७ जेष्ठ २०८२, मंगलवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

९ जना नेपाली घाइते

हमास र इजरेली सेनाबीच भिडन्त जारी

अशोज २१, २०८०, ७:११ .आइतवार
0
0
0
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

झापा, २१ असोज । इजरेली सेनाले गाजाको सीमा नजिकका सहरहरूमा बस्ने सबै नागरिकलाई चौबीस घण्टाभित्र अन्यत्र सारिने भएको छ ।

सेनाका अनुसार प्यालेस्टिनी लडाकु समूह हमास रहेको क्षेत्रमा आफ्नो आक्रमणलाई तीव्र पार्ने क्रममा सीमा नजिकका क्षेत्रहरू खाली गर्न लागेको हो ।

दक्षिणी इजरेलका विभिन्न क्षेत्रमा दोस्रो दिन पनि दुई पक्षबीच भिडन्त जारी छ । त्यहाँ चार सयभन्दा बढी प्यालेस्टिनी बन्दुकधारीहरू मारिएको र कैयौँलाई गिरफ्तार गरिएको इजरेली सेनाले जनाएको छ ।

गाजास्थित प्यालेस्टिनी स्वास्थ्य अधिकारीहरूले इजरेलले गरेको हवाई हमलामा तीन सयभन्दा बढी व्यक्तिको मृत्यु भएको र करिब दुई हजार घाइते भएको बताएका छन् ।

हिजबुल्लाह समूहले तीनवटा इजरेली चौकीमा रकेट आक्रमण गरेपछि इजरेली सेनाले लेबननमा पनि आक्रमण गरेको छ ।

इजरेलले उक्त आक्रमणमा आफ्ना कम्तीमा तीन सय नागरिकहरू मारिएको र एक हजारभन्दा बढी घाइते भएको बताएको छ । कति इजरेलीहरूलाई हमास लडाकुहरूले बन्धक बनाएका छन् भन्ने अझै स्पष्ट भएको छैन ।

संयुक्त राष्ट्र संघिय सुरक्षा परिषद्को आइतवार आपत्कालीन बैठक बसेको छ । त्यसमा उक्त संकटबारे छलफल हुनेछ । अमेरिकी राष्ट्रपति जो बाइडनले इजरायललाई सबै खाले उपयुक्त माध्यमबाट सहयोग गर्ने प्रस्ताव गरेका छन् ।

घाइते नेपालीहरूको उपचार, उद्धार र सुरक्षाका लागि ‘समन्वय’

प्यालेस्टिनी हमला र त्यसको प्रतिउत्तरमा इजरेलले गरिरहेको कारबाहीका क्रममा गाजा क्षेत्र नजिकै रहेका केही नेपाली नागरिकसमेत घाइते भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

शनिवार बिहानैदेखि इजरेल र प्यालेस्टिनी लडाकु समूह हमासबीच लडाइँ जारी छ । सुरुमा हमासले इजरेलमाथि सयौँ रकेटहरू प्रहार गरेपछि उक्त लडाइँ सुरु भएको हो ।

त्यस क्रममा हालसम्म हमासको आक्रमणमा ३०० जना भन्दा बढी मारिएको इजरेलले जनाएको छ । त्यस्तै गाजामा २३० भन्दा बढीको मृत्यु भएको छ ।

इजरेलस्थित नेपाली दूतावासले ‘केहि नेपालीहरू घाइते भएको खबर आएको र त्यसबारे थप जानकारी संकलन भइरहेको’ बताइएको छ ।

शनिवार साँझ एउटा वक्तव्य जारी गर्दै परराष्ट्र मन्त्रालयले १४ जना नेपालीहरू कार्यरत रहेको कृषि फर्म पनि आक्रमणमा परेको जनाएको छ । मन्त्रालयका अनुसार आक्रमणमा परेर ९ जना नेपालीहरू घाइते भएका छन् त्यसमध्ये दुई जनाको अवस्था गम्भीर छ ।

तेल अभिभमा रहेको नेपाली दूतावास आक्रमणमा परेका क्षेत्रमा बसोबास गर्ने नेपालीहरूसँग नजिकको सम्पर्कमा रहेको बताइएको मन्त्रालयले जनाएको छ ।

‘घाइतेहरूको औषधोपचार, उद्धार र सुरक्षाका लागि नेपाली दूतावासले इजरेली अधिकारीहरूसँग सम्पर्क र समन्वय गरिरहेको छ’, मन्त्रालयले वक्तव्यमा भनेको छ ।

इजरेलमा नेपालीहरू घाइते भएको विवरण आएपछि परराष्ट्रमन्त्री एनपी साउदले शनिवार मन्त्रालयका उच्च अधिकारीसँग छलफल गरी आवश्यक प्रबन्ध मिलाउन निर्देशन दिएका थिए । मन्त्रालयले वक्तव्यमा इजरेलमा भएको हमलाको निन्दा पनि गरेको छ ।

यसअघि इजरेलस्थित नेपाली दूतावासका उपनियोग प्रमुख तथा प्रवक्ता अर्जुन घिमिरेले ‘नेपालीहरू कार्यरत एउटा कृषि फर्ममा पनि आक्रमण भएको र त्यस क्रममा नौ जना नेपाली घाइते भएको’ विवरण आएको तर त्यसलाई दूतावासले आधिकारिक रूपमा पुष्टि गर्न बाँकी रहेको बताएका थिए ।

