२४ मंसिर २०८२, बुधबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

स्थानीयकाे पीडा

´मेची पारी`का गाउँलेले मेयरलाई भने- खाेइ विजुली ?

मंसिर १०, २०८०, १:३० .आइतवार
0
0
0
SHARES
25
VIEWS
Share on FacebookShare on Twitter

।। अर्जुन कार्की ।।

मेचीनगर, १० मंसिर । मेचीनगर नगरपालिकाका मेयर गोपाल चन्द्र बुढाथोकीको टोली शुक्रबार ‘मेची पारी’ को गाउँ पुग्दा त्यहाँका स्थानीयले सधै तेस्राउने गरेको एउटै प्रश्न हो –खोइ विजुली ?

मेयर जुत्ता बाेकेर ´मेची पारी`

मेयर बुढाथोकीको टोलीले पेन्ट घुडासम्म सुरकेर, जुत्ता हातमा बोकेर एउटा खोला र एउटा पैनी तरेर दुई किलोमिटर हिडेपछि उक्त गाउँमा पुग्दा स्थानीयले विजुली, बाटो र झालेङ्गे पुल आवश्यक रहेको दोहराए ।

‘मेची पारी’ गाउँमा जो कोहि नेता तथा जनप्रतिनिधि पुग्दा पनि गाउँले भन्ने गरेको प्रश्न त्यहि हो ।

भौगोलक र सामरिक दृष्टिले अलिक विकट रहेको गाउँ भएकाले त्यहाँका स्थानीय पीडित छन् । भारतसँग सीमा जोडिएको दशगजा छेउमा पर्ने मेचीनगरको १५ नम्बर वडा पर्छ । सो गाउँ भद्रपुर नगरपालिकासँग पनि सीमा जोडिएको छ ।

टोलीमा निमित्त प्रमुख प्रशासकिय अधिकृत एवम् शिक्षा शाखा प्रमुख होमनाथ भण्डारी, वडा नम्बर १५ का वडाध्यक्ष गुणराज भट्टराई (राजन), नेपाल विद्युत प्राधिकरण भद्रपुर वितरण केन्द्रका प्रमुख राजमणि बजगाई, नेकपा एमाले वडा नम्बर १५ का वडाध्यक्ष चेतन विष्ट लगायत कर्मचारी र पत्रकार थिए ।

विजुली, बाटाे र झाेलेङ्गे पुल माग

‘मेची पारी’ गाउँको सिसौँडाँगीमा भेला भएको टोलीलाई स्थानीय अगुवा लुखिराम बास्केले विजुली, बाटो र झाेलेङ्गे पुल आवश्यक रहेको बताए । सो गाउँमा ४५ घर परिवार छ । त्यसमध्ये १५ घरमा विजुली छैन ।

यहाँ बसोबास गर्ने सबै स्थानीय कृषिमा निर्भर छन् । वषौँदेखि अरुको जग्गामा खेती किसान गरेर परिवार पालेका छन् ।

कृषिमा आवद्व उनीहरुकोमा सिञ्चाई छैन । आकाशे पानीको भर पर्छन् । त्यहि वडाको वारी गाउँ भने झिलिमिली छ । सय वटा डिप बोरिङ र विजुली वत्तिको सुविधा छ ।

चुनाव जितेपछि नेता फर्किदैनन्

त्यहाँका एक स्थानीयले भने –‘चुनावका बेलामा नेताहरु भोट माग्दै आउँछन् । चुनाव जित्छन् । अनि यहाँ कहिलै फर्केर आउँदैनन् । वडाध्यक्ष त झन जितेर गएपछि आजै अनुहार देखाए ।’

वडाध्यक्ष भट्टराईले बाटोको विवादका कारण बाटो बन्न नसकेको दावी गरे । वारीकोलाई डिप बोरिङको व्यवस्था गरेको स्वाकारे ।

नगरपालिकामा जुन मेयर आएपनि विजुली, बाटो र झालेङ्गे पुल बनाई दिन्छौँ भन्छन् । तर, बषौँ भयो अहिलेसम्म कुनै नेताले बनाउन नसकेको बास्केको भनाई छ ।

डिप बाेरिङकाे माग

‘यहाँको सबै समस्या हामीले बुझेका छौँ’, मेयर बुढाथोकीले भने–‘डिपिआर पनि बनिए । यो सबै गर्न वजेट चाहिन्छ । वजेट छैन । केन्द्रले सहयोग गर्नुपर्छ । त्यसका लागि हामी पहल गर्छौँ । त्यसैका लागि विद्युतको हाकिम पनि ल्याएर आएको ।’

‘तपाईहरुले आफ्नो समूह बनाएर कृषिका लागि डकुमेन्ट ल्याएर आउनुहोस् डिप बोरिङ हाल्ने काम गरिदिन्छु’ मेयर बुढाथोकीले भने ।

असार सम्ममा विजुली बाल्छाैँ : हाकिम बजगाई

नेपाल विद्युत प्राधिकरण भद्रपुर वितरण केन्द्रका प्रमुख राजमणि बजगाईले १२-१५ घरमा विद्युत जडान गर्नु पर्ने आवश्यक देखिएको बताए । उनका अनुसार स्टेमेट तयार गरेर केन्द्रमा वजेट माग गर्नु पर्छ ।

४० वटा पोल र चार किलोमिटर तारका लागि करिव २० लाख रुपैयाँ वजेट लाग्ने अनुमान उनको छ । खोला र पैनीमा ह्याम्प पाइप लगायतका लागि नगरपालिकासँग सहकार्य गरेर विद्युत विस्तारको तयारी गरिने उनको बताए ।

यो आर्थिक मसान्त अर्थात असार सम्ममा ‘मेची पारी’को १५ वटा घरमा विद्युत विस्तार गरिने बजगाईको दावी छ ।

पछिल्लो समाचार

पूर्वराजाद्वारा पृथ्वी नारायणको शालिक अनावरण

अघिल्लो समाचार

झापाका प्रजिअ सुदूरपश्चिम सरुवा

Related Posts

सूर्तीजन्य, मादक पदार्थ र लागूऔषध बिक्री वितरण रोक्न माग
banner

सूर्तीजन्य, मादक पदार्थ र लागूऔषध बिक्री वितरण रोक्न माग

मंसिर २३, २०८२, २:३६ .मङ्लबार
क्रियाशील सदस्यता विवरण छिट्टै सार्वजनिक हुन्छ : कांग्रेस प्रवक्ता शर्मा
banner -1

प्रतिनिधि सभाका लागि झापा–१ बाट शर्माको नाममात्र सिफारिस

मंसिर २३, २०८२, १:४८ .मङ्लबार
तीन पत्रकारलाई टंकप्रसाद–रमादेवी पाठक पत्रकारिता पुरस्कार
banner -2

तीन पत्रकारलाई टंकप्रसाद–रमादेवी पाठक पत्रकारिता पुरस्कार

मंसिर २३, २०८२, १:३१ .मङ्लबार
भलिबल प्रशिक्षक कुमार राई एक लाखसहित सम्मानित
banner -1

भलिबल प्रशिक्षक कुमार राई एक लाखसहित सम्मानित

मंसिर २०, २०८२, १२:२० .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.