बिर्तामोड, १६ मंसिर । शब्दपत्र अनलाइनका सम्पादक उद्धव पुरी सम्मनित भएका छन् ।
शब्दपत्रका सम्पादक पुरीलाई बिर्तामोड स्थित पतालगंगा बचत तथा ऋण सहकारी संस्थाले १५ औं वार्षिक साधारण सभाको अवसरमा नगदसहित सम्मान गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकालले पुरीलाई सम्मान गरेका हुन् ।
पत्रकारिताको माध्यमबाट सहकारी क्षेत्रको विकासमा पुरीले पुर्याएकाे योगदानको कदर गर्दै पतालगंगा वर्ष उत्कृष्ट पत्रकारिता पुरस्कार प्रदान गरिएको सहकारीका अध्यक्ष गिरीले जानकारी दिए ।
कार्यक्रममा पत्रकार पुरी, सहकारीका ज्येष्ठ सदस्य करणध्वज लिम्बू, बीरवहादुर गुरुङ, उत्कृष्ट उद्यमी हेमप्रसाद उप्रेती, ममता राजवंशी, उत्कष्ट बचतकर्ता चन्द्रवहादुर कटुवाल, रामवाबु सहनीलाई नगदसहित सम्मान गरिएको थियो ।
त्यस्तै उत्कृष्ट कर्मचारीका रुपमा साकोसकी कर्मचारी कुमारी घोर्साइ दासलाई नगदसहित सम्मान गरिएको थियो ।
आर्थिक वर्ष २०७९/०८० असार मसान्तसम्म एक हजार एक सय ८२ जना शेयर सदस्य रहेको संस्थाको शेयर पूँजी ७७ लाख ९ सय रुपैयाँ रहेको अध्यक्ष गिरीद्वारा प्रस्तुत प्रतिवेदनमा उल्लेख गरिएको छ ।
सहकारीले आर्थिक वर्ष २०७९/०८० मा कुल लगानी ४४ लाख ९९ हजार सात सय ६७ रुपैयाँ ३९ पैसा गरेको बताइएको छ ।
पतालगंगा सहकारीका अध्यक्ष गिरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि ढकाल, कनकाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेल, नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरी, जिल्ला बचत तथा ऋण सहकारी संघ झापाका वरिष्ठ उपाध्यक्ष उपेन्द्रप्रसाद ओली, बिर्तामोड साना सहकारी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष मेघराज बाँस्तोला लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
सहकारीका उपाध्यक्ष टंकप्रसाद भेट्वालले स्वागत गरेको कार्यक्रमको सञ्चालन सञ्चारकर्मी लीला अनमोलले गरेकी थिइन् ।
Discussion about this post