६ पुष २०८२, आईतवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

वार्षिकोत्सव (फोटो फिचर)

खेल मैदानको जग्गा विद्यालयकै नाममा हुनुपर्छ : प्रअ न्यौपाने

माघ १५, २०८०, ३:१३ .सोमवार
0
0
0
SHARES
377
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, १५ माघ । ५६ वर्षदेखि काँकरभिट्टा माध्यामिक विद्यालयले भोगचलन गरेको खेल मैदानको जग्गा नगरपालिकाले आफ्नो नाममा सिफारिस गरेसँगै विरोध सुरु भएको छ ।

आइतबार विद्यालयको ५६ औँ वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा प्रधानाध्यापक हरिप्रसाद न्यौपानेले ५६ वर्षदेखि काँकरभिट्टा माध्यामिक विद्यालयले चर्चेेको खेल मैदानको जग्गा नगरपालिकाले आफ्नो नाममा सिफारिस गरेको दावी गरे ।

हाल काँकरभिट्टा क्षेत्रमा रहेका सार्वजनिक जग्गाहरु राष्ट्रिय आवास कम्पनीको नाममा रहेका छन् । विद्यालयको खेल मैदानको करिव ३ विगाहा जग्गा राष्ट्रिय आवास कम्पनीको नाममा छ ।

उक्त जग्गासहित काँकरभिट्टाका सार्वजनिक जग्गाहरु मेचीनगर नगरपालिकाले कम्पनीबाट आफ्नो नाममा ल्याउन पहल गरिरहेको अवस्था छ ।

वि.सं.२०२४ सालमा मेचीनगर–६ मा स्थापना भएको काँकरभिट्टा माविको मेचीनगर–७ मा खानेपानी कार्यालयको प्रयोजनका लागि नगरपालिकालाई वार्षिक भाडा तिर्ने गरी दिएको ५ विगाहा १२ कठ्ठा जग्गा, मेचीनगर–८ मा होटल मेची क्राउनलाई भाडामा १० कठ्ठा जग्गा, खेल मैदानसहित ११ वटा सटर भएको कोठा भाडाको ३ विगाहा जग्गा र विद्यालय हाताभित्रको करिव २० कठ्ठा जग्गा रहेको प्रधानाध्यापक न्यौपानेले जानकारी दिए ।

२०७४ सालमा खानेपानी कार्यालयको प्रयोजनका लागि नगरपालिकाले वार्षिक ३ लाख भाडा तिर्ने गरी लिएको उक्त जग्गाको भुक्तानी नदिएको उनको भनाई छ । प्रत्यक २ वर्षमा १० प्रतिशत भाडा बढ्ने शर्तमा जग्गा दिएको थियो ।

यता होटल मेची क्राउनलाई ३० वर्षका लागि वार्षिक ३० हजार भाडा दिने गरी सम्झौता गरिएको न्यौपानेको दावी छ । यस्तै खेल मैदानसँग टासिएका ११ वटा सटरहरु पनि विद्यालयले भाडामा लगाएको उनले बताए ।

उनका अनुसार २०४२÷४३ सालमा भौतिक पूर्वाधार तथा विकास मन्त्री वलबहादुर राईले खेल मैदानसहितको जग्गा विद्यालयकै नाममा हुनुपर्छ भनेर तोकआदेश गरेका थिए । त्यसपछि पनि विद्यालय व्यवस्थापन समितिको निर्णय लगायतका प्रमाण पुग्ने कागजातसहित विद्यालयको नाममा जग्गाको धनीपुर्जा उपलब्ध गराइदिन पटक–पटक राष्ट्रिय आवास कम्पनीलाई अनुरोध गरिएको छ ।

दुईदिन अघिमात्र काँकरभिट्टाका सार्वजनिक जग्गाहरु स्थलगत अनुगमनमा आएकी संघीय सहरी विकास मन्त्री सीता गुरुङलाई मेचीनगर नगरपालिकाले विद्यालयको खेल मैदानसहितको जग्गाहरु राष्ट्रिय आवास कम्पनीबाट आफ्नो नाममा हस्तान्तरण हुनुपर्ने मागसहितको ध्यानाकर्षण पत्र बुझाएको थियो ।

