३ पुष २०८२, बिहीबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

फोटो फिचर

‘समाजवाद’को लक्ष्यसहित उत्पादन क्षेत्रमा लगानी बढाउँदै एनएमसी

माघ २५, २०८०, ६:३९ .बिहिबार
0
0
0
SHARES
99
VIEWS
Share on FacebookShare on Twitter

।। अर्जुन कार्की ।।

मेचीनगर, २५ माघ । राजनीतिक दलका नेताहरुले बढी प्रयोग गर्ने शव्द हो समाजवाद ।

नेपालको संविधानमा नै समाजवाद उन्मुख राज्य उल्लेख गरिएपछि नेताहरुले प्रयोग गर्ने शव्द हो यो । राजनीतिक दल र तिनका नेतृत्वले समाजवादको अवधारणाप्रति कति इमानदार र प्रस्ट छन् भन्ने कोणबाट बहस र छलफल मसिनो ढंगले गरेका छैनन् ।

विगत केही दशकदेखि समाजवाद शब्द एउटा छ तर, यसको परिभाषा विभिन्न तरिकाले गरेको पाइन्छ । यहाँ एउटा कुरा जोड्न खोजको के हो भने नेताहरुले सधै प्रयोग गर्ने शव्द समाजवाद हो । तर, अब सहकारी अभियन्ताहरुले पनि समाजवादको शव्दलाई रटान गर्न थालेका छन् ।

झापाकै एउटा अव्वल र परिचित सहकारीले त्यो रटानलाई सार्थक बनाउन लागि परेको छ । पछिल्लो समय नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) झापाले उत्पादनमूलक क्षेत्रमा लगानी बढाउँदै लगेको छ । त्यसको मुख्य कारण एनएमसीलाई समाजवादतर्फ लाने नै ध्याय देखिन्छ ।

वि.सं.२०५० सालमा तत्कालिन काँकरभिट्टा गाविस–८ नम्बर वडाबाट २६ जना शेयर सदस्यको दुई लाख ५३ हजार शेयर पूँजीबाट शुरु भएको सहकारी संस्थामा हाल १ लाख भन्दा बढी शेयर सदस्य छन् । संस्थामा १ अर्ब ४२ करोड शेयर रकम पुगेको छ । संस्थाले हालसम्म १३ अर्ब ७२ करोडको सम्पत्ति जोडिसकेको छ ।

यस मानेमा पनि सहकारीले ५ वर्ष यता बैंकिङ कारोबारमा मात्र सीमित भएन, अन्य व्यवसायतर्फ फड्को मारेको छ । बैंकिङतर्फ १० अर्व ६० करोड लगानी गरेको संस्थाले यसको दायरा बढाएर डेरी व्यवसायतर्फ १५ करोड, एकीकृत नमूना कृषि फर्मतर्फ २४ करोड, सहकारी पसल व्यवसायमा १८ करोड र चिया प्रशोधन व्यवसायमा १३ करोड भन्दा बढी रकम लगानी गरिसकेको छ ।

एनएमसीका पूर्व अध्यक्ष रामचन्द्र उप्रेतीले समाजको परिकल्पना नै समाजवाद भएको बताए । उनका अनुसार राजनीतिक दलहरुले भने जस्तो समाजवाद होइन, सामाजिक रुपमा आर्थिक र व्यवहारिक पक्षलाई हेर्ने प्रकारको समाजवाद चाहिँएको छ ।

‘सामाजिक परिकल्पनामा जसले आफ्नो उद्यमशील र जिवीकोपार्जन गर्नलाई सामूहिक रुपमा सहकार्य गरेर दुःखमा, समस्या र सारो गाह्रोमा साथ दिने, आनीबानी सुधार गर्ने, फजुल खर्च कम गर्ने, सदस्यका परिवारलाई समेत काममा जोड्ने, सहजिकरण गर्ने, सबै सदस्यलाई मालिक बनाउने उद्देश्य समाजवादको अभ्यास हुन् । त्यो काम एनएमसीले गरिरहेको छ’, उनले भने ।

