५ माघ २०८२, सोमबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

‘छोटे राजा’हरु जनतामैत्री बन

फाल्गुन १४, २०८०, २:३४ .सोमवार
0
0
0
SHARES
47
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर अनलाइन आजबाट दोस्रो वर्षमा प्रवेश गरेको छ । पाठकहरुसँग यो खुसी साट्न पाउँदा हामी निकै उत्साहित छौँ । एक वर्षमा पाठक र विज्ञापन दाताहरुबाट पाएको न्यानो माया, हौशला, विश्वास र खबरदारी हाम्रो सम्पत्ति हुन् । यसको निरन्तरताको पक्षमा छौँ ।

यसको प्रकाशन सुरु गर्दा मुख्य त हामी पत्रकारिता तटस्थ र निष्पक्ष गर्ने पक्षमा थियौँ र अहिले पनि छौँ । हामीले आफूलाई निरन्तर समावेशी लोकतन्त्र, अभिव्यक्ति स्वतन्त्रता, नागरिकका मौलिक हक, मानवअधिकार, सुशासन र भुईमान्छेका पक्षमा उभ्याउने प्रयत्न गरिरहेका छौँ ।

देशले संघीय शासन प्रणालीको अभ्यास गरिरहेको छ । एउटा संघीय सरकार, ७ वटा प्रदेश सरकार र ७५३ वटा स्थानीय सरकारबाट संविधानको कार्यान्वयन गरिरहेको अवस्था विद्यमान छ । ती सरकारहरुसँगै नेपाली समाजका अपेक्षाका चाङहरु पनि धेरै छन् । घोषणा गरिएका वाचा, अपेक्षा र आवश्यकताको फिउँजन कसरी मिलाउने सबैको चासोको विषय छ ।

हामी सम्भव भएसम्म तीनै तहका सरकारका काम कारवाहीप्रति चनाखो र निगरानी गरिरहेका छौँ । उनीहरुले गरेका काम कारवाही पाठकहरु माझ सूचित गर्ने कार्य भइरहेको छ । आगामी दिनमा पनि स्वतन्त्र र सत्ताको प्रतिपक्षी भूमिकाकै रुपमा सतिशालको रुख जस्तै भएर ठिंग उभिनेछौँ भन्ने विश्वास पाठकहरुलाई राख्न चाहन्छौँ ।

मिटरव्याज पीडित, किसान, मजदुर, स्थानीय वा संघीय कर्मचारी लगायतका समस्या, सत्ताबाट सिर्जित बहस वा सडकमा लागेका नारा । हामी आफ्नो विवेकले सही ठहर्याएको मुद्दाका पक्षमा उभियौँ, र सधै त्यसैका पक्षमा डटेर लाग्ने प्रण गर्दछौँ । देशमा अहिले समृद्धिको चर्को बहस पनि चलिरहेको छ । समृद्ध नेपालको प्रयत्नप्रति हाम्रो पनि साथ छ । तर, अहिले जसरी समृद्धिको बहस चर्चामा आइरहेको छ, त्यसप्रति हामी सजग छौँ ।

एउटा राजा हटे पनि अहिले मुलुकमा धेरै छोटे राजाहरुको जन्म भएको छ । जनतालाई रैती वा दास नसम्झ । राम्रो काम गरे हाई हाई हुनेछौँ नत्र जुत्ताको माला लगाउन पनि तयार हुनु पर्ने दिन आउन सक्छ । छोटे राजाहरु शासक होइन जनताको साथि बनेर जनमुखी काम गर । त्यसमा हाम्रो पनि साथ र सहयोग रहनेछ ।

त्यसो त कर्मचारीहरु पनि दोषी छैनन् भन्ने कुरा होइन । राणाशासन होस्, पञ्चायती शासन । अहिले पनि कर्मचारीहरुको मुलुकमा रजगज छ । नियमपूर्वक आएका फायल नरोक, सेवाग्राहीलाई दुःख नदेउ । हुन्छ भने हुन्छ भन्दिने, हुँदैन भने यो कारणले हुँदैन भनेर प्रस्टसँग भन्दिने । जबसम्म यो देशका कुनै पनि समुदायले आफूलाई दोस्रो दर्जाको नागरिक महसुस गरी नै रहनुपर्ने हुन्छ; तबसम्म राज्यसँग हाम्रा प्रश्न सोझिरहनेछ ।

हाम्रा यस्तै कर्महरुले नै हामीलाई पाठकमाझ विश्वसनीय अनलाइनका रुपमा उभ्याएको हाम्रो ठहर छ । अझै यो अनलाइनलाई भुईमान्छेको बनाउने हाम्रो प्रयास जारी नै छ । हामी आवाज विहीनहरुको पक्षमा वकालत गर्नेछौँ । त्यसका लागि विगतमा जस्तै स्वतन्त्र, जिम्मेवार, जवाफदेही र भयरहित पत्रकारिता हाम्रो मुख्य अभियान हुनेछ ।

यो एक वर्षे यात्रामा मेचीनगर अनलाइन सम्झना योग्य रह्यो । यो अभियानलाई साथ र निरन्तर सहयोग गर्ने देश–विदेशमा रहनुहुने सम्पूर्ण शुभेच्छुक महानुभावहरुप्रति हार्दिक आभारसहित शुभकामना ।

पछिल्लो समाचार

हामी आजदेखि दोस्रो वर्षमा

अघिल्लो समाचार

वाणिज्य संघ चुनाव : ४ हजार ९४ मत खस्यो

Related Posts

झापा–१ मा पाँच पार्टीका ५ जना उम्मेदवार तय
banner

झापा–१ मा पाँच पार्टीका ५ जना उम्मेदवार तय

माघ ४, २०८२, २:१९ .आइतवार
झापा–१ बाट एमालेका रामचन्द्र उप्रेती उम्मेदवार
banner -1

झापा–१ बाट एमालेका रामचन्द्र उप्रेती उम्मेदवार

माघ ४, २०८२, १:१० .आइतवार
झापा-१ काे निर्वाचन अधिकृतकाे कार्यालय मेचीनगरमा स्थापना
banner -2

झापा-१ काे निर्वाचन अधिकृतकाे कार्यालय मेचीनगरमा स्थापना

माघ २, २०८२, ९:०२ .शुक्रबार
बिर्तामोडमा माघ ३ र ४ गते सुपर सिक्स क्रिकेट
box -3

बिर्तामोडमा माघ ३ र ४ गते सुपर सिक्स क्रिकेट

माघ १, २०८२, ११:२९ .बिहिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.