खेल मैदानको जग्गा नगरपालिकाले आफ्नो नाममा सिफारिस गरेको थाहा पाएपछि विद्यालयले विरोध गरेको छ । पूर्व विद्यार्थी, संस्थापक, अभिभावक, शिक्षक लगायतले सार्वजनिक रुपमा नै चौतर्फी विरोध गर्न सुरु गरेका छन् ।

खेल मैदान विद्यालयकै नाममा हुनुपर्छ भन्ने मागसहित यसअघि संघीय सहरी विकास मन्त्रालय, शिक्षा मन्त्रालय, स्थानीय विकास मन्त्रालय, राष्ट्रिय आवास कम्पनी लगायतलाई पत्राचार गरिएको प्रधानाध्यापक न्यौपानेले बताए ।

‘खेल मैदानरहितको विद्यालय बनाउन हुन्न’, स्वागत मन्तव्यमा नै न्यौपानेले भने–‘संसारमा काहिँ छैन खेल मैदान नभएको विद्यालय । आफ्नो खेल मैदानमा खेलकुदका कार्यक्रम गर्न अन्य निकाय र व्यक्तिहरुलाई सोध्नु पर्ने बाध्यता भएको छ ।

खेलमैदान जोगाउन विद्यालयका संस्थापक, अभिभावक, समाजसेवी, पूर्व विद्यार्थी लगायत सबै शुभचिन्तक महानुभावहरुले पहल गर्न आवश्यक रहेको छ ।’

वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा विभिन्न विधामा उत्कृष्ट हुने विद्यार्थी, शिक्षक, कर्मचारी, अभिभावक, संस्थापक लगायतलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा कक्षा–१० का वर्ष सर्वोत्कृष्ट विद्यार्थी विवश दाहाल र कक्षा–८ का वर्ष उत्कृष्ट तपस निरौलालाई पुरस्कारसहित सम्मान गरिएको थियो । कार्यक्रममा विद्यार्थीहरुले गीत, नित्य, दर्पण पत्रिका तथा विज्ञान र चित्रकला प्रदर्शनी समेत गरेका थिए ।

वार्षिकोत्सवको उद्घाटन कोशी प्रदेशसभा सदस्य गोपाल तामाङले गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि सांसद तामाङ, मेचीनगर नगरपालिकाकी उपमेयर मीना पोखरेल उप्रेती, पूर्व विद्यार्थी समाजका अध्यक्ष अरुणकुमार प्रधान लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

विद्यालय व्यवस्थापन समितिका कार्यवहाक अध्यक्ष होमबहादुर विष्टको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सहायक प्रधानाध्यापक मदन अधिकारीले गरेका थिए ।

पछिल्लो समाचार

महामन्त्री थापाले सुरु गरे झापाबाट ‘संवाद यात्रा’

अघिल्लो समाचार

कैदीबन्दीकाे समस्या समाधान गर्छु : सभामुख घिमिरे

Related Posts

प्रधानमन्त्री ओलीले आइतबार विश्वासको मत लिने
banner

कार्यकर्ताले ओलीलाई अध्यक्षमा तेस्राे पटक पनि जिताए

पुस ३, २०८२, ८:१६ .बिहिबार
अपाङ्गता भएका व्यक्तिहरूकाे संस्थाका पदाधिकारीलाई क्षमता विकास तालिम
banner -1

अपाङ्गता भएका व्यक्तिहरूकाे संस्थाका पदाधिकारीलाई क्षमता विकास तालिम

पुस २, २०८२, १:५७ .बुधबार
प्याव्सन मेचीनगरको अन्तरविद्यालय प्रतियोगिता
banner -2

प्याव्सन मेचीनगरको अन्तरविद्यालय प्रतियोगिता

मंसिर २९, २०८२, १२:५६ .सोमवार
झापा गोल्डकप माघ २४ गतेदेखि
banner -1

झापा गोल्डकप माघ २४ गतेदेखि

मंसिर २९, २०८२, १२:४१ .सोमवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.