झापा, २७ असोज । रुम्झाटारबाट लोबुचे उडेको मनाङ एयरको ९ एन–एएनजे कलसाइन हेलिकप्टर दुर्घटनामा परेको छ ।
रुम्झाटारबाट लोबुचे उडेको हेलिकप्टर दुर्घटना भएको मनाङ एयरका निर्देशक राजु न्यौपानेले जानकारी दिए ।
हाइ अल्टिच्युडमा रहेका यात्रु ल्याउन आज विहान ७ वजेर १३ मिनेटमा उडेको हेलिकप्टर दुर्घटनामा परेको हो ।
हेलिकप्टरमा पाइलट पिके सेढाइ मात्रै भएको बुझिएको छ । उनी सुरक्षित रहेको न्यौपानेले बताए ।
नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार पाइलट सेढाइलाई फिस्टेलको हेलिकप्टरले लुक्ला ल्याएको छ । उनको ह्याम्स हस्पिटलमा उपचार भइरहेको छ ।
Discussion about this post