२९ पुष २०८२, मंगलवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

एनएमसीको ‘तेस्रो रणनीतिक व्यावसायिक योजना’

चैत्र २५, २०८०, ३:५० .आइतवार
0
0
0
SHARES
38
VIEWS
Share on FacebookShare on Twitter

बिर्तामोड, २५ चैत । देशकै दोस्रो ठुलो सहकारी संस्थाको रुपमा रहेको नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी) झापाले आगामी ०८४ साल सम्मको तेस्रो रणनीतिक व्यावसायिक योजना सार्वजनिक गरेको छ ।

आज एनएमसीको बिर्तामोड शाखा कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा २०८० देखि २०८४ साल सम्मको ४ वर्षे तेस्रो रणनीतिक व्यावसायिक योजना सार्वजनिक गरेको हो ।

एनएमसीका अध्यक्ष ठाकुरप्रसाद शिवाकोटी र संस्थापक अध्यक्ष रामचन्द्र उप्रेतीले तेस्रो रणनीतिक व्यावसायिक योजना २०८०–२०८४ को संयुक्त रुपमा सार्वजनिक गरेका थिए ।

तेस्रो रणनीतिक व्यावसायिक योजना अनुसार हालको एक लाख ६२ हजार ३६७ सदस्य संख्या बढाएर २ लाख ३३ हजार ९२१ पुर्याउने लक्ष्य लिएको छ ।

एक अर्व ४१ करोड ६३ लाख ५६ हजार ४०० चुक्त्ता शेयर पुँजीलाई बढाएर २ अर्व २५ करोड ३० लाख, ७९ करोड ८३ लाख ३ हजार ९०२ रुपैयाँ रहेको साधारण जगेडा कोषलाई १ अर्व १५ करोड ७० लाख, सदस्यको बचत ९ अर्व ९८ करोड ४६ लाख २५ हजार ९८० रहेको छ ।

त्यसलाई बढाएर १६ अर्व ७८ करोड ६१ लाख, दश अर्व ६२ करोड ५४ लाख ९० हजार ७३ रुपैयाँ रहेको कर्जा लगानीलाई १७ अर्व ४८ करोड ७६ लाख पुर्याउने प्रक्षेपण रहेको छ ।

त्यस्तै संस्थाको २२ करोड १३ लाख ५ हजार ६९ रुपैयाँ बाह्य ऋण रहेको छ । त्यसलाई ०८४ सालसम्ममा शुन्यमा झार्ने योजना रहेको संस्थाले जनाएको छ । ४ करोड ३८ लाख ३६ हजार ३०७ रुपैयाँ रहेको सञ्चालन खर्चलाई बढाएर ७७ करोड ४१ लाख पुर्याउने संस्थाको योजना छ ।

संस्थाले आगामी चार वर्षमा १३ अर्व ६९ करोड ३२ लाख ८५ हजार ३७२ रुपैयाँ रहेको कुल सम्पत्ति(वासलात) लाई बढाएर २२ अर्व ४६ करोड ६२ लाख पुर्याउने प्रक्षेपण रहेको अध्यक्ष शिवाकोटीको भनाई छ ।

संस्थाले ०८४ साल सम्मको डिजिटल बैँकिङ तर्फको प्रक्षेपण यसरी गरेको छ । हाल मोवाइल बैँकिङ सेवा प्रयोगकर्ता २२ हजार ५८३ जना सदस्य रहेका छन् । ०८४ सालमा ५५ हजार ४४७ जना सदस्य, ७ हजार १७४ जना एटिएम कार्ड प्रयोगकर्ता रहेकोमा अब ३२ हजार ५२४ जना पुर्याउने प्रक्षेपण गरिएको छ ।

हाल ३ हजार ५१२ जनाले क्युआर प्रयोग गरेका छन् । त्यसलाई बढाएर १३ हजार ३४९ जनामा पुर्याइने बताइएको छ ।
संस्थाको अन्य व्यवसायको बार्षिक प्रक्षेपण पनि गरिएको छ । जस्मा हाल किसानबाट संकलन गरिएको बार्षिक दुध ४८ लाख ४६ हजार ६१३ लिटरलाई बढाएर ५८ लाख ३४ हजार लिटर बनाउन लक्ष्य रहेको छ ।

आफ्नै गोठबाट उत्पादित दुध २ लाख ५६ हजार ४३० लिटर छ । त्यसलाई बढाएर ६ लाख १६ हजार लिटर पुर्याउने बताइएको छ ।
सहकारी पसलको बार्षिक बिक्री २९ करोड ८३ लाख १२ हजार ७७९ रुपैयाँ रहेको छ भने आगामी ०८४ सालमा बार्षिक ८३ करोड ७ लाख, किसानबाट संकलित चियाको हरियो पत्ति प्रति केजी बार्षिक ३ लाख ७५ हजार ८४० रहेको छ भने यसलाई बढाएर १० लाख केजी र तयारी चिया उत्पादन बार्षिक प्रति केजी ८ लाख ८ हजार १७५ छ । अब २ लाख ३५ हजार केजी पुर्याइने संस्थाको याजना रहेको छ ।

