धुलाबारी, ८ फागुन । प्रा. डा. लाेकराज बरालले दक्षिण एशियामा सबै भन्दा राम्राे लाेकतन्त्र नेपालमा रहेकाे बताएका छन् ।
आज मेचीनगर लेडी जेसीजले धुलाबारी स्थित मेची उद्योग बाणिज्य संघकाे सभाहलमा आयोजित वर्तमान राजनीति र अबकाे बाटाे कार्यक्रममा प्रमुख बक्ता बरालले साे कुरा दावी गरेका हुन् ।
नेपालका लागि भारतका राजदुत समेत रहेका उनले विगतदेखि नै कमाण्डकाे नेतृत्व गर्दै आएका केही मुठिभरका शासकहरूले लाेकतन्त्रलाई धरापमा पार्न खाजेकाे बताए ।
´विगतमा राणा र पञ्चायती शैलीले देश बनेन, अहिलेकाे नेतृत्व त्यहि गरिरहेका छन्`, बरालले भने-´अब इमानदार, समावेशी, संघीयता र लाेकतन्त्र बुझेकाेले मात्र देश बनाउन सक्छ । हुकुमी शासनले, कमाण्ड राजनीतिले अब देश चल्दैन । तर, राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन र दुर्गा प्रसाईले भनेकाे भरमा राजतन्त्र फर्किन्छ र ? । समावेशीकरण, धर्मनिरपेक्ष लाेकतन्त्रकाे सुन्दर पक्ष हाे । धर्मकाे नाममा राजनीति गर्न हुँदैन । भारतमा प्रधानमन्त्री नरेन्द्र माेदीले त्यहि गरे । त्याे राम्राे पक्ष हाेइन ।`
कार्यक्रमका अर्का वक्ता प्राध्यापक कृष्ण खनालले संविधानमा थुप्रै गल्तीहरू रहेकाे बताए । उनका अनुसार धेरै विषय सुधारेर लानु पर्छ ।
´पुरानाे पार्टीहरूकाे संरचना परिवर्तन गर्नु पर्छ`, खनालले भने- ´नेतृत्व कमजाेर भए ।`
कार्यक्रममा विद्वान कृष्ण हाछेथुले आवरण गणतन्त्रकाे भए पनि व्यवहार राजतन्त्रकै रहेकाे दावी गरे ।
कार्यक्रमका मुख्य वक्ताहरूले स्थानीय समाजसेवीहरू नरेन्द्रकुमार खड्का, इन्द्रबहादुर बुढाथोकी, सागर शिवाकोटी, नारायण वस्नेत लगायतकाे जिज्ञासाकाे जवाफ दिएका थिए ।
मेचीनगर लेडी जेसीजका अध्यक्ष पवित्रा विमली प्रसाईकाे अध्यक्षतामा सम्पन्न कार्यक्रमकाे स्वागत कार्यक्रम संयाेजक शर्मिला दाहालले र सञ्चालन महासचिव रेजिना श्रेष्ठले गरेकी थिइन् ।
Discussion about this post