उनले भनेका थिए, ‘स्थिति अझै सामान्य नभएकाले यकिन कुरा आइसकेको छैन ।’ कतिपय सञ्चारमाध्यमले केही नेपालीलाई हमासले बन्धक बनाएको पनि लेखेका थिए । यद्यपि गैर आवासीय नेपाली संघ इजरेलका अध्यक्ष श्रीकृष्ण भण्डारीले ‘बन्धक भने कोही पनि नभएको बुझिएको’ बताइएको छ ।

उनले भने, ‘त्यो फर्म रहेको क्षेत्र अहिले पनि तनावग्रस्त भएकाले इजरेली सेनाले फोन उठाउन पनि दिएको छैन त्यसैले कसैसँग पनि राम्ररी कुरा हुन सकिरहेको छैन । तर धेरै साथीहरू बंकरमा सुरक्षित रूपमा बस्नु भएको छ भनेर त्यहाँबाट मेरो सम्पर्कमा आएका चार जना साथीहरूले भन्नुभएको थियो ।’

उनले हालै इजरेल आएका नेपालीहरू बसेको स्थानमा हमला भएकाले उनीहरू आत्तिएको तर स्थानीय सुरक्षाकर्मीको निर्देशन पालन गरेर बस्न आफूहरूले सुझाव दिएको पनि जानकारी दिए ।

विभिन्न विवरणमा जनाइए अनुसार हमलामा पर्ने नेपालीहरू नेपाल र इजरेलबीच भएको सरकार–सरकारबीच (जीटुजी) सम्झौता अनुसार कृषि क्षेत्रमा अध्ययनसँगै काम गर्न गएका नेपालीहरू हुन् ।

भण्डारीका अनुसार अहिले त्यहाँ अहिले करिब आठ सय जति नेपाली नागरिकहरू कृषि क्षेत्रमा कार्यरत रहेको बुझिएको छ । नेपालबाट प्रशिक्षार्थी कामदारका रूपमा पनि कृषि क्षेत्रमा नेपाली नागरिकहरू जाने गरेका छन् । इजरेलस्थित नेपाली राजदूतावासले उक्त देशमा रहेका नेपालीहरूका लागि विशेष अपिल जारी गरेको छ ।

दूतावासले सामाजिक सञ्जालमार्फत नेपालीहरूलाई ‘सतर्क रहन र स्थानीय सुरक्षा निकायको निर्देशन पालन गर्न’ भनेको छ ।

उक्त अपिलमा भनिएको छ, ‘इजरेलको गाजासँगको सीमाना लगायत विभिन्न क्षेत्रमा हाल द्वन्द्व चलिरहेको सबैलाई जानकारी नै छ । यस्तो अशान्त वातावरणमा आफ्नो सुरक्षाको ख्याल राख्नुहुन र स्थानीय सुरक्षा निकायको निर्देशन अक्षरशः पालना गर्नुहुन सबै नेपाली समुदायमा अनुरोध छ ।’

‘साथै, अप्ठ्यारोमा पर्नुभएका नेपाली नागरिकहरूको सहयोग तथा उद्धारका लागि दूतावासले इजरायलका सम्बन्धित निकाय तथा अधिकारीहरुसँग निरन्तर समन्वय गरिरहेको व्यहोरा अनुरोध छ ।’

‘..अप्ठ्यारो परिस्थिति छ, हामी सबै त्रसित छौँ । तर पनि यसको नकारात्मक सन्देश जाने गरी सोसल मिडियाहरूमा सेअर गरेर अरुलाई त्रसित नगराउनुहोला ।’

(वीवीसी)

 

पछिल्लो समाचार

धुलाबारीकाे साख जाेगाउन दाेस्राे पटक महाेत्सव

अघिल्लो समाचार

दोस्रो एकता स्पोर्टिङ गोल्डकपको तयारी पूरा

Related Posts

वडाले बाढ्यो किसानलाई कृषि औजार
banner -1

वडाले बाढ्यो किसानलाई कृषि औजार

जेष्ठ ६, २०८२, ७:२७ .सोमवार
मेचीनगरमा धमाधम बाढिदैँ ‘सहिद वीरेन छात्रवृति’ रकम
banner

मेचीनगरमा धमाधम बाढिदैँ ‘सहिद वीरेन छात्रवृति’ रकम

जेष्ठ ६, २०८२, ६:३६ .सोमवार
लैङ्गीक हिंसा अन्त्य गर्न समुदायसँग जोडिदै मेचीनगर
banner -2

लैङ्गीक हिंसा अन्त्य गर्न समुदायसँग जोडिदै मेचीनगर

जेष्ठ ५, २०८२, ७:१६ .आइतवार
शर्माले सगरमाथा बेसक्याम्पमा मन्त्रीहरु बोलाएर गरे छलफल
banner -1

शर्माले सगरमाथा बेसक्याम्पमा मन्त्रीहरु बोलाएर गरे छलफल

जेष्ठ ४, २०८२, ५:३९ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.