२०८० असार मसान्त सम्मको संस्थाद्वारा सञ्चालित व्यवसायहरुको लगानी, ०८४ साल सम्मको लगानी र मुनाफाको प्रक्षेपण यस प्रकार रहेको छ । जस्मा ०८० असारमा बचत तथा ऋणमा १ अर्व ३४ करोड ४० लाख ६८ हजार ५१९, २०८४ मा लगानी १ अर्व ८ करोड ८३ लाख र नाफा ७१ करोड ५९ लाख रहने अनुमान छ ।

०८० असारमा डेरी उद्योगमा ११ करोड ५९ लाख ८ हजार ७७४, २०८४ मा लगानी २० करोड ६३ लाख र नाफा ६ करोड २३ लाख रहने अनुमान छ । एग्रो फार्ममा २२ करोड ७५ लाख ९६ हजार ८३४, २०८४ मा लगानी ४५ करोड ३१ लाख र नाफा १ लाख रहने अनुमान छ ।

०८० असारमा सहकारी पसलमा १९ करोड ९२ लाख १७ हजार ६१०, २०८४ मा लगानी २७ करोड २५ लाख र नाफा ५६ लाख रहने अनुमान छ । चिया उद्योगमा १२ करोड ८३ लाख २२ हजार ८६०, २०८४ मा लगानी १३ करोड ६५ लाख र नाफा २१ लाख रहने अनुमान छ । कर्पोरेट कार्यालयमा ९ करोड ३८ लाख, २०८४ मा लगानी १७ करोड ३७ लाख र १ करोड १९ लाख घाटा रहने संस्थाको प्रक्षेपण रहेको छ ।

यसरी हेर्दा आगामी ०८० सालमा २ अर्व १० करोड ८९ लाख १४ हजार ५९७ रुपैयाँ लगानी रहने छ । ०८४ सालमा कुल लगानी २ अर्व ३३ करोड ४ लाख रहने छ भने त्यसबाट संस्थालाई कुल नाफा ७७ करोड ४१ लाख रुपैयाँ रहने प्रक्षेपण गरिएको छ ।

संस्थाले यसअघि पहिलो र दोस्रो रणनीतिक व्यावसायिक योजना सार्वजनिक गरिसकेको छ । २०५० सालमा स्थापना भएको संस्थाले ०६३ साल पहिलो र ०६४ देखि २०७२ सालमा दोस्रो रणनीतिक व्यावसायिक योजना अघि सारेको थियो । कोभिड–१९ का कारण केहिवर्ष प्रक्षेपण गरिएको थिएन ।

संस्थापक अध्यक्ष उप्रेतीले ०८४ सम्मको तेस्रो रणनीतिक व्यावसायिक योजना अनुसार समग्रमा संस्थाको घाटा नाफा बराबर हुने अनुमान गरेका छन् । उनले त्यसबाट केहि नाफा हुने विश्वास व्यक्त गरे ।

राष्ट्रियस्तरको अनलाइन पत्रिका वित्तिय पोष्टले हालै सार्वजनिक गरेको देशभरकिो सहकारी संस्थाहरुको वर्गीकरण (वासलात) मा आधारित एनएमसी मुलुककै दोस्रो र राष्ट्रिय सहकारी महासंघले २०८०–८१ का लागि प्रत्यक प्रदेशबाट उत्कृष्ट सहकारी संस्था छनोट गर्ने क्रममा एनएमसी कोशी प्रदेशको उत्कृष्ट सहकारी संस्थाको रुपमा छनोट भएको बताइएको छ ।

एनएमसीका अध्यक्ष ठाकुरप्रसाद शिवाकोटीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनको स्वागत लेखा सुपरीवेक्षण समिति संयोजक रचना दाहालले र सञ्चालन सीईओ लक्ष्मीप्रसाद उप्रेतीले गरेका थिए ।

पछिल्लो समाचार

सुहाङले करिव ५ हजार मतले जित्ने कार्कीको दावी

अघिल्लो समाचार

झापा नेशनलको ५ दिने होलिडे फुटबल क्याम्प

Related Posts

दार्जिलिङको तराइ प्रेस क्लब च्याम्पियन
banner

दार्जिलिङको तराइ प्रेस क्लब च्याम्पियन

पुस २८, २०८२, १:४७ .सोमवार
कांग्रेसको विशेष महाधिवेशनमा महामन्त्रीद्वय गगन र विश्वको गर्जन
banner -1

कांग्रेसको विशेष महाधिवेशनमा महामन्त्रीद्वय गगन र विश्वको गर्जन

पुस २७, २०८२, २:०५ .आइतवार
‘प्रथम भाक्का पिठ्ठ उत्सव’ ऐतिहासिक : नगरप्रमुख बुढाथोकी
banner -1

‘प्रथम भाक्का पिठ्ठ उत्सव’ ऐतिहासिक : नगरप्रमुख बुढाथोकी

पुस २७, २०८२, १:३२ .आइतवार
मेची मासु उत्पादक सहकारीको अध्यक्षमा भण्डारी
box -1

मेची मासु उत्पादक सहकारीको अध्यक्षमा भण्डारी

पुस २६, २०८२, १२:२५ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.