३० पुष २०८२, बुधबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

पुस्तक ‘२०२८’ विमोचन

लेखकको प्रश्न –झापा विद्रोहका पात्रहरुको मुक्ति भयो !

भदौ २, २०८०, ३:५१ .शनिबार
0
0
0
SHARES
60
VIEWS
Share on FacebookShare on Twitter

झापा, २ भदौ । मेचीनगरका युवा लेखक निरोज कट्टेलद्वारा लिखित ‘२०२८ः झापा विद्रोहको अन्तर्कथा’ पुस्तक शनिबार काठमाडौंमा विमोचन भएको छ ।

आज सो पुस्तकको विमोचन नेकपा एकीकृत समाजबादीका महासचिव घनश्याम भुसाल, नेकपा समाजबादीकी केन्द्रीय सदस्य मानुषी यमी र कान्तिपुर दैनिकका पूर्व सम्पादक सुधीर शर्माले संयुक्त रुपमा गरेका हुन् ।

कार्यक्रममा भुसाल, यमी र शर्माले पुस्तक र समसामायिक राजनीतिक विषयका बारेमा चर्चा गरेका थिए ।

विमोचन कार्यक्रम काठमाडौँ स्थित मण्डला थिएटर थापागाउँमा भएको थियो । कार्यक्रमको उद्घोषण रिडर्स झापाका अध्यक्ष उज्ज्वल प्रसाईले गरेका थिए ।

कार्यक्रममा पुस्तक प्रकाशनको जिम्मा लिएको बेला पब्लिकेसन्सका विनोदविक्रम केसी लगायत श्रष्ठाहरुको उपस्थिति रहेको थियो ।

ज्यामिरगढी निवासी लेखक कटेल क्षेत्रीय पर्यटन कार्यालय काँकरभिट्टाका सूचना अधिकारी समेत हुन् । झापा विद्रोह सुरु भएको ज्यामिरगढी नै भएका कारण पनि लेखकलाई यो विषय उठान गर्न सहज भएको थियो । तर, अर्को पाटोबाट हेर्दा एमालेबाट फुटेर गएको एकीकृत समाजवादी पार्टी निकट कर्मचारी संगठनका नेतासमेत भएका कारण चुनौतिहरु पनि निक्कै थिए ।

झापा विद्रोहमा विद्रोहीबाट मारिने पात्रहरुका विषयमा खोज र अनुसन्धान गर्न लेखकलाई ८ वर्ष लाग्यो । त्यो चानचुने कुरा थिएन । विद्रोहीबाट मारिएकाहरु मध्ये सुखानीमा मारिने झापा विद्रोहका शहिद वीरेन्द्र राजवंशी र विद्रोहीबाट मारिएका कर्णबहादुर गौतमका विषयमा अध्ययान गर्न समस्या परेन । तर, यस्ता थुप्रै पात्रका विषयमा लेखकलाई गहन अध्ययान गर्न त्यति सजिलो थिएन ।

झापा विद्रोहका नेताहरुले भारत पश्चिम बंगालको नक्सलवादी आन्दोलनबाट प्रभावित भएर सुरु गरेका थिए । लेखक पात्रहरू खोज्दै जाँदा नक्सलवादीसँगै पश्चिम बंगालका गाउँहरू पुगेर त्यसका विषयमा खोजी गरे ।

उनी भन्छन्–‘राज्य र विद्रोहबाट पीडित भएका मान्छेहरूको इतिहास हो । यो पुस्तक तिनै भुइँका पात्रहरूको भोगाइको आधारशिला हो ।’

झापा विद्रोहका बेला सेल्टर दिने, खाना खुवाउने, प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सहयोग गर्ने भुईमान्छेहरुको समुह आन्दोलनमा होमिएको थियो । विद्रोहीबाट मारिएकाहरू, अनि धेरै जेलजीवन बिताएका जीवित पात्रहरु कोहि सत्तामा पुगे, कोहि गुमनाम भए ।

एक छाकमात्र खाएर आन्दोलन गर्ने ती पात्रहरुको योगदानले यो अवस्था आएको छ । त्यस बेलाको आन्दोलनले अहिले भुईमान्छेहरूको मुक्ति भयो कि भएन भन्ने विषयलाई लेखकले केन्द्रमा राखेर उठान गरेको देखिन्छ । लेखकको पुस्तक प्रकाशन गर्नुको मुख्य उद्देश्य पनि यहि हो भन्ने आम पाठकको बुझाई छ ।

पछिल्लो समाचार

०८४ काे चुनावमा दुईतिहाइ ल्याउछाैँ : रवि लामिछाने

अघिल्लो समाचार

कोशीमा १० करोड र मन्त्री पदको अफर आयो : लिङ्देन

Related Posts

मेचीनगरमा डोर टोलीद्वारा नाप–तौल परीक्षण सम्पन्न
banner

मेचीनगरमा डोर टोलीद्वारा नाप–तौल परीक्षण सम्पन्न

पुस २९, २०८२, १:५८ .मङ्लबार
दार्जिलिङको तराइ प्रेस क्लब च्याम्पियन
banner -1

दार्जिलिङको तराइ प्रेस क्लब च्याम्पियन

पुस २८, २०८२, १:४७ .सोमवार
कांग्रेसको विशेष महाधिवेशनमा महामन्त्रीद्वय गगन र विश्वको गर्जन
box -3

कांग्रेसको विशेष महाधिवेशनमा महामन्त्रीद्वय गगन र विश्वको गर्जन

पुस २७, २०८२, २:०५ .आइतवार
‘प्रथम भाक्का पिठ्ठ उत्सव’ ऐतिहासिक : नगरप्रमुख बुढाथोकी
banner -1

‘प्रथम भाक्का पिठ्ठ उत्सव’ ऐतिहासिक : नगरप्रमुख बुढाथोकी

पुस २७, २०८२, १:३२ .आइतवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.