७ जेष्ठ २०८२, मंगलवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

किच्चकबधको सातौँ उत्खननको काम सम्पन्न

चैत्र १८, २०८०, ७:१२ .आइतवार
0
0
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

भद्रपुर, १८ चैत । भद्रपुर नगरपालिका–३ स्थित पृथ्वीनगरको धार्मिक तथा ऐतिहासिक स्थल किच्चकबधको सातौं उत्खनन सम्पन्न भएको छ ।

पृथ्वीनगरको देउनियाँ तथा मेची नदीको किनारमा रहेको ऐतिहासिक तथा धार्मिकस्थल किच्चकबधको ऐतिहासिकता प्रमाणित गर्न पुरातत्व विभागको टोलीले सातौं पटक उत्खननको काम सम्पन्न गरेको हो ।

वि.सं २०५८ सालमा पहिलो पटक पुरातत्वविद उद्धव आचार्यको नेतृत्व टोलीले उत्खनन गरेको थियो भने निरन्तर ७ औं पटकसम्म पुरातत्व विभागको नेतृत्व पुरातत्वविद् उद्धव आचार्यले गरेका छन् ।

केही वर्षअघि पुरातत्व विभागबाट सेवा निवृत्त भएका आचार्यले यसपटक नयाँ अधिकृत नवराज अधिकारीसहितको टोली लिएर १७ दिनसम्म उत्खनन गर्दा एउटा पूर्ण दरवारको ऐतिहासिकता दर्शाउने भग्नावशेष फेला परेको बताएका छन् ।

सातौं पटकसम्मको उत्खननमा आइपुग्दा उत्तरपूर्वमा एउटा बहुतले ठूलो भवन, ठूलो भवनकै केही दक्षिणमा अर्को भवन, सोही भवनकै उत्तरपश्चिम छेउमा सेन्ट्री बस्नेसहितको भवन, सोही भवनको केही पश्चिमदक्षिण अर्को बहुतले भवन र यी ४ वटा भवनको दक्षिणतिर २०० फुटको दुरीमा सुरक्षा प्रमुखसहित अरू सुरक्षाकर्मी बस्ने शैलीको अर्को दुई तले भवन गरी ५ वटा भवनका संरचना फेला परेको आचार्यको भनाई छ ।

आचार्यका अनुसार यसअघिका उत्खननबाट फेला परेका पुरातात्विक सामग्रीहरूको वैज्ञानिक परीक्षणबाट इशापूर्व प्रथम शताव्दीतिरको मानव सभ्यतासित गाँसिएका सामग्री प्रमाणित भएको छ । यस आधारमा किच्चकबधको ऐतिहासिकता २२०० वर्ष पुरानो भएको पाइएको आचार्यले बताए ।

आचार्यका अनुसार भारतमा सुँग कुषाण काल चलेको समयमा यसस्थलमा पनि कुनै शासकको दरबार र किल्ला रहेको हुन सक्छ । पाँचौं शताव्दीसम्म कायम रहेको अर्थात भारतको गुप्तकालसम्म कायम रहेको र अनुमान छ । त्यस समयमा यस क्षेत्रमा आएको प्राकृतिक विपत्तिका कारण यो स्थल ध्वस्त भएको हुनसक्ने फ्रेन्च भूगर्भविदको अध्ययनले देखाएको पुरातत्वविद आचार्यको बुझाई छ ।

यसपटक उत्खनन उत्तर पूर्वी कुनामा मन्दिर रहेको क्षेत्रमा भएको छ । उत्खनन भएको क्षेत्र पश्चिममा रहेको संरचना भत्काउनु पर्नेमा अहिलेसम्म भत्काइएको छैन । जसका कारण उत्खननको काम प्रभावित भइरहेको छ । दुई वटा मन्दिर हटाइएको क्षेत्रमा मात्र यसपटक उत्खनन गरिएको छ ।

उत्खनन भएको स्थानमा कतिपय वस्तु मन्दिर निर्माणका कारण नष्ट भएको देखिन्छ भने नयाँ वस्तु फेला पर्न सकेको छैन । एउटा दरवारको भग्नावशेष मात्र भेटिएको छ । यसअघि भेटिएका भवनकै आकारको भग्नावशेष नै यस पटकको उपलब्धी बनिएको उत्खननमा सहभागी टोलीको भनाई छ ।

आचार्यले उत्खनन गरिएका संरक्षित स्थानमा मान्छेले टेकेर हिँडन नहुने बताए । यस स्थानमा मानिसको आवतजावतले संरक्षित अवशेष भत्किने गरेको पाइएको छ । संरक्षण समितिले सुरक्षित राख्न सक्ने हो भने मात्र यसको ऐतिहासिकता सुरक्षित रहने आचार्यको कथन छ ।

उत्खननका लागि सेवा निवृत्त विज्ञ आचार्यसित पुरातत्व विभागका अधिकृत नवराज अधिकारीले पहिलो पटक सहभागिता जनाएका छन् । चैत २ गतेबाट सुरु भएको उत्खनन १८ गते समापन भएको छ । उत्खनन भएको क्षेत्र २५ गतेभित्र सुरक्षित गरेर टोली फर्कने कार्यतालिका रहेको आचार्यले बताए ।

यसपटक पुरातत्वविद आचार्यको नेतृत्वमा पुरातत्व विभागका अधिकृत अधिकारी, इन्जिनियर रोशनी महर्जन, प्राविधिक सहायक महेशवाबु शर्मा राजोपाध्याय र फोटोग्राफर राजन पौडेल उत्खनन कार्यमा खटिएका थिए ।

पछिल्लो समाचार

ब्रदर्स युनाइटेड चन्द्रगढी सेमिफाइनलमा

अघिल्लो समाचार

कोटिभिटीलाई राजस्व छलीमा दश अर्बबढी माग दावी मुद्दा

Related Posts

वडाले बाढ्यो किसानलाई कृषि औजार
banner -1

वडाले बाढ्यो किसानलाई कृषि औजार

जेष्ठ ६, २०८२, ७:२७ .सोमवार
मेचीनगरमा धमाधम बाढिदैँ ‘सहिद वीरेन छात्रवृति’ रकम
banner

मेचीनगरमा धमाधम बाढिदैँ ‘सहिद वीरेन छात्रवृति’ रकम

जेष्ठ ६, २०८२, ६:३६ .सोमवार
लैङ्गीक हिंसा अन्त्य गर्न समुदायसँग जोडिदै मेचीनगर
banner -2

लैङ्गीक हिंसा अन्त्य गर्न समुदायसँग जोडिदै मेचीनगर

जेष्ठ ५, २०८२, ७:१६ .आइतवार
शर्माले सगरमाथा बेसक्याम्पमा मन्त्रीहरु बोलाएर गरे छलफल
banner -1

शर्माले सगरमाथा बेसक्याम्पमा मन्त्रीहरु बोलाएर गरे छलफल

जेष्ठ ४, २०८२, ५:३९ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.