२७ कार्तिक २०८२, बिहीबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

बाल्मीकिका विद्यार्थीले बनाए प्लाष्टिकबाट पेट्रोल

फाल्गुन १०, २०८०, १:४१ .बिहिबार
0
0
0
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter

बिर्तामोड, १० फागुन । राज्यले प्लाष्टिकको उचित ब्यवस्थापन गर्न नसकिरहेको अवस्थामा बिर्तामोडको बाल्मीकि एजुकेशन फाउण्डेशनमा अध्ययनरत् विद्यार्थीले फालिएका प्लाष्टिकबाट पेट्रोल उत्पादन गर्न सकिने सन्देश दिएका छन् ।

विद्यार्थीले थोत्रा प्लाष्टिकबाट पेट्रोल उत्पादन गर्न सकिने उदाहरण प्रस्तुत गर्दै विद्यालय परिसरमा आयोजित कार्यक्रमकाबीच प्लाष्टिकबाट पेट्रोल उत्पादन गरेर देखाउँदा सहभागी अभिभावकहरु छक्कै परेका थिए ।

सरकारलाई समेत प्लाष्टिक व्यवस्थापनमा समस्या परिरहेको अवस्थामा विद्यार्थीले सहजै प्लाष्टिकबाट पेट्रोल उत्पादन गरेर देखाउँदा कार्यक्रममा सहभागी अधिकांशले राज्यको कमजोरीका कारण क्षमता भएर पनि नेपाली विद्यार्थी विदेशिनु परेको आरोप लगाए ।

प्लाष्टिक प्रयोग गर्दै विद्यार्थीले प्रयोगात्मक रुपमा पेट्रोल उत्पादन गरेर देखाउँदा प्लाष्टिकको व्यवस्थापन गर्न सहज रहेको र सरकारले यस्ता खाले प्रविधि भित्राएर थोत्रा प्लाष्टिक व्यवस्थापनसँगै पेट्रोल उत्पादन गर्न सकिने दावी पेश गरेका थिए ।

कक्षा ११ र १२ मा अध्ययनरत् विद्यार्थीले पाइरोलाइसिस प्लाष्टिक प्लान्ट प्रविधिमार्फत खेर गएको प्लाष्टिकलाई प्रयोग गरेर पेट्रोल बनाउन सकिने सन्देश दिए । वाल्मीकि एजुकेशन फाउण्डेशनमा बुधवार ‘स्टेम फेष्ट’ (साइन्स, टेक्नोलोजी, इञ्जिनियरिङ, आर्ट, म्याथ फेस्टिवल) कार्यक्रमको आयोजना गरिएको थियो ।

सोही कार्यक्रममा सहभागी विद्यार्थीमध्ये केही विद्यार्थीले प्लाष्टिकबाट पेट्रोल बनााएर देखाएका हुन् । त्यस्तै अन्य विद्यार्थी समेतले आ–आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए । विद्यालय परिसरमा आयोजना गरिएको ‘स्टेम फेष्ट’को उद्घाटन बिर्तामोड नगरपालिकाकी मेयर पवित्रादेवी महतरा प्रसाईले गरेकी थिइन् ।

यसअघि विद्यालयको गेटमा रहेको रिवन मोवाइल एपद्वारा कन्ट्रोल गर्दै रोवटले काटेर कार्यक्रमको उद्घाटन गरिएको थियो ।

दुई सत्रमा देखाइएको सो प्रदर्शनीमा विद्यार्थीसहित करिव ३ हजार अभिभावकले अवलोकन गरेको विद्यालयका प्रिन्सिपल विष्णु सिंघलले बतााए । विद्यार्थीलाई प्रयोगात्मक शिक्षा तथा मनोरञ्जन गर्दै सिक्न सकिने भन्दै विद्यालयले बृहत् रुपमा विज्ञान प्रविधि, गणित, कम्प्युटर, कला, खानाका परिकार, नाचगान, हस्तकलाका सामग्री प्रदर्शनी गरेको थियो ।

प्रदर्शनीमा पाँचसय भन्दा धेरै प्रकारका विद्यार्थीद्वारा निर्मित साधारणदेखि विशिष्ठकृत सामग्री राखिएको विद्यालयका प्रिन्सिपल सिंघलले जानकारी दिए ।

उनका अनुसार विद्यालयको प्राङ्गणमा आयोजित प्रदर्शनीमा १८० वटा स्टलमा भौतिक, रसायन, जीव, कम्प्युटर विज्ञान र रोबोटिक्सका सामाग्रीहरु प्रदर्शनीमा राखिएको हो । ती सामाग्रीहरु विद्यार्थीले निर्माण गरेका विद्यालयले जनाएको छ ।

होटल मेनेजमेन्टमा अध्ययनरत विद्यार्थीहरुले बनाएका विभिन्न खाद्य परिकारहरुको ८ वटा स्टल रहेको प्रिन्सिपल सिंघलले बताए । प्रदर्शनीस्थलमा रहेको प्लानेटोरियममा अभिभावकहरुको आकर्षण देखिन्थ्यो । विद्यार्थीहरुलाई प्रयोगात्मक ज्ञान दिने उद्धेश्यले प्रदर्शनी आयोजना गरिएको सिंघलको भनाइ छ । प्रदर्शनीमा विज्ञान प्रविधितर्फ फिजिक्स, क्यामेष्ट्री, वायोलोजी, ब्लड ग्रुप छुट्याउने, मधुमेह जाँच समेत गरिएको थियो ।

