मेचीनगर, २८ पुस । मेचीनगरमा मुख्य कार्यालय रहेकाे सगरमाथा यातायात प्रालिकाे अध्यक्षमा नविन काेइराला सर्वसम्मत चयन भएका छन् ।
आज मेचीनगर-७ स्थित प्रालिकाे आफ्नै भवनमा सम्पन्न अधिवेशनले काेइरालाकाे नेतृत्वमा ९ जनाकाे सञ्चालक समिति सर्वसम्मत चयन गरेकाे हाे ।
कोइराला प्रनिक आयल स्टोरका सञ्चालक र मेची पेट्रोलियम डिलर्स एशोसिएशन झापाका अध्यक्ष समेत हुन् ।
३ वर्षे कार्यकाल रहने समितिकाे सदस्यहरूमा प्रविन थापा, कमल थापा क्षेत्री, दिपक पाण्डे, श्याम थापा, बद्री प्रसाद उप्रेती, विनाेद सुवेदी, हरिप्रसाद मैनाली र टिकाराज दाहाल रहेका छन् ।
निर्वाचन समिति संयाेजकमा प्रेमप्रसाद विमली तथा सदस्यहरूमा रामबहादुर थापा र विजय उप्रेती रहेका थिए ।
कार्यक्रममा मेचीनगर नगरपालिका पूर्व मेयर विमल आचार्यकाे प्रमुख आतिथ्यता रहेकाे थियाे ।
कार्यक्रममा प्रमुख अतिथि आचार्य, सगरमाथा यातायात प्रालिका संस्थापक अध्यक्ष खगेन्द्र उप्रेती लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
नवनिर्वाचित अध्यक्ष काेइरालाले ९५ प्रतिशत भन्सार छुटमा ल्याएका सुविधा युक्त ३० वटा गाडीहरू हाल धरान र विराटनगर रूटमा चलिरहेकाे बताए ।
निकट भविष्यमा लामाे दुरीका रूटमा पनि गाडी सञ्चालन गरिने उनकाेभनाई छ । ज्येष्ठ नागरिक, विद्यार्थी र पत्रकारलाई यातायातमा विशेष छुट दिइएकाे बताइएकाे छ ।
सगरमाथा यातायात प्रालिका अध्यक्ष मेदनीप्रसाद खरेकाे अध्यक्षतामा सम्पन्न कार्यक्रमकाे स्वागत सञ्चालक समिति सदस्य नवीन काइरालाले र सञ्चालन प्रबन्ध निर्देशक प्रविन थापाले गरेका थिए ।
Discussion about this post