उप्रेती भन्छन्–‘३० वर्षअघि सीमित व्यक्तिहरुबाट सामान्य पैसा संकलन गरेर सामूहिक पहलमा चलाएको सहकारीले अहिले यो रुपमा आउनु नै समाजवाद उन्मुख नै हो । यसबाट धेरैले रोजगार पाए । यसका सबै शेयर सदस्य मालिक हुन् ।’

‘आ–आफ्नो ठाउँबाट सबैले जिम्मेवारी वहन गरिरहेका छन् । पूर्व अध्यक्ष हुने वित्तिकै संस्था छोडदिने भन्ने कुरा हुँदैन । अहिले कृषि फर्मलाई कसरीअघि बढाउन सकिन्छ भनेर घोतलिरहेकोे छु । किसान सदस्यहरुलाई धेरै भन्दा धेरै फाइदा दिन सकिन्छ भनेर लागिरहेका छौँँ । यो एउटा समाजवादको अभ्यास हो’, उनले भने ।

एनएमसीको ३७ करोड बढी लगानी कृषिमा छ । यसले सयौँ युवाहरुलाई स्वरोजगार बनाउने र उत्पादनमा जोड्न संस्था लागि परेको छ । यो हिसावले सहकारीले अब सबैभन्दा धैरै लगानी कृषि क्षेत्रमा मार्ग प्रशस्त गरेको प्रष्ट हुन्छ ।

मेचीनगर–१४ को दुहागढी स्थित एनएमसीको १६ विगाहा जग्गामा एकीकृत नमूना कृषि फर्म सञ्चालनमा छ । कृषि अन्तरगत गाई पालन, माछा पालन, तरकारी खेती, बिरुवा, फलफुल, साइलेस, चिस्यान केन्द्र, कस्टम हायरिङ, मौरी पालन, हाँस पालन लगायतका उत्पादनशील क्षेत्रमा सहकारीले लगानी गरेको छ ।

‘चिया प्रशोधन, डेरी उद्योग, सहकारी पसल, बैंकिङ कारोबारमा संस्थाका मजदुर, किसान, कर्मचारी, सञ्चालक लगायत सबै सदस्यहरु विभिन्न समितिमा बसेर काम गरिरहनु भएको छ, संस्थाले बाटो प्रशस्त गरिदिएको छ, त्यो पनि समाजवादको प्रारुप हो’, पूर्व अध्यक्ष उप्रेतीले भने ।

भिडियो पनि हेर्नुहोला ।

पछिल्लो समाचार

एमाले झापाको अधिवेशन बैशाखको दोस्रो हप्ता

अघिल्लो समाचार

मेची कृषक सहकारीको अध्यक्षमा फेरि बुढाथोकी

Related Posts

प्रधानमन्त्री ओलीले आइतबार विश्वासको मत लिने
banner

कार्यकर्ताले ओलीलाई अध्यक्षमा तेस्राे पटक पनि जिताए

पुस ३, २०८२, ८:१६ .बिहिबार
अपाङ्गता भएका व्यक्तिहरूकाे संस्थाका पदाधिकारीलाई क्षमता विकास तालिम
banner -1

अपाङ्गता भएका व्यक्तिहरूकाे संस्थाका पदाधिकारीलाई क्षमता विकास तालिम

पुस २, २०८२, १:५७ .बुधबार
प्याव्सन मेचीनगरको अन्तरविद्यालय प्रतियोगिता
banner -2

प्याव्सन मेचीनगरको अन्तरविद्यालय प्रतियोगिता

मंसिर २९, २०८२, १२:५६ .सोमवार
झापा गोल्डकप माघ २४ गतेदेखि
banner -1

झापा गोल्डकप माघ २४ गतेदेखि

मंसिर २९, २०८२, १२:४१ .सोमवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.