७ माघ २०८२, बुधबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

‘६ अर्वको पाउडर दुध बिक्री नभएर गोदाममा थन्कियो’

अशोज ३०, २०८०, ७:२५ .मङ्लबार
0
0
0
SHARES
28
VIEWS
Share on FacebookShare on Twitter

झापा, ३० असोज । कोशी प्रदेशमा डेरी उद्योगहरुले उत्पादन गरेको छ अर्वको पाउडर दुध बिक्री नभएपछि गोदाममा रहेको व्यवसायीहरुले बताएका छन् ।

विगत चार महिनादेखि उत्पादन गरिएको नौनी घिउ लगायत दुग्धजन्य पदार्थ विक्री नभएर व्यवसायीहरु संकटमा परेको नेपाल डेरी एशोसिएशन कोशी प्रदेशका अध्यक्ष गंगाप्रसाद खड्काले सोमबार बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

एशोसिएशन केन्द्रका वरिष्ठ उपाध्यक्ष राजन चिमरियाले प्रदेशमा दैनिक सात लाख लिटर दुध उत्पादन हुने गरेको बताए । तर, तीन लाख लिटर दुध मात्र बजारमा खपत हुने गरेको उनको भनाई छ ।

उद्योगहरुले उत्पादन गरेको पाउडर दुध नौनी घिउ बिक्री नभएर गोदाममा रहेको उनले बताए ।

उद्योगहरुमा ६ अर्बको पाउडर दुध समेत स्टकमा थन्किएको छ । साउन भदौको बेला दुध उत्पादनमा कमी नआउँदा पाउडर दुध प्रयोगमा नआएको व्यवसायीको भनाई छ ।

मूल्यवृद्धिका कारण कोशी प्रदेशमा डेरी उद्योगहरुले उत्पादन गरेको पाँच लाख केजी नौनी घिउ बिक्री नभएर नष्ट हुने अवस्थामा पुगेको व्यवसायीहरुले बताएका छन् ।

‘दुधको उत्पादन बढेको बढ्यै छ, तर दुध र दुधबाट बनेका विभिन्न उत्पादनको विक्री हुन सकेको छैन”–उनले भने । हाल प्रदेशका ठूला आठ वटा निजी डेरी उद्योगमा छ अर्वको नौनी घिउ विक्री नभएर थन्किएको छ । नौनी घिउको खानयोग्य मिति ६ महनिाको हुन्छ । ४ महिना भयो । अबको २ महिनामा म्याद गुज्रिन लागेकाले खाडलमा हालेर पुर्नुपर्ने अवस्था आइसकेको छ ।’

विक्री नभएका कारण डेरी उद्योगमा थुप्रिएको नौनी घिउ आफ्नै कोल्ड स्टोरमा भण्डारण गर्न असम्भव भएको उद्योगीहरुले भनाई छ ।

निजी क्षेत्रले तरकारी भण्डारणका लागि प्रयोगमा ल्याइरहेको बिर्तामोडको रोयल कोल्डस्टोर लगायत झापा र मोरङका पाँच वटा ठूला कोल्डस्टोरमा नौनी घिउ राखिएको एसोसिएसन केन्द्रका महासचिव हेमचन्द्र खनालले बताए ।

भारतीय सीमा नाकाबाट अवैध रुपमा भित्रिएको दुध र दुधजन्य पदार्थले नेपालको आफ्नो उत्पादन विक्री नभएको उनको आरोप छ । भारतमा भन्दा नेपालमा दुधको मूल्य बढी भएकाले भारतबाट लुकीछिपी दुध र पनिर भित्रिन थालेको खनाल बताए ।