त्यस्तै विद्यार्थीले गणितका विभिन्न प्रकारका ज्यामिती र विभिन्न सूत्रहरुसंग सम्बन्धीत सामग्री प्रदर्शनमा राखेका थिए । गणितसंग सम्वन्धित विभिन्न प्रकारका खेलकुदका सामग्री प्रदर्शनमा राखिएको थियो ।

यसैगरी डिभिजन मेसिन, पाइथागोरस थेउरी, क्यासिनो गेम, प्रोभावलिटी गेम, विजगणितीय सूत्रसँग सम्बन्धीत, वर्ग तथा वर्गमूल यत्र, ग्राफ, म्याथमेटिकल सिटी समेत तयाार पारिएको थियो । विद्यार्थीले कम्प्युटर हार्डवेयर, सफ्टवेयरका विषयमा ज्ञान प्रदान गरिने सामग्री प्रदर्शनीमा राखिएको थियो ।

विद्यार्थीले फेस मुड डिटेक्सन, वाल्मीकि एआई वुट सर्च इञ्जिन, जारविस एआई वुट, मोवाइल ट्रयाकर, वार्किङ मोडल अफ इमेल, स्टार एण्ड रिङ टोपोलोजी मोडल, गेस द नम्वर एण्ड क्याल्कुलेटर एप प्रदर्शनीमा राखेका थिए ।

त्यस्तै कलासंग सम्वन्धी विद्यार्थीले पेन्सिल आर्ट, पेन आर्ट, लाइभ पेन्टिङ, फेस पेन्टिङ समेत गरेर अभिभावक र सहभागीलाई विद्यार्थीले देखाएका थिए । टेक्नोलोजीतर्फ १६ वटा रोवटिक्ससँग सम्बन्धीत आइतट प्रदर्शनमा राखिएको थियो ।

उनीहरुले ब्लुटुथ कन्ट्रोल रोवर्ट, स्मार्ट होम अटोमेसन, ड्रोन, एलइडी नोटिफिकेशन सिस्टम, टेलिस्कोप, डीसी जेनेरेट, स्मार्ट व्लाइन्ट स्टिक, अल्कोहल डिटेक्सन सिस्टम लगायतका सामग्री प्रदर्शनमा राखेका थिए ।

वाल्मीकिमा अध्ययनरत् विद्यार्थीले खानाका परिकार बनाएर अभिभावकलाई प्रदान गरेका थिए । ब्याचलर अफ होटल मेनेजम्यान्टका विद्यार्थीले प्रयोगात्मक शिक्षा अन्तरगत १६ परिकारका खाना बनाएर अभिभावक तथा विद्यार्थीलाई वितरण गरेको र उनीहरुले आफ्नो कला कौशल प्रस्तुत गरेको विद्यालयका शिक्षक भावुक कार्कीले बताए ।

कार्यक्रममा करिव सयबढी विद्यार्थीले एकैपटक एउटै स्टेजमा नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा प्याब्सन बिर्तामोडका अध्यक्ष उत्तम खनाल, न्यूटन्स एजुकेशनका प्रिन्सिपल देवेन्द्र हुमागाई लगायतको आतिथ्य रहेको थियो । कार्यक्रमको सञ्चालन शिक्षकद्वय जीवन आचार्य र आशिष कार्कीले गरेका थिए ।

पछिल्लो समाचार

मेचीनगरमा पहिलो पटक ‘इन्जिनियरिङ एक्जिवेशन’ हुने

अघिल्लो समाचार

राजदुत–मन्त्रीसँग प्लाइउड निर्यात र पर्यटकका विषयमा छलफल

Related Posts

मेचीनगरमा लैङ्गिक हिंसा विरूद्वकाे क्षमता अभिवृद्धि कार्यक्रम
banner -2

मेचीनगरमा लैङ्गिक हिंसा विरूद्वकाे क्षमता अभिवृद्धि कार्यक्रम

कार्तिक २६, २०८२, ११:३१ .बुधबार
पुलिसलाई झापा महिला गोल्डकपको उपाधि
banner -1

पुलिसलाई झापा महिला गोल्डकपको उपाधि

कार्तिक २४, २०८२, २:२२ .सोमवार
जन दवावका लागि भाेलि एमाले मेचीनगरकाे माेटरसाइकल र्याली
banner -2

जन दवावका लागि भाेलि एमाले मेचीनगरकाे माेटरसाइकल र्याली

कार्तिक २४, २०८२, ११:४३ .सोमवार
झापा महिला गोल्डकप : उपाधिमा पुलिस र एपिएफको दावी
banner -2

झापा महिला गोल्डकप : उपाधिमा पुलिस र एपिएफको दावी

कार्तिक २३, २०८२, १२:४३ .आइतवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.