर मात्र लैजान सूचित गराइन्छ’ उल्लेख गरिएको छ ।

अन्यथा जाँचपास नगराई लगिएको मालसामान भन्सार परिसर भन्दा बाहिर पाइएमा भन्सार ऐन २०६४ बमोजिम चोरी पैठारी कसुरमा कारवाही हुने सूचनामा जनाइएको छ ।

यसअघि सीमा क्षेत्रका भारतीय बजारमा गरिने किनमेलमा भन्सार अनिवार्य थिएन । यस्तो नियमले सीमा क्षेत्रका नेपाली बजारलाई राहत मिल्ने भन्सारको दावी छ ।

भारतीय बजारबाट विनाभन्सार सामान भित्र्याउँदा स्वदेशी बजार र राजश्व लक्ष्यसमेत घट्दै गएको अवस्थामा उद्योगी व्यवसायीको समेत माग पूरा गर्दै भन्सार नाकामा कडाइ थालिएको छ ।

सीमावर्ती बजारमा हुने अवैध कारोबारलाई निरुत्साहित गर्न पूर्वी नाका काँकरभिट्टामा १०० रूपैयाँभन्दा बढी मूल्यका सामानमा अनिवार्य भन्सार तिराउने भएको छ ।

यहि विषयमा आज बसेको सर्वदलिय छलफलले नियमलाई अक्षरस् पालना गर्दै जाने निर्णय गरेको छ । शुक्रबार मेचीनगर नगरपालका र मेची उद्योग बाणिज्य संघको सहकार्यमा बसेको सर्वदलिय छलफलले १०० रुपैयाँ भन्दा बढीको सामानमा भन्सार तिराउने, बजार व्यवस्थापन र अनुगमन समिति बनाउने लगायतका तीन वटा निर्णय गरेको बताइएको छ ।

नगरपालकाकी उपमेयर मीना पोखरेल उप्रेतीको अध्यक्षता र मेची उद्योग बाणिज्य संघका अध्यक्ष खेमराज प्रसाईको सहजिकरणमा छलफल कार्यक्रम भएको थियो ।

मेची भन्सार कार्यालयका प्रमुख रामप्रसाद रेग्मीले केन्द्रको नीति अनुसार यो नियम लागू गरिने बताए । सरोकारवाला पक्षसँगको छलफलपछि यो नियम कडाईका साथ लागू गरिने उनको भनाई छ ।

‘यो नियम अहिले मेची भन्सार कार्यालयमा लागू भएको छैन’, भन्सार प्रमुख रेग्मीले भने–‘अब यो नियम कडाईका साथ लागू गरिने छ ।’

कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश सभा सदस्य गोपाल तामाङले सरकारको नीति, नियम र लेवलको कुरा राम्रो रहेको बताए । उनले यो नियम नाकाबाट सुरुवात गर्न आग्रह गरे ।

‘खुल्ला सीमाना भएका कारण समस्या छ’, सांसद तामाङले भने–‘सीमालाई सुरक्षित र सहज बनाउनु पर्छ । चेकजाँचलाई व्यवस्थित गर्नुपर्छ ।’

कार्यक्रममा मेचीनगर नगरपालिकाका पूर्व मेयर विमल आचार्य, इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख डीएसपी दिपक भारती, सशस्त्र प्रहरी बल भन्सार राजश्व आउट पोष्टका प्रमुख डीएसपी निर्मल थापा, नेकपा एमाले मेचीनगर इन्चार्ज चन्द्र प्रसाई, माओवादी केन्द्र मेचीनगर अध्यक्ष राजन चिमरिया, नेपाल जनता समाजवादी पार्टीका मेचीनगर अध्यक्ष ओमप्रकाश खापुङ, राप्रपाका मेचीनगर सचिव विशालकृष्ण बाँस्तोला, समाजसेवी डिल्लीराम घिमिरे, यातायात व्यवसायी विष्णुकुमार श्रेष्ठ, कपिल क्षेत्री लगायतले यो नियमबाट स्रिजना हुने समस्या र समाधानका विषयमा चर्चा गरेका थिए ।

मेची उद्योग बाणिज्य संघका अध्यक्ष प्रसाईले भन्सार प्रमुख रेग्मीलाई ध्यानाकर्षण सहितको ज्ञापनपत्र बुझाएका छन् । सो ज्ञापनपत्र महासचिव दिनेश शाक्यले बाचन गरेका थिए ।

 

 

पछिल्लो समाचार

प्राविधिक शिक्षामा फड्को मार्दै मेचीनगर पोलिटेक्निक इन्स्टिच्युट

अघिल्लो समाचार

पुष्पलालको योगदालाई विर्सन हुँदैन : मीना उप्रेती

Related Posts

एनपीएलको उपाधि सुदूरपश्चिम रोयल्सलाई
banner

एनपीएलको उपाधि सुदूरपश्चिम रोयल्सलाई

मंसिर ६, २०८३, ३:४२ .शनिबार
सुन किन्ने र बेच्नेलाई पहिचान गर्न कर कार्यालयकाे अनुराेध
banner -1

सुन किन्ने र बेच्नेलाई पहिचान गर्न कर कार्यालयकाे अनुराेध

मंसिर ५, २०८३, १२:०१ .शुक्रबार
व्यापारीलाई लगानी गर्दै औंद्योगिक व्यवसाय विकास प्रतिष्ठान
banner -2

व्यापारीलाई लगानी गर्दै औंद्योगिक व्यवसाय विकास प्रतिष्ठान

मंसिर ४, २०८३, १०:३३ .बिहिबार
धुलाबारीमा शङ्खधर साख्वाकाे शालिक स्थापना
banner -2

धुलाबारीमा शङ्खधर साख्वाकाे शालिक स्थापना

कार्तिक २५, २०८३, ११:१४ .मङ्लबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.