‘गत फागुनमा सरकारले भारतीय बजारको अध्ययन नगरी दुधको भाउ बढाएपछि सीमामा दुधको तस्करी भएर आयात भइरहेको छ’, महासचिव खनालले भने–‘खुला सीमा भएकाले जति नै कडाई गरे तापनि भारतबाट भित्रिने दुध रोक्न सकिन्न । यसको नकारात्मक असर देखा पर्न थालिसकेको छ । किसानहरुले उत्पादन गरेको दुध र त्यसबाट बनेका घिउ, छुर्पी, पनिर लगायतका सामान नबिकेर व्यवसायहरु चिन्तित छन् ।’

दुध बिक्न छाडेपछि कोशी प्रदेशमा ‘मिल्क होलिडे’ सुरु भएको छ । डेरी व्यवसायीहरुले उत्पादन नबिकेपछि किसानहरुलाई दुधको भुक्तानी दिन पनि समस्या हुन थालेको ऋतिका डेरी उद्योग मेचीनगरका सञ्चालक समेत रहेका चिमरियाले बताए ।

‘किसानबाट दैनिक ३५ हजार लिटर दुध संकलन गरिरहेकोमा दैनिक २२ हजार दुध मात्र खपत हुने गरेको छ । दसैंका बेला किसानलाई भुक्तानी दिन आफुले अढाई करोड ऋण थपेको समेत छु’,–उनले भने ।

सरकारले गत फागुनमा प्रति लिटर १० का दरले गरिएको मूल्यवृद्धि फिर्ता लिन समेत एशोसिएशन माग गरेको छ । दुग्धजन्य उत्पादनको विक्री नहुनुमा मूल्यवृद्धि प्रमुख कारण भएको व्यवसायीहरुको दावी छ । अहिले भारतमा दुधको मूल्य ५६ रुपैयाँ प्रतिलिटर छ भने नेपालमा ६६ रुपैयाँ छ ।

‘सरकारले २ वर्षमा एकपटक मूल्यवृद्धि गर्ने गरेको थियो । तर, यसपटक एक वर्षमा २ पटक मूल्यवृद्धि गर्यो’, चिमरियाले भने ।

डेरी व्यवसायीहरुसँग सल्लाह नगरी र खुला सीमा भएको भारतीय बजारको अवस्थालाई ख्यालै नगरी सरकारले मूल्यवृद्धि गरेको व्यवसायीहरुको गुनासो छ ।

दुग्ध पदार्थको निर्यात र अनुदानमा तत्काल ध्यान दिन व्यवसायीहरुले माग गरेका छन् । स्टकको आधारमा उद्योगहरुलाई बिना व्याज कर्जा उपलब्ध गराउन समेत उनीहरुको माग छ ।

भिडियो पनि हेर्नुहोला ।

पछिल्लो समाचार

शिक्षा सहकारीको धुलावारी सेवा केन्द्र ‘उत्कृष्ट’

अघिल्लो समाचार

प्यारीभिट्टा बसपार्क सञ्चालनमा

Related Posts

झापामा १७ जना स्वतन्त्रसहित ९० जनाको उम्मेदवारी दर्ता
banner -1

झापामा १७ जना स्वतन्त्रसहित ९० जनाको उम्मेदवारी दर्ता

माघ ६, २०८२, ३:२८ .मङ्लबार
झापा–१ मा दुई स्वतन्त्रसहित १५ जनाको उम्मेदवारी दर्ता
banner

झापा–१ मा दुई स्वतन्त्रसहित १५ जनाको उम्मेदवारी दर्ता

माघ ६, २०८२, १:२० .मङ्लबार
बीएन्डसीले तत्काल ऋणको व्याज र किस्ता तिर्नु नपर्ने
box -1

राजावादी नेता प्रसाई पोखराबाट पक्राउ

माघ ५, २०८२, १२:०५ .सोमवार
ओली उम्मेदवारी दिन आफ्नो निर्वाचन क्षेत्रमा
banner

ओली उम्मेदवारी दिन आफ्नो निर्वाचन क्षेत्रमा

माघ ५, २०८२, ११:४९ .सोमवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.